Samriddhi Rai
Singer/ Songwriter
Official Artiste Page
Happy International Music Day, folks!
We’ve been working on a little something and it will be yours to enjoy starting this week. Stay tuned! 📺 सुर र सवारी 🎶 now loading 🚘
23/05/2026
मेरो पप्पी नानीहरू। एउटा किताब अनि म। 🐾📖 Perfect Saturday! ✨
20/05/2026
हप्ताको एक दिन पारेर मम्मी बाबालाई यसो बाहिर लान्छु। दरबारमार्गको ग्रेनाइट मेकओभर देख्नुभएको थिएन। They were quite amused. A photo moment. 🫶
19/05/2026
हिजो चलचित्र लालीबजार हेरेँ। कथावस्तुदेखि लिएर स-साना विवरणमा दिएको ध्यान, सेट, पोशाक… सबै पात्रहरूले आफ्नो भूमिकामा पूर्ण न्याय गरेका छन्, विशेष गरी मुख्य पात्रकी छोरीको भूमिका निभाएका ती दुई प्यारी बालिकालाई विशेष प्रशंसा।
तर स्वस्तिमाले यस चलचित्रमा ल्याएको योगदानसँग तुलना गर्न सकिन्न। उनको निर्विवाद प्रतिभा मधुबालाको पात्रको प्रस्तुतिमा उजागर हुन्छ, जुन सजिलो भूमिका थिएन, तर उनले यसलाई यति सहज देखाइन्।
मैले आफ्ना बुबा आमालाई यो चलचित्र हेर्न लगें र चलचित्रमा हुन सक्ने सम्भावित यौन संकेतलाई लिएर अलिकति चिन्तित थिएँ, तर भन्नै पर्दा, यो हेर्नका लागि सुरक्षित चलचित्र हो, यद्यपि तपाईंको भावनात्मक हृदयका लागि त्यति सुरक्षित भने छैन। हामी तीनै जनाले मधुबालाको आँखाबाट जीवन अनुभव गर्दै दुःख र खुसीका आँसु बगायौँ।
बादी समुदायद्वारा यस चलचित्रमाथि गरिएको विरोधको सन्दर्भमा, मेरो बुझाइमा उनीहरूको गुनासो उनीहरूको नामको यौनिकरण र गलत प्रस्तुतिको डरमाथि आधारित छ, र पोस्टर तथा ट्रेलर हेर्दा उनीहरूलाई त्यसरी महसुस हुनु स्वाभाविक पनि हो। तर चलचित्र हेरेपछि दर्शकले बुझ्नेछन् कि यो चलचित्रले वास्तवमा बादी महिलाहरूको शक्ति र संघर्षसँग जोडिन मद्दत गर्छ। मैले स्वयं बादी समुदायको इतिहास र महत्वबारे धेरै सामग्री हेरेँ, जुन वास्तवमै ज्ञानवर्धक थियो। अहिले बुझ्दा, सीता बादी मन्त्रीहरूमध्ये एक बन्नु पनि निकै महत्वपूर्ण उपलब्धि रहेछ।
अन्त्यमा, म फेरि दोहोर्याउन चाहन्छु कि लालीबजार अवश्य हेर्नुपर्ने चलचित्र हो। हट्नुअघि हेर्न नभुल्नुहोस्।
15/05/2026
बिदेशमा हुनेलाई “कहिले नेपाल आउँ, रमाइलो गरौँ” । नेपालमा हुनेलाई “कहिले बिदेश जाऊँ, दुःख गरौँ” ।
यताको लागि उताको सपना, उताको लागि यताको सम्झना।
अनि त्यही दुई बीच तैरिरहेको हाम्रो नेपाल अनि हामी नेपालीहरू।
12/05/2026
How the tables have turned.
बच्चा बेला मम्मी बाबा ले खुवाउनु, लाउनु हुन्थ्यो र कति खुशी हुन्थेँ। अहिले मैले खुवाउन लान्छु। समयको चक्र।♥️
07/05/2026
I saw so many Nepali music pages sharing this photo from my instagram story, thought I’d share it myself too. I was 16 or 17 then, a student of journalism and got an opportunity to tour with our pop stars of the time, not knowing, that one day I would too take up singing as my path. But even back then, I had a lot of questions for our musician dai and didis. I remember constantly asking Sabin dai how he wrote the songs he wrote ? Did the melody come first or the lyrics? Sabin dai was a lyrical genius. He and Nima Rumba dai would jam in their guitars and build melody lines and lyrics on the go. It was great fun, and educational for me, an aspiring songstress. Sugam Pokhrel dai and Kunti Moktan aunty were also a part of this tour. And they embraced me, this inquisitive high energy kid into their group with such love and joy when I was not even a part of their circle. You know what they say, “people don’t remember what you say, they remember how you made them feel.” And these bunch right here made me feel that my dreams are valid. And that if they could do music, I could too. It took me 12 long years after this to truly go for it (release my debut single), because as a middle class family’s daughter I had high expectations and big family responsibilities resting on my shoulder. Now that’s a story for another day. But happy to share this moment in time and what it encapsulated for me—an impressionable teenager.
Click here to claim your Sponsored Listing.