Pathari Update

Pathari Update

Share

ताजा, भरपर्दो समाचार र मनोरञ्जनका लागि 'पथरी अपडेट' फलो गर्नुहोला ! Welcome to Pathari UDPdate – your trusted local news source! Got a tip or a story idea?

We bring you the latest updates, stories, and developments from Pathari, Morang, and surrounding areas. From breaking news and politics to community stories, events, and public concerns — we cover it all with accuracy, integrity, and a strong local voice.

📍 Local Focus | 📰 Reliable News | 📱 Stay Informed

Follow us for daily updates, exclusive reports, and stories that matter to you. Message us anytime!

10/09/2026

माता पाथीभाराको कृपाले आजको दिन शुभ रहोस् ।
आजको राशिफल - २०८३ भदौ २५ गते बिहिबार

मेषः
आत्मविश्वास बढ्नेछ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक पक्षमा सुधारको संकेत छ। परिवारबाट सहयोग मिल्नेछ ।

वृषः
नयाँ अवसर प्राप्त हुन सक्छ । व्यापार–व्यवसायमा लाभ मिल्नेछ । अनावश्यक खर्चमा भने नियन्त्रण गर्नु राम्रो हुनेछ ।
मिथुनः
महत्त्वपूर्ण व्यक्तिसँग भेटघाट हुन सक्छ । काममा नयाँ जिम्मेवारी थपिन सक्छ । बोलीमा संयम अपनाउनु लाभदायक हुनेछ ।

कर्कटः
मनमा रहेका केही तनाव कम हुनेछन् । पारिवारिक वातावरण सुखद रहनेछ । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोस् ।

सिंहः
मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ । नयाँ काम सुरु गर्न अनुकूल समय रहेको छ ।

कन्याः
काममा व्यस्तता बढ्नेछ । आम्दानीका नयाँ बाटा खुल्न सक्छन् । स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ ।

तुलाः
साथीभाइ तथा आफन्तबाट सहयोग मिल्नेछ। रोकिएको आर्थिक काम बन्ने सम्भावना छ । प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ ।

वृश्चिकः
आज गरेका प्रयास सफल हुनेछन ्। व्यवसायमा लाभ मिल्नेछ। महत्वपूर्ण निर्णय लिनुअघि राम्ररी सोच्नु उचित हुनेछ ।

धनुः
यात्राको अवसर आउन सक्छ । नयाँ व्यक्तिसँगको भेटघाट उपयोगी बन्नेछ । अध्ययन तथा पेशागत क्षेत्रमा प्रगति हुनेछ ।

मकरः
आर्थिक लाभको सम्भावना छ । काममा जिम्मेवारी बढे पनि सफलता हात लाग्नेछ । परिवारको सुझावलाई महत्व दिनुहोस ्।

कुम्भः
नयाँ योजना बनाउन राम्रो दिन छ । सामाजिक तथा व्यावसायिक क्षेत्रमा सफलता मिल्नेछ । पुराना साथीबाट सुखद खबर आउन सक्छ ।

मीनः
मनले चाहेको काम पूरा हुने सम्भावना छ । धनसम्बन्धी समस्या समाधान हुँदै जानेछ । धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ ।

पाथीभरा माताको कृपा सबै राशिमाथि रहोस् । आजको दिन सुख, शान्ति, समृद्धि र सफलताले भरिपूर्ण रहोस् । जय माता पाथिभारा

09/09/2026

Viral जेठ्ठा बाजे के भन्नुहुन्छ .....

09/09/2026

पथरी जेसीजद्वारा थुनुवाहरुका लागी पुस्तक हस्तान्तरण

पथरी । पथरी जेसीजले इलाका प्रहरी कार्यालय पथरीमा रहेका थुनुवाहरूका लागि विभिन्न ज्ञानमूलक तथा स्वाध्ययनका पुस्तकहरू हस्तान्तरण गरेको छ।

‘पुरानो कोट लगाऊ, नयाँ पुस्तक किनौँ’ भन्ने अभियानको भावनालाई आत्मसात् गर्दै जेसीज भिमराज अधिकारीको संयोजकत्वमा पथरी जेसीजको तर्फबाट पुस्तकहरू हस्तान्तरण गरिएको हो।

थुनुवाहरूले हिरासतमा बिताउने समयलाई सकारात्मक, सिर्जनात्मक र ज्ञानमूलक बनाउन तथा अध्ययनको वातावरण सिर्जना गर्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको पथरी जेसीजले जनाएको छ। हिरासतको समयलाई केवल प्रतीक्षाको समयका रूपमा नभई अध्ययन, आत्मचिन्तन र ज्ञान आर्जनको अवसरका रूपमा उपयोग गर्न सकियोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

पुस्तक हस्तान्तरण कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख वीरदत्त पन्तले पथरी जेसीजले थालेको यस कार्यको मुक्तकण्ठले प्रशंसा गर्नुभयो। उहाँले थुनुवाहरूका लागि पुस्तक उपलब्ध गराउने कार्य सकारात्मक र अनुकरणीय रहेको उल्लेख गर्दै हिरासतमा रहेका व्यक्तिहरूलाई पनि अध्ययन तथा ज्ञान आर्जनको अवसर प्रदान गर्नु सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण भएको बताउनुभयो।

उहाँले यस्ता रचनात्मक गतिविधिले थुनुवाहरूको समय सदुपयोग हुनुका साथै उनीहरूमा सकारात्मक सोच र व्यवहार विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै, सामाजिक संस्थाहरू र प्रहरीबीचको सहकार्यबाट समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न सकिने उहाँको भनाइ थियो।

पथरी जेसीजले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरेको यस अभियानले हिरासतमा रहेका व्यक्तिहरूलाई खाली समयको सदुपयोग गर्दै अध्ययन, आत्मचिन्तन र ज्ञान अभिवृद्धिको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

08/09/2026

पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोज्यूको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।

आज नगर कार्यपालिकाको बैठक कक्षमा सम्पन्न बैठकले २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।

बैठकको निर्णय अनुसार नगरपालिकाका जनप्रतिनिधिहरूले ७ दिन बराबरको सेवासुविधा, अधिकृत वा सोभन्दा माथिल्लो तहका कर्मचारी तथा माध्यमिक तहका शिक्षकहरूले ७ दिन बराबरको तलब, सहायकस्तरका कर्मचारी तथा आधारभूत विद्यालयका शिक्षकहरूले ५ दिन बराबरको तलब तथा बालविकास सहजकर्ता र आधारभूत तह वा सो सरहका कर्मचारीहरूले २ दिन बराबरको तलब, नगर अस्पतालका सम्बन्धित तहका कर्मचारीहरुले सोही अनुसारको तलब र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग स्वरूप रकम जम्मा गर्ने निर्णय गरेको छ।

त्यसैगरी, बैठकले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूको विवरण प्रमाणीकरण गरी जिल्ला समिति समक्ष पठाउने तथा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कनको पृष्ठपोषणका लागि जिल्ला समन्वय समिति समक्ष पेश गर्ने निर्णय गरेको छ। बैठकले नगरवासीलाई थप प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन कार्यविधि,२०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।

07/09/2026

पथरीमा चोरी तथा लागुऔषध घटनामा संलग्न रहेको आरोपमा विभिन्न व्यक्ति पक्राउ परेका छन् । दमकको पसलबाट नगद चोरी गरेको आरोपमा कानेपोखरी-७ का ३९ वर्षीय मोतिराम थारू सीसीटीभी फुटेजका आधारमा पक्राउ परेका छन ।

पथरी-१० मा दुई मोबाइल र पाँच काँसेका थाल चोरी गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ परेका छन् । यस्तै, पथरी-२ मा चोरी तथा लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा करण राईसहित केही युवालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको छ ।

07/09/2026

पथरी शनिश्चरे नगरपालिकाको अग्रणी सहकारीका रूपमा स्थापित मनकामना बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा मिन ठकुरी निर्विरोध निर्वाचित हुनुभएको छ ।

07/09/2026

मोरङको पथरी शनिश्चरे–१ मा खेलकुद सामग्री तथा एथलेटिक पहिरनको व्यवसाय ‘सिरिजंगा स्पोर्ट्स हाउस’ सञ्चालनमा आउने भएको छ ।

खेलाडी तथा खेलप्रेमीलाई आवश्यक पर्ने विभिन्न प्रकारका स्पोर्ट्स गियर, खेलकुद सामग्री तथा एथलेटिक वेयर सहज रूपमा उपलब्ध गराउने उद्देश्यले स्पोर्ट्स हाउस सञ्चालनमा ल्याउन लागिएको संचालक मनोज आङ्बोहाङले जानकारी दिनुभयो ।

सिरिजंगा स्पोर्ट्स हाउसको ग्रान्ड ओपनिङ भदौ २३ गते बिहान ९ बजे हुने जनाइएको छ भने २४,२५,२६ र २७ गते ६ दिन सम्म उद्घाटन समय रहने संचालकले जानकारी दिए । उनका अनुसार उद्घाटनमा विशेष छुटको समेत व्यवस्था रहेको छ।

07/09/2026

सुनसरीको इनरुवामा गएराति भएको दु’र्घ’ट’नाको दृश्य सार्वजनिक भएको छ।
भिडियो श्रोत :Sansari Khabar (सीसीटीभी फुटेज)

Category

Telephone

Address

Pathari Shanischare
Biratnagar
56600