Bikram Pandey

Bikram Pandey

Share

राप्रपा केन्द्रीय वरिष्ठ उपाध्यक्ष, पूर्वमन्त्री एवं संघीय सांसद

04/08/2026

🕊️ हार्दिक श्रद्धाञ्जली 🕊️
अत्यन्तै प्यारो भाइ श्रीकृष्ण आले मगरको असामयिक निधनको दुःखद खबरले स्तब्ध र मर्माहत बनाएको छ। तिम्रो सधैं मुस्कुराइरहने अनुहार, आत्मीय व्यवहार, सरल स्वभाव र समाजप्रतिको निस्वार्थ समर्पण हाम्रो स्मृतिमा सधैं जीवन्त रहनेछ।
दिवंगत आत्मालाई चिरशान्ति तथा बैकुण्ठवास प्रदान गरून्। यस अकल्पनीय वियोगको घडीमा शोकसन्तप्त परिवारजन, आफन्त, साथीभाइ तथा सम्पूर्ण शुभेच्छुकहरूमा यो अपूरणीय पीडा सहने धैर्य, साहस र शक्ति प्रदान गरून्।
भावपूर्ण श्रद्धाञ्जली!

01/08/2026

विश्व कीर्तिमानी पर्वतारोही तथा नेपालको गौरव प्रिय भाई निर्मल पुर्जा लगायत ६ जना नेपाली आरोहीको दुःखद निधन प्रति हार्दिक समवेदना व्यक्त गर्दछु।

उहाँहरूका योगदानले नेपाललाई विश्वसामु चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । यस दुःखद घडीमा शोकसन्तप्त परिवार, आफन्त तथा सम्पूर्ण नेपाली पर्वतारोहण समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दछु।

दिवंगत आत्माहरूको बैकुण्ठमा बास होस र शोकाकुल परिवारजनमा यो असह्य पीडा सहने शक्ति प्राप्त होस्।

20/07/2026

ॐ नमः शिवा

13/07/2026

अविरल वर्षाले निम्त्याउन सक्ने विपद्प्रति सबै सचेत बनौँ।

जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न क्षेत्रमा भारी वर्षा, नदी तथा खोलामा बहाव वृद्धि र आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ।

सकेसम्म अनावश्यक यात्रा नगर्नुहोस्। यात्रा गर्नै परे मौसमको अवस्था बुझेर, अत्यन्त सावधानी अपनाउँदै मात्र यात्रा गर्नुहोस्। नदी किनार, खोल्सा र पहिरोको जोखिम भएका स्थानबाट टाढा रहनुहोस्।

आफू सुरक्षित रहौँ, परिवार सुरक्षित राखौँ, अरूलाई पनि सचेत गरौँ। सतर्कता नै सबैभन्दा ठूलो सुरक्षा हो।

सबैमा सुरक्षित रहन हार्दिक अनुरोध गर्दछु। 🙏

12/07/2026
Photos from Bikram Pandey's post 09/07/2026

सम्झनाले भरिएका केही सुन्दर पलहरू @ माडी।

Photos from Bikram Pandey's post 07/07/2026

नवदम्पतीलाई वैवाहिक जीवनको हार्दिक शुभकामना।

07/07/2026

दुःख बाँड्न सकिँदैन, तर दुःखको घडीमा साथ दिन भने सकिन्छ। 🙏

Photos from Bikram Pandey's post 07/07/2026

समयले शरीर टाढा लैजान सक्छ, तर सम्झना र योगदान कहिल्यै मेटिँदैन।
समाजसेवा दूरदर्शी नेतृत्व समाजप्रति समर्पित स्व. रामकृष्ण चौधरीको १२औँ पुण्यतिथिमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना । ॐ शान्ति।

Category

Address

Bharatpur/10
Chitwan

Alerts

Be the first to know and let us send you an email when Bikram Pandey posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Chitwan.