Look Gunjan
यहाँहरु सम्पूर्णलाई लाेकगुञ्जनमा स्वागत छ!
24/09/2026
उच्च सतर्कता अपनाऔँ।
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (DEOC) मा रहेका विपद् सामग्री परीक्षण गरी तयारी अवस्थामा राखिएको छ।
24/09/2026
दैलेख जिल्लाका दुई वडा पूर्ण सरसफाइ उन्मुख वडाका रूपमा घोषणा गरिएको छ ।जिल्लाको दूल्लु नगरपालिका–१२पहिलो गुराँस गाउँपालिका–८लाई दैलेख जिल्लाको दोस्रो वडाका रुपमा पूर्ण सरसफाइ उन्मुख वडाका रूपमा घोषणा गरिएको छ । वडामा सूचकहरूको कार्यान्वयनमा पुरा गरेपछि वडालाई पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको हो ।
यो समय कायाकैरनको हो ।
23/09/2026
सुर्खेतदेखि दैलेखतर्फ आउँदै गरेको EV गाडी नारायण नगरपालिका–९, साडु राजपानी नजिक दुर्घटना भएको छ।
दुर्घटनामा भएको क्षतिबारे थप विवरण आउन बाँकी छ।
23/09/2026
ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको जिल्लाको नगरपालिका–६ स्थित रहेको ऐतिहासिक पञ्चदेवल क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । ऐतिहासिक र पौराणिक महत्व बोकेको पञ्चदेवल क्षेत्रको संरक्षण, स्वच्छता तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय दैलेख र नारायण नगरपालिका–६ को संयुक्त पहलमा सरसफाइ कार्यक्रम गरिएको हो ।
काठमाडौंको त्रिपुरेश्वरमा हिजो सोमबार भएको बस आगलागीमा घाइते भएका चालकको मृत्यु भएको छ । कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।
22/09/2026
जिल्लामा केही समययता सर्पदंशको उपचारका लागि अस्पताल आउने बिरामीको सङ्ख्या बढेको छ। अत्यधिक वर्षाका कारण सर्प आहारा खोज्न बाहिर निस्कने भएकाले सर्पदंशका घटना बढ्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन्।
जिल्लामा आर्थिक वर्ष २०८२र८३ मा जिल्लामा ३९जना महिला३२ जना पुरुष सर्पदंशका बिरामीले उपचार सेवा लिएका स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डाक्टर मनोज बिश्वकर्माले बताउनुभयो ।
21/09/2026
जिल्लाको नारायण नगर पालिका–६ स्थित गणेश चोक नजिकै रहेको चिस्यान घर मा भण्डारण गरिएको किसानले उत्पादन गरेको आलुको बिउ कुहिएको छ ।उचित व्यवस्थापन र संरक्षणको अभावमा चिस्यान घरमा राखिएको आलुको बिउ कुहिएपछि किसान चिन्तित छन् ।किसानले मेहनत गरेर उत्पादन गरेको आलुको बिउ अर्को सिजनमा प्रयोग तथा बेच्ने उद्देश्यले चिस्यान घरमा भण्डारण गरेका थिए तर अहिले बिउ कुहिएपछि गएपछि किसानले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
Category
Contact the public figure
Website
Address
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Saturday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |
Alerts
Be the first to know and let us send you an email when Look Gunjan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.