Ridi Rapti Group

Ridi Rapti Group

Share

Ridi Rapti Group is a multi-purpose business company located in Dang.

15/03/2026

मिति २०८२ फागुण २९ गते शुक्रबारका दिन दाङको राप्ती गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा राप्ती गा.पा-९ देवीकोटमा अवस्थित धार्मिकस्थल देवीकोट (भद्राक्षी देवी मन्दिर) को प्रचार–प्रसार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रव्यापी खुला “देवीकोट दर्शन दौड प्रतियोगिता” आयोजना गरेको थियो।
उक्त दौड प्रतियोगितामा देशभरबाट महिला तथा पुरुष गरी करिब ३१० जना प्रतिस्पर्धीहरू सहभागी भएका थिए। सो अवसरमा वातावरण संरक्षण तथा राप्ती क्षेत्रको पर्यटन प्रवर्द्धनमा विशेष भूमिका खेलेको भन्दै रिडि राप्ती ग्रुप प्रा.लि., दाङ र The Babu Adventures Paragliding कम्पनीलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो।
कार्यक्रमका क्रममा कम्पनीका सानो बाबु सुनुवार सहित Solo Pilot टोलीद्वारा आकर्षक प्याराग्लाइडिङ उडान प्रदर्शन समेत गरिएको थियो, जसले कार्यक्रममा थप उत्साह र आकर्षण थपेको थियो।
“समृद्ध राप्ती, खुशी र सुखी राप्तीबासी” भन्ने नारालाई आत्मसात गर्दै राप्ती गाउँपालिकाको नेतृत्व गरिरहनु भएका गाउँपालिका प्रमुख आदरणीय प्रकाश विष्ट ज्यू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै राप्ती गाउँपालिकाको समृद्ध विकास तथा उज्ज्वल भविष्यको कामना गर्दछौँ।

Category

Telephone

Website

Address

Dang
Ghorahi
22400