Bhandari Decor
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhandari Decor, Home decor, Kantirajpath, Hetauda.
घर सजावट र Bedding स्टोर।
Parquet,Blinds,Carpet,Curtain,Velvet bedsheet, blanket, fiber sirak, pfoam wholesale,floor parqueting,pillow लगाएतका घर सजावट सम्बन्धि समानहरु उपलब्ध छ।
उच्च गुणस्तर, उचित मूल्य र विश्वासिलो सेवा।
25/09/2026
इन्द्र जात्रा २०८३ को हार्दिक मंगलमय शुभकामना।।🇳🇵🙏🇳🇵
नेपाली कला, संस्कृति, परम्परा र मौलिक पहिचान बोकेको ऐतिहासिक एवं धार्मिक पर्व इन्द्र जात्राको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछाैं।
इन्द्र जात्राले हाम्रो मौलिक संस्कृति, धार्मिक आस्था, सामाजिक एकता र आपसी सद्भावलाई अझ बलियो बनाउँदै पुस्तौँदेखि कायम रहेको सांस्कृतिक विरासतको संरक्षण र प्रवर्द्धन गर्न प्रेरणा प्रदान गरोस्। यस पर्वले सबैमा आपसी प्रेम, भाइचारा, सहकार्य र सकारात्मक सोचको भावना जागृत गराओस्। हाम्रो कला, संस्कृति र परम्पराको संरक्षण गर्दै भावी पुस्तासम्म यसको गौरवपूर्ण इतिहास हस्तान्तरण गर्न सबैलाई प्रेरणा मिलोस्।
सम्पूर्ण समस्त ग्राहक वर्गहरुमा इन्द्र जात्राको हार्दिक शुभकामना।🌼🌺
19/09/2026
🇳🇵नेपालको संविधान दिवसको हार्दिक शुभकामना🇳🇵
संविधानले सुनिश्चित गरेका लोकतान्त्रिक मूल्य, अधिकार, स्वतन्त्रता, समानता र सामाजिक न्यायलाई आत्मसात् गर्दै समृद्ध, शान्त र समुन्नत नेपाल निर्माणतर्फ अघि बढौँ।
देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीजन आमाबुवा, दाजुभाई तथा दिदिबहिनीहरुमा संविधान दिवसको विषेश अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।🎉🌐
भण्डारी डेकाेर
हेटौंडा–२, कान्तिराजपथ
#संविधानदिवस #नेपालकोसंविधान #शुभकामना
16/09/2026
श्रम, निर्माण र प्राविधिक ज्ञानका प्रतीक भगवान् विश्वकर्मा बाबाको पूजाको अवसरमा आदरणीय दाजुभाइ दिदीबहिनी तथा हाम्रा समस्त ग्राहक वर्गहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।।🌼🌺
विश्वकर्मा बाबाले हामी सबैलाई आफ्नै पसिना र मेहनतमा विश्वास गर्ने शक्ति प्रदान गरून्। तपाईंको व्यवसाय, उद्योग, सिर्जना र कर्मक्षेत्रमा निरन्तर प्रगति, समृद्धि र सफलता मिलोस्। विश्वकर्मा पूजाको यो पावन पर्वले हाम्रो समाजमा श्रमको सम्मान गर्ने संस्कारको विकास गरोस् र सबैको जीवन सुखमय रहोस्।
जय विश्वकर्मा बाबा।।।🕉️
भण्डारी डेकाेर परिवार
13/09/2026
हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, र दीर्घायुको हार्दिक शुभकामना।🌼🌺
यो पवित्र पर्वले पारिवारिक मेलमिलाप, सद्भाव, र आपसी प्रेमलाई अझ प्रगाढ बनाओस्। भगवान् शिव र माता पार्वतीको कृपाले यहाँहरूको जीवनमा सधैँ खुसी, सुस्वास्थ्य, र उमङ्ग छाइरहोस्।
तीज पर्वको धेरै-धेरै शुभकामना।🎉🙏
भण्डारी डेकाेर परिवार
04/09/2026
𝐇𝐚𝐩𝐩𝐲 𝐊𝐫𝐢𝐬𝐡𝐧𝐚 𝐉𝐚𝐧𝐦𝐚𝐬𝐡𝐭𝐚𝐦𝐢🌼🌺
हाम्रा समस्त महानुभावहरूलाई श्रीकृष्ण जन्माष्टमीको हार्दिक मङ्गलमय शुभकामना ।।🦚✨🙏
भगवान श्रीकृष्णको जन्मजयन्तीको यो पवित्र दिनले हामी सबैको जीवनमा ज्ञान, प्रेम, सद्भाव र सकारात्मक ऊर्जाको सञ्चार गरोस्।
द्वापर युगमा भगवान श्रीकृष्णले सम्पूर्ण मानवतालाई सत्य, धर्म र कर्मको मार्गमा हिँड्न प्रेरित गर्नुभएको थियो। गीतामा उहाँले दिएको निष्काम कर्मको सन्देश आजको आधुनिक युगमा पनि उत्तिकैान् सान्दर्भिक र प्रेरणादायी छ। जीवनका हरेक कठिनाइमा धैर्य र विवेकका साथ अघि बढ्न श्रीकृष्णका उपदेशहरूले हामीलाई सधैँ मार्गदर्शन गर्छन्।
यो चाड ले हामीबीच आपसी सद्भाव, भाइचारा र एकता बलियो बनाओस्। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक कामना गर्दछाैं।।
भण्डारी डेकाेर परिवार
28/08/2026
जनैपूर्णिमा तथा रक्षाबन्धनको हार्दिक शुभकामना।🌼🌺
पवित्र जनैपूर्णिमा तथा रक्षाबन्धनको शुभ अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी तथा समस्त ग्राहकवर्गहरूमा भण्डारी डेकोर परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। यस पावन पर्वले आपसी प्रेम, सद्भाव, विश्वास र भाइचारालाई अझ प्रगाढ बनाओस्। जनैपूर्णिमाले हाम्रो मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थाको संरक्षण गर्दै नयाँ पुस्तामा यसको महत्व हस्तान्तरण गर्ने प्रेरणा प्रदान गरोस्। रक्षाबन्धनले दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय सम्बन्ध, स्नेह र पारिवारिक एकतालाई अझ मजबुत बनाओस्। यस पवित्र पर्वको अवसरमा सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र सफलता छाओस् भन्ने हार्दिक कामना गर्दछौँ। सबैको जीवनमा खुसी र सकारात्मक ऊर्जा थपिँदै जाओस्। जनैपूर्णिमा तथा रक्षाबन्धनको हार्दिक मंगलमय शुभकामना।।🙏❤️
– भण्डारी डेकोर
हेटौंडा–२, कान्तिराजपथ
लामखुट्टे तथा किराको झन्झटबाट बच्न,
फाइबर जाली भण्डारी डेकोरमा पाइन्छ।
फिटिङमा सजिलो, छरितो अनि आकर्षक,
घरलाई सुरक्षित राख्ने भरपर्दो विकल्प।
📞 ९८५५०७२३३३ | ९७१५०७२३३३
📍 कान्तिराजपथ, हेटौंडा
With Action Tesa Nepal – I just got recognized as one of their top fans! 🎉
01/05/2026
🌼 २५७०औँ बुद्ध जयन्तीको हार्दिक शुभकामना 🌼
आजको यो पवित्र दिनले हामी सबैलाई
धैर्य, करुणा र ज्ञानको मार्गमा अघि बढ्न प्रेरणा दिईरहाेस।
रिस, द्वेष र लोभलाई टाढा राखेर
माया, शान्ति र सहिष्णुतालाई अंगालौं ।
बुद्धका शिक्षाले हाम्रो जीवनलाई उज्यालो बनाउँदै
सही बाटोमा हिड्न शक्ति प्रदान गरोस् ।
सबैमा सुख, शान्ति र समृद्धिको कामना
हार्दिक शुभकामना🙇☸️
Category
Telephone
Website
Address
Hetauda
44107
Opening Hours
| Monday | 08:00 - 19:00 |
| Tuesday | 08:00 - 19:00 |
| Wednesday | 08:00 - 19:00 |
| Thursday | 08:00 - 19:00 |
| Friday | 08:00 - 19:00 |
| Sunday | 08:00 - 19:00 |
Alerts
Be the first to know and let us send you an email when Bhandari Decor posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.