Murchunga TV
Murchunga TV Is an Entertaining Youtube Channel. You Can Get Music Videos,Short Movies & Other Enter
You Can Get Music Videos,Short Movies & Other Entertaining, Informative Videos.
13/09/2026
चर्चित नायिका पुजा शर्मा र चर्चित चलचित्र पत्रकार प्रकाश सुवेदीबिचको नोकझोँक मिडियामा खुबै चल्ने गर्छ । पछिल्लो पटक नायिका पूजा शर्माको अर्को एउटा फेसबुक पोष्टले फेरि हल्ला मच्चाएको छ । उनी लेख्छिन्– कसैको आँसु पर्दामा देखिँदा “फिल्म चलाउन रोएको” भनेर समाचार बनाउनेहरूलाई आज एउटा प्रश्न छ—
आफ्नो मान्छेको आँसुचाहिँ भावुकता र मर्म हो, अरूको आँसुचाहिँ व्यापार?
पीडा एउटै हो, आँसु एउटै हो, भावना एउटै हो। फरक यति मात्रै रहेछ—कसको आँसु हो भन्ने। हिजो मेरो पीडालाई मजाक र प्रचारको विषय बनाउनेहरूले आज त्यही पीडाको भाषा आफ्नै मान्छेका लागि प्रयोग गरेको देख्दा साँच्चै दुःख लाग्यो।
अरूको संवेदनामाथि समाचार बनाएर रमाउने अनि आफ्नै मान्छेको संवेदनालाई पवित्र बनाउने यो दोहोरो चरित्रले धेरै कुरा प्रस्ट पार्छ। कसैको आँसु फिल्म चलाउने हतियार होइन। आँसु भनेको आँसु हो—चाहे त्यो मेरो होस् या तपाईंको आफ्नै मान्छेको।
समयले सबैको व्यवहारको हिसाब राख्छ। uncle jiii Pooja Sharma Vs Prakash Subedi-Murchunga TV
13/09/2026
गाउँमा घाँस काट्दै गायिका रचना रिमाल
चर्चित गायिका रचना रिमाल उनको साधारण जीवनशैली र भद्र पहिरनका कारण चर्चामा आईरहन्छिन् । मनोरञ्जन र सांगितिक क्षेत्रमा शालिन व्यक्तित्वका रुपमा चिनिएकी उनी अहिले आफ्नो गाउँमा आमा र बुवासँगै घाँस काट्दैछिन् । उनी लेख्छिन्– ‘आफ्ना मान्छेहरूसँग निश्चिन्त भएर बिताएका स-साना क्षणहरूमा जिन्दगीको सबैभन्दा सुन्दर पलहरू लुकेका हुन्छन्।’ तपाईलाई रचनाको कुरा कस्तो लाग्यो ? Rachana Rimal With Dady-Murchunga TV
13/09/2026
१२ गाउँ चलचित्र प्रदर्शनको समयमा विगतमा निक्कै हल्लाखल्ला भयो । सामाजिक सञ्जालमा कमेन्टको वर्षा भएपछि १२ गाउँलाई ब्लकबष्टर हुन झन सजिलो भयो । यो वर्ष १२ गाउँ २ प्रदर्शनअघि पनि त्यस्तै हल्लाखल्ला सुरु भएको छ । विशेषगरी १२ गाउँ चलचित्र युट्युबमा आएपछि यसको चर्चा चुलिएको हो । गत वर्ष जस्तै यस वर्ष १२ गाउँ २ चल्ला ? तपाईलाई कस्तो लाग्छ । 12 GAUN 2 Movie Biraj Bhatta Samir Bhatta-Murchunga TV
13/09/2026
द भोईस अफ नेपाल सिजन ८ मा सर्वाधिक चर्चित कोचहरु राजु लामा, मेलिना राई र खेम सेञ्चुरी कोचका रुपमा नआउने पक्का भएपछि अहिले दर्शकहरुले द भोईस टिमलाई गाली बर्साएका छन् । उनीहरुले सर्वाधिक चर्चित कोचहरुलाई किन हटाइएको भन्दै प्रश्न तेर्साएका छन् । तर तपाईहरुलाई थाह छ उहाँहरुलाई हटाइएको होईन बरु उहाँहरुले नभ्याएर शोमा कोचको रुपमा नआउनुभएको हो । यसको कारण रोचक छ । तपाईको विचार लेख्नुहोस् । Raju Lama Melina Rai And Khem Century The Voice Of Nepal Season 8-Murchunga TV
12/09/2026
द भोईस अफ नेपाल सिजन ८ मा दुई नयाँ कोच थपिएसँगै दुई जना पुराना कोचहरु मात्रै बाँकी रहेका छन् । दर्शकहरुले ती दुई कोचहरु चर्चित गायक प्रमोद खरेल र चर्चित गायिका मिलन नेवार रहेको बताईरहेका छन् । द भोईस अफ नेपालबाट आधिकारिक घोषणा नआएता पनि यी दुबै कोचहरु नै पुरानो कोचका रुपमा द भोईसमा दोहोरिन लागेको दर्शकहरुले बताएका छन् । Pramod Kharel And Milan Newar Coach Of The Voice of Nepal Season 8-Murchunga TV
12/09/2026
हलहरुमा तहल्का मच्चाउँदै करोडौँ कमाउन सफल नेपाली चलचित्र १२ गाउँ युट्युबमा सार्वजनिक भएसँगै यसले तालीभन्दा बढी गाली पाएको छ । ब्लकबष्टर बनेको यो चलचित्रको कथाका विषयलाई लिएर दर्शकहरुले नकरात्मक कमेन्ट गरेका हुन् । तर चलचित्रमा नायक समिर भट्टको अभिनयको विषयमा भने दर्शकहरु खुशी देखिएका छन् ।
गाली होस् वा ताली यस चलचित्रले हलमा कमाई गरेर ब्लकबस्टर बन्न सफल भयो । अनि अहिले १२ गाउँ २ आउने क्रममा यसको पहिलो सिरिज युट्युबमा सार्वजनिक भएपछि नायक विराज भट्ट र समिर भट्टलाई झनै फाईदा पुगेको छ । एक अर्थमा जति गाली पाउँछ युट्युबमा यो झन ट्रेण्डिङमा पुग्दैछ र यसबाट पनि कमाई गर्दैछ अनि १२ गाउँ २ को पनि प्रमोशन झन धेरै भईहाल्छ । यसअर्थ चलचित्र टिमलाई यसबाट राम्रै फाईदा हुने देखिएको छ । 12 GAUN Movie Biraj Bhatta Samir Bhatta Sanisha Bhatta-Murchunga TV
12/09/2026
नरेन लिम्बु र एकदेव लिम्बु द भोईस अफ नेपाल सिजन ८ को नयाँ कोच
द भोईस अफ नेपाल सिजन ८ मा दुई नयाँ कोचहरु थपिएका छन् । चर्चित गायकद्वय नरेन लिम्बु र एकदेव लिम्बु भोईसको नयाँ कोचका रुपमा आएका हुन् । द भोईसले नयाँ प्रोमो सार्वजनिक गर्दै कोचहरु सार्वजनिक गरेको हो । तपाईलाई कस्तो लाग्यो ? Ekdev Limbu And Naren Limbu Khapung New Coach Of The Voice of Nepal Season 8-Murchunga TV
12/09/2026
चर्चित संचारकर्मी तपश्या राना उनको होष्टिङ र पोडकाष्टका कारण सधैँ चर्चामा रहन्छिन् । पछिल्लो पटक नेपालकै पहिलो रोष्ट रियालिटी शोको रुपमा चर्चा पाएको लोकप्रिय कार्यक्रम ‘कमेडी बाज’ मा उनी होष्ट भएपछि उनी थप चर्चामा छिन् । उनी होष्टिङका रुपमा जोडिएपछि शोले पनि सर्वाधिक चर्चा पाईरहेको छ । Tapashya Ranaa Comedy Baaz-Murchunga TV
11/09/2026
३ जनाको कमाल, कमेडी बाज हिट
नेपालकै पहिलो रोष्ट रियालिटी शोको रुपमा चर्चा पाएको लोकप्रिय कार्यक्रम ‘कमेडी बाज’ हरेक हप्ता थप चर्चित हुँदैछ । शो हिट हुनुमा शोका सबै टिम नै प्रशंसा पाउन योग्य छन् । अझ यो शो विशेष गरी होष्ट तपश्या राना, बहुमुखी प्रतिभाका धनी कलाकार सुन्दर खनाल र रोष्ट गरेर तहल्कै मच्चाएका चर्चित कमेडियन अमरेन्द्र यादवका कारण अझै भाईरल भएको हो भन्दा फरक नपर्ला । तपाईलाई कस्तो लाग्छ ? Tapashya Ranaa Sundar Khanal & Amrendra Yadav Comedy Baaz-Murchunga TV
11/09/2026
ट्रेलर सार्वजनिक भएदेखि नै सर्वाधिक चर्चामा रहेको नेपाली कथानक चलचित्र ‘बेहुली’ आजदेखि विश्वभर प्रदर्शनमा आएको छ । के तपाईले चलचित्र हेर्नुभयो ? कस्तो लाग्यो ? सकरात्मक पक्षहरु लेखौँ न एक दुई शब्द । Divya Rayamajhi And Cool Boy Behuli Movie-Murchunga TV
Category
Contact the business
Website
Address
44100