Hakchat

Hakchat

Share

‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद खबरको सम्वाहक हक्चात’

Photos from Hakchat's post 25/09/2026

एसियन गेम्स क्रिकेटमा अफगानिस्तानमाथि नेपालको सानदार जित

माङसेबुङ । जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानमाथि सानदार जित हासिल गरेको छ ।

जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोट्र्स पार्कमा भएको खेलमा नेपालले अफगानिस्तानमाथि ५ विकेटको सानदार जित हासिल गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगनिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा ग¥यो ।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३४ रन बनाए । रोहित पौडेलले अविजित ३३ तथा दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए ।

अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो । अफगानिस्तानका लागि फेसल शिनोजादाले सर्वाधिक ३३ रन बनाए । नजिबुल्लाह जाद्रानले ३० तथा नङ्गेलिया खरोटेले १७ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिए ।

नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग रहेको छ । बिहीबार भएको पहिलो खेलमा अफगानिस्तानले जापानलाई हराइसकेको थियो ।

नेपालले अब शनिबार जापानसँग खेल्नेछ । समूहबाट शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

क्वाटरफाइनलमा नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीको सामना गर्ने छ । यसअघिको एसियन गेम्समा पनि नेपाल क्वाटरफाइनलमा भारतसँग पराजित भएको थियो ।

12/09/2026

एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, एसिया कपमा छनोट

हक्चात । नेपाल एसीसी प्रिमियर कपको उपाधि चुम्दै एसिया कपका लागि छनोट भएको छ ।

मलेसियाको वायुमास ओभलमा शनिबार भएको फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको हो ।

नेपालले प्रस्तुत गरेको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमा अलआउट भयो ।

06/09/2026

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश

हक्चात । नेपाल लगातार तेस्रो जित निकाल्दै एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।

साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्यो ।

01/09/2026

मेसीले लिए अन्तराष्ट्रिय फुटबलबाट सन्यास

हक्चात । अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले दुई दशक लामो अन्तर्राष्ट्रिय फुटबल यात्रालाई टुंग्याउँदै राष्ट्रिय टोलीबाट सन्न्यास घोषणा गरेका छन् ।

लियोनल मेसीले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेसँगै एउटा महान् युगको अन्त्य भएको छ ।

३९ वर्षीय मेसीले सोमबार आफ्नो इन्स्टाग्राममार्फत सन्न्यासको घोषणा गर्दै यो निर्णय निकै पीडादायी भए पनि अब समय आएको बताएका छन् ।

24/08/2026

बार्सिलोनाको ला लिगा उपाधि रक्षा अभियानमा सानदार सुरुवात

हक्चात । बार्सिलोनाले ला लिगा उपाधि रक्षा अभियानमा सानदार सुरुवात गरेको छ ।

बार्सिलोनाले आइतबार राती भएको खेलमा एल्चेमाथि ५–० को जित निकाल्दै ला लिगा उपाधि रक्षा अभियानमा सानदार सुरुवात गरेको हो ।

बार्सिलोनाको जितमा राफिन्हा र फर्मिन लोपेजले समान २ गोल तथा करिम अदेयेमीले एक गोल गरे ।

26/07/2026

नेपाली महिला राष्ट्रिय टिमकी गोलकिपर एन्जिला तुम्वापो सुब्बालाई जन्मदिनको शुभकामना !

20/07/2026

फिफ विश्वकप २०२६ : फ्रान्सका किलियन एमबाप्पेले ‘गोल्डेन बुट’ जितेका छन् ।

20/07/2026

फिफ विश्वकप २०२६ : स्पेनका पाउ कुबार्सीले उत्कृष्ट युवा खेलाडीको अवार्ड हात पारेका छन् ।

20/07/2026

फिफ विश्वकप २०२६ : स्पेनका गोलरक्षक उनाई सिमोनले ‘गोल्डेन ग्लोभ’ जितेका छन् ।

20/07/2026

फिफ विश्वकप २०२६ : स्पेनका कप्तान रोड्रीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका रूपमा ‘गोल्डेन बल’ जितेका छन् ।

Address

Mangsebung-5, Lasingbung
Ilam
57311

Alerts

Be the first to know and let us send you an email when Hakchat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Ilam.