Sudurdrishti
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sudurdrishti, News & Media Website, Attariya, Kailali.
अत्तरिया आज पनि केहीबेर तनावग्रस्त...
कैलालीको अत्तरिया बसपार्कमा आईतबार बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएकी सिन्की बोहराका आफन्तले कारबाही र क्षतिपूर्तिको माग गर्दै आज पनि अत्तरियामा सडकमा टायर बालेर प्रदर्शन गरेका थिए । केहिबेर अत्तरिया तनावग्रस्त बनेको थियो। मृतकका आफन्त र महाकाली यातायात प्रालिबिच सहमति नभएपछि अत्तरियामा तनावग्रस्त बनेको हो । तिन दिनसम्म पनि सहमति हुन सकेको छैन् । ईप्रका मालाखेतीमा मृतकका आफन्त र यातायात ब्यवसायी बीच छलफल हुँदैछ । मृतकको शव सेति प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।
कैलालीको दुर्गालक्ष्मी नमुना माविमा स्टिम ल्याब सञ्चालन
हेर्नुहोस् भिडियो👇
कैलालीको चिफ्ले झरनामा खसेर बे*पत्ता भएका युवक मृ*त फेला (भिडियो)
अत्तरिया : कैलालीमा झरनामा खसेर बे*पत्ता भएका एक युवक मृ*त अवस्थामा फेला परेका छन् । डडेल्धुराका अन्दाजी २१ वर्षीय खगीराज पन्त शनिबार दिउँसो करिब ४ बजेतिर चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिफ्ले झरनामा खसेर बे*पत्ता भएका थिए ।
आइतबार दिउँसो झरनाबाट करिब ५ सय मिटर तल पन्तको श*व फेला परेको प्रहरीले जनाएको छ । उनको खोजीमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
24/08/2026
बाजुराको बडिमालिकामा नेपाल टेलिकमको टावर निर्माण, 4G सेवा सञ्चालन
बाजुरा: बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिकामा नेपाल टेलिकमले टावर निर्माण गरी 4G सेवा सञ्चालनमा ल्याएको छ ।
समुद्र सतहबाट करिब ४ हजार २०५ मिटरको उचाइमा रहेको बडिमालिकाको करिब ४ हजार २३० मिटर उचाइमा नेपाल टेलिकमको टावर निर्माण गरिएको हो। टावर निर्माण सम्पन्न भएसँगै बडिमालिका क्षेत्रमा 4G सेवा सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ ।
टावर निर्माण कार्यमा नेपाल टेलिकमका इलेक्ट्रोनिक इन्जिनियर सुदर्शन आचार्य, प्राविधिक अधिकृत माधव बुढाथोकी, सिभिल इन्जिनियरदिपक भट्ट लगायतका प्राविधिक रहेका थिए ।
टावर निर्माण कार्य सम्पन्न भएपछि सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले टावर निर्माण स्थलमा खटिएका प्राविधिक तथा कर्मचारी र बडिमालिका नगरपालिकाका नगरप्रमुख अम्मर खड्कालगायतलाई भिडियो कलमार्फत धन्यवाद व्यक्त गरेका छन् ।
टावर निर्माणसँगै दुर्गम तथा उच्च हिमाली क्षेत्रमा सञ्चार सेवाको पहुँच विस्तार हुनुका साथै बडिमालिका क्षेत्रमा पुग्ने पर्यटक तथा स्थानीयवासीलाई समेत सहज हुने अपेक्षा गरिएको छ ।
कैलालीको अत्तरिया चोकमा फोटो खिच्नेको भिड, दुर्घटनाको जोखिम बढ्दो (भिडियो)
अत्तरिया बजारलाई व्यवस्थित र सुरक्षित बनाउन स्थानिय सरकार, प्रहरी र उद्योग वाणिज्य संघ लगायत सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक देखिन्छ ।
सुदूरपश्चिम प्रदेशमा तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए सपथ,
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका नवनियुक्त मन्त्रीहरुले लिए सपथग्रहण गरेका छन् । सोमबार प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख नजिर मियाँले सपथ ग्रहण गराएका छन् भने राज्यमन्त्रीलाई मुख्यमन्त्री कमल बहादुर शाहले सपथग्रहण गरेका हुन् । आर्थिक मामिला मन्त्रीमा बिक्रम धामी, राज्य मन्त्रीमा जुना दानी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा मान बहादुर रावल, सामाजिक विकास मन्त्रीमा बेल बहादुर राना मगर र राज्यमन्त्रीमा मधु भारतीले सपथग्रहण गरेका छन् ।
यस्तै सुदूरपश्चिममा तत्काल सरकारमा रहेका एमालेका मन्त्री नफेर्ने गरी केन्द्रबाट निर्देशन दिएपछि एमालेबाट हाल प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधारमन्त्री सुरेन्द्र पाल, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, भूमि व्यवस्था मन्त्री वीरबहादुर थापा र राज्यमन्त्री निर्मला साउँद भने सपथग्रहण कार्यक्रममा सहभागी भएनन् ।
यसअगाडी सरकारमा रहेका एमालेका मन्त्रीहरूलाई फिर्ता बोलाएर दलका उपनेता सन्तोष शर्मा, चक्र मल्ल र दमन भण्डारीलाई मन्त्री तथा राज्यमन्त्रीमा जानकी ऐर बमलाई पठाउने एमालेले तयारी थालेको थियो ।
09/06/2026
गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्किदै, आजै शपथ
पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धिले सर्वसाधारण मारमा
अत्तरिया : कैलालीको अत्तरियाका पेट्रोल पम्पहरुले आज बेलुकातिर पेट्रोल र डिजेल दिन बन्द गर्यो । सुदूरपहाडमा गुड्ने रात्रिकालीन बसहरु डिजिटल हाल्न गोदावरी-२ (पहाड लाईन) तेघरीमा रहेको २४सै घण्टा खुल्ला रहने नमुना पेट्रोल पम्प (नेपाल आयल निगमको आधिकारिक बिक्रेता) लालु स्मार्ट ईनर्जी स्टेशन प्रालीमा लाईन लागे तर उक्त लालु ट्रेडर्सका कर्मचारीहरुले आज बेलुका चाँडै बन्द गरेर हिनिसकेका रहेछन् । अहिले रातिको समयमा यात्रुवाहक बस र ट्रकहरु सोहि पम्पमा लाईनमा छन्, यात्रुहरु भने अलपत्र परेका छन् । पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धिले ढुवानी, सार्वजनिक यातायात र दैनिक उपभोग्य वस्तुमा स्वतः मूल्यवृद्धि भएको छ भने सर्वसाधारणहरु मारमा परेका छन् । यस्तै बेलुका करिब ७ साढे सात बजेसम्म खुल्ला रहने अत्तरियाका अम्मर आयल स्टोर, मनिषा पेट्रोल पम्प लगायतका अन्य पेट्रोल पम्पहरु पनि आज चाँडै बन्द गरिएका थिए ।
राम बहादुर डाँगी (राजन)
धनगढी-काठमाडौं बस चालक
कैलालीको अत्तरियामा सार्वजनिक सवारी चालकहरुको लापसे,मापसे चेकजाँचका क्रममा बोल्दै,,
कैलालीको अत्तरियामा सार्वजनिक सवारी चालकहरुको लापसे,मापसे चेकजाँचका क्रममा बोल्दै,,
रेशम प्रसाद आचार्य
प्रमुख जिल्ला ट्राफिक कार्यालय कैलाली
Category
Contact the business
Website
Address
Kailali
10901
Alerts
Be the first to know and let us send you an email when Sudurdrishti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.