Arjun

Arjun

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Arjun, Digital creator, Janakpur, Kathmandu.

22/08/2026

गृहमन्त्री आफैं उभिएर पीडित परिवारसँग बसेर कुरा गरिरहेका छन्—दृश्यमा परिवर्तन देखिएको छ। अब यो परिवर्तन व्यवहार र न्यायको परिणाममा पनि देखिनुपर्छ।-यही नै अहिलेको सरकार र पहिलाको सरकारबीचको फरक देखाउने आधार बन्नुपर्छ।

30/07/2026

घुँडामुनि लक्षित गरिनुपर्ने भनिने अवस्थामा गोली घाँटीसम्म कसरी पुग्यो? भीड नियन्त्रणका अन्य उपायहरू पर्याप्त थिएनन्? यी प्रश्नहरूको स्पष्ट र पारदर्शी उत्तर कसले दिन्छ?
सिरहाको औरही गाउँपालिका–२, तुलसिपुर (मोतिपुर) निवासी रामवृक्ष यादवका छोरा गणेश यादवको मृत्यु अत्यन्त दुःखद छ। परिवारका अनुसार उनी साथी कमलेश यादवसँग बाहिर गएका थिए, र ग्यास सकिएकाले ग्यास लिन निस्किएको बेला यो घटना भएको बताइएको छ।

30/07/2026

❓निर्दोष नागरिकको मृत्युको जिम्मेवारी कसले लिने?
❓गोली चलाउने आदेश कसले दियो?
❓बल प्रयोग किन आवश्यक ठानियो?
❓घटनाको निष्पक्ष छानबिन कहिले हुन्छ?
❓दोषी जोसुकै भए पनि कानुनी कारबाही हुन्छ कि फेरि दण्डहीनता दोहोरिन्छ?
जनताले भावनात्मक होइन, तथ्यसहितको जवाफ र न्याय खोजिरहेका छन्।

30/07/2026

सिरहाको गोलबजार घटनामा एक नागरिकको मृत्यु भएको विषयले गम्भीर प्रश्न खडा गरेको छ।

सरकारसँग मेरो स्पष्ट प्रश्न छ:

गोली चलाउने निर्णय किन र कुन परिस्थितिमा गरियो?

बल प्रयोगको आदेश कसले दियो?

बल प्रयोगका अन्य विकल्प अपनाइएका थिए कि थिएनन्?

घटनाको निष्पक्ष र पारदर्शी छानबिन कहिले सम्पन्न हुन्छ?

पीडित परिवारले न्याय कहिले पाउँछ, र दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही हुन्छ कि हुँदैन?

नागरिकको जीवन रक्षा गर्नु राज्यको पहिलो दायित्व हो। त्यसैले यस घटनाको सत्य सार्वजनिक गरियोस्, पीडित परिवारलाई न्याय सुनिश्चित गरियोस्, र जिम्मेवार जोसुकै भए पनि कानुनअनुसार कारबाही गरियोस्।

30/07/2026

🍀

09/06/2026

राम्रो काम गर्दै जाँदा केही झोलेहरूले गाली गरे पनि उहाँ न कसैलाई गाली गर्नुहुन्छ, न त कसैप्रति व्यक्तिगत विरोध नै गर्नुहुन्छ। उहाँको ध्यान सधैं काम र जनताको सेवामै केन्द्रित छ।

07/06/2026

जेठ २४, काठमाडौं । संसद्‌मा विपक्षी दलहरूले प्रधानमन्त्री र सभामुख समेतका भूमिकामाथि प्रश्न गर्दै निरन्तर बैठकहरू अवरोध जारी राखेपछि रास्वपाका सभापति रवि लामिछानेले सोमबार बिहानका लागि सर्वदलीय बैठक बोलाएका छन् ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन् । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी सूचनाअनुसार संसद् सचिवालयस्थित सार्वजनिक लेखा समितिको हल, सिंहदरबार, काठमाडौंमा बस्नेछ।

03/06/2026

जेठ १९, २०५८ नेपालको इतिहासको सबैभन्दा दुःखद र रहस्यमय दिनका रूपमा स्मरण गरिन्छ। दरबार हत्याकाण्डमा ज्यान गुमाउनु भएका श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाह देव, श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह तथा सम्पूर्ण दिवंगत राजपरिवारप्रति हार्दिक श्रद्धाञ्जली। उहाँहरूको स्मृति सदा नेपाली जनमानसमा जीवित रहनेछ।🙏🕯️

Category

Website

Address

Janakpur
Kathmandu