Nepal Update
Breaking News
01/10/2026
भारतबाट पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ बढी मूल्य आए पनि चाडपर्व र क'ठिन परिस्थितिबीच इन्धनको मूल्य नबढाउने सरकारको निर्णय,पन्ध्र दिनमै सरकारलाई करिब ३ अर्ब २० करोड घाटा हुने
भारतीय बजारबाट पेट्रोलियम पदार्थको खरिद मूल्य पेट्रोलमा २० रुपैयाँ ४४ पैसा, डिजेलमा २० रुपैयाँ २१ पैसा र ग्यासमा प्रतिसिलिन्डर ८९ रुपैयाँ ३२ पैसाले बढेर आए पनि चाडपर्व र जनहितलाई ध्यानमा राख्दै सरकारले खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। यस निर्णयबाट १५ दिनमा करिब ३ अर्ब २० करोड घाटा हुनेछ।
01/10/2026
शशांकको आशंका- बालेन प्रधानमन्त्री बन्नुमा रअ, चीन र अमेरिकाको पनि हात छ कि ?
“अहिलेको प्रधानमन्त्री कसरी प्रधानमन्त्री भए ? कहिले तपाईंले उसको पृष्ठभूमि हेर्नुभएको छ ? कसरी प्रधानमन्त्री भए र कुन-कुन शक्तिले उनलाई सहयोग गरे ? हामी त बीपीको सन्तान, लोकतन्त्रमा विश्वास राख्ने मान्छे हौं। चुनाव एकदम सिम्पल। साँच्चिकै जनताले भोट हालेपछि मात्रै यस्तो हुन्छ कि त्यहाँ अरू शक्तिहरू पनि प्र'भावित हुन्छन् ? पुलिस, आर्मी, इन्टरनेसनल फोर्सेस, भारतीय गुप्तचर संस्था ‘रअ’, चाइनिज र अमेरिकनहरू के यहाँको राजनीतिमा चुपचाप लागेर बस्छन् ? उनीहरूको दखलअन्दाजी हुँदैन ? साँच्चिकैको राष्ट्रिय व्यक्ति हो भने उसले कसैलाई नसोचेर आफ्नै दिमागले काम गर्छ, त्यो नै राष्ट्रवादी व्यक्ति हो। त्यसैले आजको प्रधानमन्त्रीमाथि प्रश्नचिह्न छ। सबै नभने पनि केही हदसम्म चलखेल हुन्छ। आर्थिक चलखेल हुन्छ र त्यहाँ ‘गिभ एन्ड टेक’ हुन्छ, पोलिटिकल निर्णय गर्दा बाह्य शक्तिहरूको के-के स्वार्थ छ, त्यो पूरा गरिदिनुपर्ने अवस्था आउँछ। अझै एक-डेढ वर्ष काम हेरेपछि मात्र भन्न सकिन्छ, अहिले त ठीकै काम गरेका छन्, कुनै नराम्रो काम गरेका छैनन्। चोलेन्द्रलाई त्यो अ'पमान गरिएको हो। राति १२-१ बजेतिर समातेर ल्याउनु अ'पमानज'नक हो, महाभियोग लगाउनु छुट्टै विषय हो, तर त्यसरी मध्यरातमा प'क्रा'उ गरेर अ'न्याय र अ'पमान गर्नुहुँदैनथ्यो।”
श्रोत : (डा. शशांक कोइरालाले ‘नागरिक फ्रन्टलाइन’ मा व्यक्त गर्नुभएको भनाइ)
30/09/2026
हर्क सामपाङ भन्छ्न;जबसम्म श्रम संस्कृतिले यो देश चलाउँदैन, देश बनेछ भने कानै का'टेर फाल्छु। बुझ्नुभयो नि ? बन्दैन, गर्दैन, सक्दैन, जान्दैन, चाहँदैन। चाहना छैन, क्षमता छैन... गर्ने तरिका थाहा छैन। जाँगर पनि हुनुपर्यो नि त। जाँगर न सागर, खाने बेलामा "आँ गर" भनेर हुन्छ ?"
29/09/2026
प्रधानमन्त्री बालेन शाह सँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विदाई भेट गर्नु भएको छ। नेपालका लागि आफ्नो राजदूत कार्यकाल सकेर फर्किन लाग्नु भएका श्रीवास्तवले आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री सँग भेट गर्नु भएको हो।🙏
29/09/2026
फेवातालमा जल दु'र्घटनाको उद्धार कार्यलाई छिटो र प्रभावकारी बनाउन सशस्त्र प्रहरीले अत्याधुनिक "जेट स्की बोट" प्रयोगमा ल्याएको छ।
29/09/2026
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सेवा सुधारदेखि कानुनी सुधार, वन क्षेत्र उपयोग तथा उच्च तहका कर्मचारीको पदस्थापनसम्मका विभिन्न ६ वटा निर्णय गरेको छ।
मन्त्रिपरिषद्ले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
त्यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गतको कमला–ढल्केबर–पथलैया सडकखण्ड, गजार्ङ खोला साना जलविद्युत् आयोजना तथा बलेफी खोला जलविद्युत् आयोजना (४० मेगावाट) लगायतका आयोजना तथा सशस्त्र प्रहरी बल, नेपालका तालिम शिक्षालय, गुल्म तथा सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गरिएको छ।
बैठकले पशु वधशाला र मासु जाँच ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिएको छ।
यसैगरी संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ।
मन्त्रिपरिषद्ले नेपाल प्रशासन सेवा सामूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव आभा श्रेष्ठ कर्णलाई बढुवा गरी मुख्मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत गण्डकी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ। त्यस्तै, नेपाल इन्जिनियरिङ सेवा सामूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा डा. जगदीश्वर कर्माचार्यलाई बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ।
29/09/2026
३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा´
झापाको बुद्धशान्ती गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा पाएका छन् । लालपुर्जा प्राप्त गर्ने यी परिवारहरू २०४७ सालदेखि सो क्षेत्रमा बसोबास गर्दै आएका थिए। लामो समयदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका उनीहरूले आफ्नो नाममा जग्गाको स्वामित्व प्राप्त गरेका हुन्।
29/09/2026
सरकारले पुराना कर्मचारीलाई एकैपटक बिदा गरेर प्रविधिमैत्री युवा भित्र्याउने योजना बनाएको छ।
28/09/2026
सांसद रचना खतिवडालाई ल'क्षित गरी ‘छोराको ला'समा टेकेर सांसद बनेको’ आ'पत्ति'ज'नक अभिव्यक्ति दिएको आ'रोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई साइबर ब्यूरोको टोलीले प'क्रा'उ गरेको छ।
28/09/2026
चोलेन्द्र राणा प'क्रा'उ बारे प्रचण्डले बालेन सरकारलाई चे'ताव'नी दिदै भने, ‘यो सरकारको लागि भा'री पर्छ, यसको मूल्य धेरै ठूलो चु'काउ'नु पर्छ ।
Category
Website
Address
Alerts
Be the first to know and let us send you an email when Nepal Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.