Tapashya Ranaa Podcast
अंतः अस्ति प्रारंभ🙏.....
For Ad, Collab and Business Inquiry, mail us at: [email protected]
28/09/2026
अब चाहेर पनि म तपाईहरुलाई छुन सक्दिन। चाहेर पनि तपाइहरुको छोरी भन्ने शब्द सुन्न सक्दिन। आजबाट बुवा पात्रहरु मेरो जिवनबाट सदाको लागि पुर्ण रूपमा अस्तायो😥।
हिजै बाटै १६ श्राद्ध लाग्यो भनेर बुवाको लागी मुख बार्न सुरु गरेकी थिए। तर विडम्बना, हिजैबाट जुठो बार्ने माहोल बनिदियो। मेरो जिवनमा हरेक घटनाहरु यसरी घटेका छन, कि मानौँ यो धर्ती आजसम्म मात्र हो। मानौ कि, भोलिबाट यो धर्ती नै फाटदैछ। स्विकार्न त म जस्तो परिस्थिति पनि प्रसाद सम्झेर स्विकार्दिन्छु। तर, कुनै घटनाले भने अलि गहिरो घाउ दिन्छ। जुन सुक्न समय लाग्छ। गाह्रो हुन्छ। मन पोल्छ। मन आत्तिन्छ।
'त मेरो दाईको नासो होस, मेरो छोरी नभएर के भयो त? तै मेरी छोरी होस' भनेर सदैब भेटदा भन्ने एक मात्र व्यक्ति हुनुहुन्थ्यो तपाईं। मेरो गाला सुम्सुम्याएर 'तेरो कामले म खुसी छु है छोरी' भनेर हात पक्रेर माया गरेको अस्ति भर्खर तीजमा मात्र हो। यति छिटो बिदा हुनुहुन्छ भन्ने मैले कहिले कल्पनै पनि गरेकी थिइन।
बुवा अनि काका, यो छोरीको मनमा तपाईंको लागी कहिले नमेटिने अथाह माया छ❤️...
😓
27/09/2026
जिवनमा को अघि आयो वा को पछि आयो भन्ने मुख्य विषय हैन। आफ्नो जिवनमा छिटो-ढिलो आउने कुराले, त्यो व्यक्तिको महत्त्व निर्धारण गर्दैन। आफ्नो जिवनमा को अन्तसम्म हुन्छ, उसले आफुलाई कतिसम्म निस्वार्थ साथ दिन्छ र आफ्नो जिवनमा उसको उपस्तिथि कति महत्त्वपूर्ण छ भन्ने मुल विषय हो।
ढिलो-चाँडोकै कुरै गर्ने हो भने त, विवाह गर्ने आफ्नो पार्टनर भेट्नु अघि सयौं/हजारौं व्यक्तिहरु आफ्नो जिवनमा जोडिएका हुन्छन्। भेटिएका हुन्छन्। विवाह गर्न लागेको आफ्नो पार्टनर वा श्रीमानभन्दा अगाडी मैले साथी भेटेकाे हो, भनेर साथी तिर लागेर पार्टनर नै छोडन त भएन होला।
खैर, सबैको आ-आफ्नो धारणा हुन्छ। कसैलाई संसारको सबैभन्दा प्रिय अनि प्यारो नै साथी लाग्न सक्छ। त्यो साथी भए संसार त्याग्दिन सक्छु भन्ने पनि लाग्न सक्छ। त्यो साथीको अगाडी सबै कुरा अनि मान्छे फिक्का लाग्न सक्छ। त्यो लाग्न पनि पाउछ।
त्यहीँ भएर त भनिन्छ, फरक-फरक मान्छेको फरक-फरक विचार्😊.......
27/09/2026
यत्रो झण्डै १०,००० फलोअर्स हुइन्जेल, किन अरुको नाम राखेर फेसबुक चलाउन मन लागेको होला! अचम्म लाग्छ🤔। न म कुनै सेलिब्रेटि, न कुनै भयंकर ठुलो मान्छे। न म नेता हो, न केही विशेष व्यक्तित्व नै। यसरी मेरो तस्वीर राखेर, दुरुस्तै मेरो आफ्नै प्रोफाइल झै बनाएर Facebook Id चलाउन, म कुनै सेलिब्रेटी हैन। यसरी मान्छे नझुक्याईदिए उत्तम हुन्थ्यो। कृपया यस्तो नगर्दिनुहोला। यसरी अरुको नाम राखेर Id को दुरुपयोग गर्ने काम कृपया बन्द गर्दिनुस। मेरो नाम राखेर, facebook Id चलाउनुभन्दा बरु आफुलाई मन पर्ने कलाकार/नेता वा कोही विशेष व्यक्तित्वको Fan Page चलाउनुहोस। त्यसले बरु तपाईंको मनलाई आनन्द दिन सक्छ🙏🙏।
यो ८५०० र ३२०० फलोअर्स अनि मेरो तस्वीर भएको page को request तपाईहरुलाई आयो र केही नचाहिदो म्यासेज गरियो भने, कृपया रिपोर्ट गर्दिनुहोला। यो मेरो पेज हैन। यो म हैन। मेरो मात्र दुइटा Facebook Id छ: एउटा पेज अनि अर्को प्रोफाइल। जसको तस्वीर मैले तल राखिदिएकी छु। ५२,००० फलोअर्स भएको फेसबुक प्रोफाईल र ४४,००० फलोअर्स भएको फेसबुक पेज, मेरो हो। यो बाहेक मेरो नाम र तस्वीर राखिएको अरु कुनै Facebook Id बाट रिक्वेस्ट आयो वा केही नचाहिदो म्यासेज आयो भने, रिपोर्ट गर्दिनुहोला। मैले केही नयाँ Id वा Channel खोले भने, म आफै जानकारी गराईहाल्छु। धन्यवाद🙏....
भाई, विगत छोडेर अब नयाँ जीवन सुरु गर्नु। छोरीलाई हेर्नू। उसको भविष्य उज्ज्वल बनाउन कुनै कसर नछोडनु। जिवनमा कहिले पनि एक्लो छु भन्ने नसोच्नु। God bless you❤️.....
जाउ की नजाउ, सोल्टीज्यू दोमन भो😊🤭……..
सधैं काम गरेर मात्र भएन नि, बेलाबेला मुख बिगारेर यसरी टिकटक पनि बनाउनुपर्यो, कि कसो हो😅?
'छोरी छोडेर जापान जान मनै छैन। के गर्नु, जानै पर्छ। तर, म २ वर्षमा फर्केर आउछु अनि छोरी लिएर जान्छु। बिहे पनि गर्छु: अमिर राना मगर
Full Video in ‘Tapashya Ranaa Podcast’ YouTube channel…..
Link:
पोडकाष्टपछि धम्की आयो, केस पर्यो। जब जापान जाने दिन नजिक आयो, तब केस पर्यो। अब झन छोरीलाई छोडेर जाँदै छु, मन त्यता छुट्टै दुखेको छ: अमिर राना मगर
Full Video in ‘Tapashya Ranaa Podcast’ YouTube channel…..
Link: https://youtu.be/a_y3TYznbs4?si=9-uGgKKU0Gl_unFh
१५ वर्षमै प्रेम विवाह गरेकी अनिसाले पाएको एक अनौठो धोकाको कथा💔.........
26/09/2026
याद राख्नु, कर्म घुमेर आउँछ। यदि कसैलाई जिन्दगी जिउन मुस्किल पार्दैछौ भने बुज्नु, तिम्रो पनि मरण सजिलो हुने छैन।
जिवनमा अरुलाई जे दिन्छौं, तिमीले पनि त्यहीँ पाउछौ।
यहीँ नियती हो🙏......
भगवान पशुपतिले सबैको रक्षा गरून्🤞......
अब १५०० डलरको कोरियन cream लगाएपछी यो अनुहार कसो नटल्केला त😂……
Category
Website
Address
Alerts
Be the first to know and let us send you an email when Tapashya Ranaa Podcast posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.