Gurkha Trail Riders

Gurkha Trail Riders

Share

GURKHA TRAIL RIDERS (GTR)
Ride with Honor.Explore Beyond Limits. A community of passionate riders

21/09/2026

Discipline is a powerful force.

04/09/2026

01/09/2026

हाम्रो विद्यालय हाम्रो गर्व ❤️
सुन्दर वातावरण, अनुशासन र गुणस्तरीय शिक्षाको संगम—बुद्ध एकेडेमी बोर्डिङ स्कुल। यहाँ बिताएका हरेक पल र सिकाइहरू सधैं विशेष छन्। 🎓💛

Photos from Buddha Academy -BABS's post 31/08/2026

Buddha Academy -BABS
हाम्रो विद्यालय अन्तर्गत होस्टेलमा बसी अध्यन गरिरहेका बालबालिकाहरुको "Learn & Earn" कार्यक्रम अन्तर्गत हाम्रा साना भाइबहिनीहरूले Gardening, सरसफाइ, आफूले जानेका सीप अरूलाई सिकाउने तथा विभिन्न साना–साना जिम्मेवारीहरू पूरा गर्दै सिक्दै, कमाउँदै र आत्मनिर्भर बन्ने अभ्यास गर्दै आएका छन्।
आज उनीहरूले आफ्नो त्यही मेहनत र सिकाइबाट जम्मा गरेको रकम मध्ये केही हिस्सा भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा आफ्नो तर्फबाट सानो सहयोग गरेका छन्।
रकम ठुलो नहोला तर, त्यस संग जोडिएको उनिहरुको भावना अत्यन्त ठूलो छ,
किनकि सहयोग गर्ने यी साना हातहरूले पनि जीवनको कुनै मोडमा पीडा, अभाव र बाध्यताको अनुभव गरेका छन्। उनीहरूलाई थाहा छ कि, अभाव र असहाय हुनुको महसुस कस्तो हुन्छ र कसैको एउटा सानो सहयोगले कति ठूलो आशा दिन सक्छ भनेर।
आज उनीहरू सुरक्षित छन्, विद्यालयमा छन्, शिक्षा पाइरहेका छन् र आफ्नो भविष्य निर्माण गर्ने अवसर पाइरहेका छन्। त्यसैले सायद उनीहरूको मनले भनिरहेको छ कि - “हामीले भोगेको दुःख अरू कुनै बालबालिकाले भोग्न नपरोस्।” यही भावना नै हाम्रो "Learn & Earn" कार्यक्रमको सबैभन्दा ठूलो उपलब्धि हो। किनकि हाम्रा बालबालिकाले आज किताबका पानाबाट मात्र होइन, जीवनबाट एउटा अमूल्य पाठ पनि सिकेका छन् साथै मानवता, करुणा, जिम्मेवारी र अरूको दुःख मा साथ दिने संस्कार पनि ।

विपद्को यस कठिन घडीमा आफूले सकेको सहयोग गरौँ।
पीडित परिवारको साथ बनौँ। बालबालिकाको भविष्य जोगाऔँ।

सम्पूर्ण देशवासीमा हार्दिक अनुरोध, सहयोग सानो वा ठूलो हुँदैन तर, भावना ठूलो हुन्छ।

Buddha Academy Boarding School Family.

28/08/2026

🔥 Congratulations on the incredible UFC victory! 🥊🏆
तिम्रो मेहनत, संघर्ष र समर्पणको फल हो यो जित। अझै धेरै सफलता र ठूला जितहरू हासिल गर। Keep going, Champion! 🏆🔥

27/08/2026

“May their souls rest in peace. My deepest condolences to their families and loved ones. May God give them strength and comfort during this difficult time. 🕊️🙏

27/08/2026

यो राष्ट्रिय विपद् हो। यसलाई हामी सबै जुटेर पार गरौँ।🙏

To those who could contribute, please better donate to these account numbers. This is “PRIME MINISTERS DISASTER RELIEF FUND” official accounts.

To those who could contribute, please better donate to these account numbers.

सहयोग गर्न चाहनुहुने महानुभावहरूले सकेसम्म तल उल्लेखित सरकारको आधिकारिक खातामा नै रकम जम्मा गर्नुहोला।

खाताको नाम: PRIME MINISTERS DISASTER RELIEF FUND

आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ।
उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरु प्रभावित बनेका छन्।
बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरुलाई तीव्रता दिएको छ।
बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी छ।
यस् विपद्बाट प्रभावितहरुलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने छ भने अर्कोतिर उहाँहरुलाई दीर्घकालिनरुपमा पुनःस्थार्पना गर्न उत्तिकै जरुरी छ।
त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं। तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनुहुन अनुरोध छ।

19/08/2026

G.M Kiran Rai From Buddha Academy -BABS

13/08/2026

धन्यवाद ❤️🙏 मेहनत र संघर्षलाई यति राम्रोसँग प्रस्तुत गरिदिनुभएकोमा धेरै धेरै धन्यवाद। तपाईंहरूको माया र हौसलाले अझै अगाडि बढ्ने प्रेरणा मिलेको छ। ❤️🇳🇵

बागलुङका २१ वर्षीय हर्कमान घर्तीको गाउँमा ११ वर्षअघि पहिलोपटक बिजुली पुगेको थियो । त्यही क्रममा मेन इन्सुलेटर समात्दा उनलाई करेन्ट लागेर दुवै हात गुमाए । दु'र्घटनाको केही वर्षमै घरेलु खेलकुदमा सक्रिय हुनथालेका उनले पौडीसँगै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रमाणित गर्ने लक्ष्य बनाएका छन् भने १ वर्षअघि उनले जापानमा अन्तर्राष्ट्रिय एथलिट लाइसेन्स समेत बनाइसकेका छन् । आगामी ओलम्पिक र विश्व च्याम्पियनसिपमा सहभागी हुन क्वालिफिकेसन पूरा गर्ने लक्ष्य बनाएका हर्कमानका लागि पौडी केवल प्रतिस्पर्धा होइन, आफूलाई संसारसामु चिनाउने माध्यम बनेको छ । ❤️

Category

Address

Boudha
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Gurkha Trail Riders posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.