World Link Channel

World Link Channel

Share

सत्य तथ्य खबरको लागि World Link Channel, Officially Re. No:-189699/74/075 Media and News Name:- World Link Channel Pvt.Ltd. सत्य तथ्य खबर :- World Link Channel

15/09/2026

Sad News:- 😭😭श्रीमानले #खुर्पा प्रहार गर्दा श्रीमतीको #घटनास्थलमै मृ*त्यु

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को विनय त्रिवेणी गाउँपालिका–३, चिसापानीमा श्रीमानले खु*र्पा प्र*हा*र गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ।
प्रहरीका अनुसार विनय त्रिवेणी–३ चिसापानी निवासी अन्दाजी ४३ वर्षीय शेरबहादुर विकले आफ्नै श्रीमती अन्दाजी ४० वर्षीया उनिमाया विकको घाँटीमा धा*रि*लो ह*ति*या*र खु*र्पा प्रहार गरेका थिए।

15/09/2026

लागुऔषध #कसुरमा भूपूसैनिक श्रीमान-श्रीमती #सहित छोराहरू पक्राउ 🙏🤔

५९ वर्षका भूपूसैनिक बुवा र २२ वर्षका जवान छोरा सँगै काठमाडौँ महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा छन्, लागुऔषध दुव्र्यसनको कसुरमा पक्राउ । जुन घर उज्यालो भविष्यका सपनाहरूले भरिनुपर्ने हो, आज त्यही घरका सदस्यहरू एउटै अपराधको कसुरमा प्रहरीको हिरासतभित्र छट्पटाइरहेका छन्। महाराजगञ्ज प्रहरी वृत्तको चिसो भुइँमा ५९ वर्षका पूर्वसैनिक बुबा र २२ वर्षका तन्नेरी छोरासँगै हुलिनु, श्रीमान्-श्रीमती नै लागुऔषधको कसुरमा थुनिनु र १४ देखि १६ वर्षका कलिला किशोरहरू बारम्बार थुनाको चक्कर काट्न बाध्य हुनुले हाम्रो समाजको गहिरो घाउलाई उदाङ्गो पारेको छ।

देशको रक्षाका लागि आफ्नो जवानी अर्पेका पूर्वसैनिक बुबा आज आफ्नै छोरासँगै कुलत र कानुनको घेरामा पक्राउ पर्नु केवल एउटा कानुनी कसुर मात्र होइन, एउटा पारिवारिक विग्रह र सामाजिक त्रासदीको पराकाष्ठा हो।

15/09/2026

सुन जस्तो #देखिने धातु देखाई १ करोड ३९ लाख ३० हजार #ठगी गर्ने पक्राउ🤔🤔

टोखा नगरपालिका ९ मिलन टोल स्थित एक गेष्ट हाउसबाट प्रहरी प्रभाग गोंगु नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले सुन जस्तो देखिने पहेंलो धातु जस्तो बस्तु देखाई पटक पटक गरी रु १,३९,३०,०००। (एक करोड उनन्चालीस लाख तीस हजार मात्र) रकम ठगी गर्ने जिल्ला ओखलढुङ्गा सिद्धिचरण नगरपालिका १ घर भई जिल्ला काठमाडौं, नयाँ बसपार्क बस्ने वर्ष २८ को अनिष थापा मगरलाई नक्कली सुन जस्तो देखिने पहेंलो धातु ८५६ ग्राम सहित पक्राउ गरेको छ

15/09/2026

मोरङ #कारागारभित्र भेटियो १० लाख नगद, मोबाइल र #फलामे रड भेटियो🤔🙏
कारागारको कैदीबन्दी बस्ने कोठाभित्रैबाट बिहीबार १० लाख रुपैयाँभन्दा बढी नगद, दुई थान स्मार्टफोन र प्राणघातक फलामे रडहरू बरामद भएपछि कारागारको सुरक्षा व्यवस्था र प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न खडा भएको छ।

15/09/2026

खुल्ला #सीमाबाट रातभर तस्करी, भाडाको कोठाबाट #दिनभर बजार डेलिभरी🙏🤔

सशस्त्र प्रहरी बलले विराटनगर महानगरपालिका–८ मधुमारास्थित परशुराम पौडेलको घरको एउटा कोठाबाट ११ बोरा रेडिमेड कपडा बरामद गरेको छ । बरामद कपडामा कुर्ता, टप्सलगायतका सामाग्री छन्। जसको भन्सार जाँचपास छैन तर सात लाख ६ १ हजारको कपडा विराटनगरसम्म आइसकेको छ ।

14/09/2026

खोल्सामा #लुकाइछिपाई राखेको ४ नाल भरुवा #बन्दुक बरामद🤔

प्यूठानको नौबहिनी गाउँपालिका–३ स्थित चौदेलाखोल्सा उपल्लो घाँगु काईयाबाट प्रहरीले लुकाइछिपाई राखिएको अवस्थामा चार नाल भरुवा बन्दुक बरामद गरेको छ !

14/09/2026

कैलालीको #गाेदावरी गाईमारेमा सुरू भयाे #टेम्पाे `खुद्रा पसल´🤔🙏

कैलालीको गाेदावरीकाे गाईमारेमा टेम्पाे व्यापार, गाेदावरीकै एक युवाले टेम्पाेमा खुद्रा सामान राखेर बिक्री गरिरहेका छन् ।
उनले आफ्नो जिविकाका लागि टेम्पाेमा व्यापार गरिरहेका बताएका छन् ।
यहीँ ठाउँमा केही समयअघि धनादेवी धामीकाे यस्तै टेम्पाे डिभिजन वन कार्यालयका कर्मचारीले भीरतिर फालेपछि विवाद भएको थियोे ।
वनका कर्मचारी समेत प्रहरीले पक्राउ गरेर मु द्दा चलाउनुपर्ने अवस्था आएकाे थियो भने पछि वनका कर्मचारीले धनादेवीलाई क्षतिपूर्ति स्वरूप रू ५ लाख रूपैयाँ दिइएकाे थियो ।

14/09/2026

कैलालीमा १ #लाख ७६ हजारको अवैध भारतीय #सामान बरामद🤔🤔
बेवारिसे अवस्थामा रहेका बिडी, सुर्ती, गुट्खा, हुक, रबर, बेकरीलगायतका सामान फेला पारी नियन्त्रणमा लिएको हो।

14/09/2026

अमेरिकाले #रबी, बालेन, सुदन, र सागर ढकाललाई ठूलो #रकम दिएको आरोप 🙏🤔

The Grayzone ले ९ सेप्टेम्बर २०२६ मा प्रकाशित गरेको रिपोर्ट हो। त्यसमा CEPPS (Consortium for Elections and Political Process Strengthening) का लिक भएका कागजातलाई आधार बनाउँदै रवि लामिछाने, बालेन शाह, सागर ढकाल र सुदन गुरुङको नाम “catalytic civic leaders” अर्थात् प्रभाव सिर्जना गर्न सक्ने नागरिक नेताका रूपमा उल्लेख गरिएको दाबी गरिएको छ।

१. अमेरिकी पैसा CEPPS सम्म पुगेको कुरा भने वास्तविक हो

CEPPS अमेरिकी सरकारको USAID बाट विभिन्न लोकतान्त्रिक/निर्वाचनसम्बन्धी कार्यक्रमका लागि आर्थिक सहयोग पाउने संस्था हो। २०१९ को CEPPS वित्तीय अभिलेखमै नेपालसम्बन्धी कार्यक्रमका लागि अमेरिकी सहायता देखिन्छ। उदाहरणका लागि, नेपाल कार्यक्रमको कुल grant obligation करिब ४.२६ मिलियन अमेरिकी डलर उल्लेख छ।

त्यसैले “अमेरिकी सरकारी पैसा CEPPS मार्फत नेपालमा राजनीतिक/निर्वाचन तथा नागरिक सहभागिताका कार्यक्रमका लागि प्रयोग भएको थियो” भन्ने भागमा तथ्यको आधार छ।

यही कारण “अमेरिकाले उनीहरूलाई किनेको/लगानी गरेको” भन्नु प्रमाणभन्दा धेरै अगाडि जाने निष्कर्ष हो।

२ . लिक भएको दस्तावेजमा नाम हुनु चाहिँ गम्भीर विषय हो

यहाँ चाहिँ प्रश्न उठाउने ठाउँ छ। Grayzone को रिपोर्टअनुसार CEPPS का दस्तावेजमा उनीहरूलाई भविष्यमा सहयोग गर्नुपर्ने/समर्थन गर्नुपर्ने सम्भावित नागरिक नेताहरूको सूचीमा नाम राखिएको दाबी गरिएको छ।

यसले कम्तीमा यस्तो देखाउँछ:

अमेरिकी सहायता प्राप्त लोकतन्त्र/राजनीतिक प्रक्रिया सम्बन्धी कार्यक्रमहरूले नेपालका नयाँ पुस्ताका सम्भावित राजनीतिक तथा नागरिक नेताहरू पहिचान गरेर उनीहरूको क्षमता विकास र सार्वजनिक सहभागितामा काम गर्ने योजना बनाएका थिए।

तर “नाम सूचीमा थियो” → “अमेरिकाले पैसा दिएर उनीहरूलाई नेता बनायो” भन्ने दोस्रो निष्कर्ष स्वतः प्रमाणित हुँदैन।

३. CEPPS को कार्यक्रम वास्तवमै केका लागि थियो?

USAID का दस्तावेजमा CEPPS अन्तर्गतका कार्यक्रमले नेपालमा राजनीतिक दलको क्षमता, संसद्, निर्वाचन प्रक्रिया, समावेशिता, पारदर्शिता र नागरिक सहभागिता सुधार गर्ने उद्देश्य राखेको देखिन्छ।

त्यसैले अमेरिकाले नेपालमा लोकतान्त्रिक तथा राजनीतिक संस्थासँग सम्बन्धित कार्यक्रम चलाएको कुरा लुकाइएको कुरा होइन।

14/09/2026

अभद्र व्यवहार #मुद्दाका प्रतिवादीको बयान पश्चात ५ राउण्ड #गोलीसहित पेस्तोल बरामद😭😭
प्रहरी हवल्दार कृष्ण बहादुर रानाको प्रतिवेदनका आधारमा अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको थियो।

अनुसन्धानका क्रममा दैलेख जिल्लाको आठबीस न.पा.-३ बस्ने २० वर्षीय भीम बहादुर शाही र २७ वर्षीय भुपेन्द्र शाहीलाई सोधपुछ गर्दा भुपेन्द्र शाहीले दैलेख आठबीस राकम खोला बजार नजिकै खोल्सामा स्वचालित पेस्तोल लुकाई राखेको स्वीकार गरे।
उक्त स्थानमा खोजतलास गर्दा झाडीमा कालो प्लास्टिकको पोकामा लुकाइएको स्वचालित पेस्तोल बरामद गर्यो।

बरामद भएको पेस्तोलमा "MADE IN CZECHOSLOVAKIA" र नम्बर १०५०२८ लेखिएको थियो।

पेस्तोलसँगै एउटा म्यागजिन र ५ राउण्ड गोली पनि बरामद गरिएको छ।

पक्राउ परेका व्यक्तिहरू:

भीम बहादुर शाही (२० वर्ष) - दैलेख आठबीस न.पा.-३

भुपेन्द्र शाही (२७ वर्ष) - दैलेख आठबीस न.पा.-३

Telephone

Website

Address

Kathamandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when World Link Channel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.