DC Explainer

DC Explainer

Share

explaining everything

30/07/2026

धर्म रक्षाका नाममा अरुलाई दुःख दिनु नै ठूलो अधर्म हो।

संयमित बनौं, आफू नै डढ्ने आगो लगाउन अग्रसर नबनौं।

Photos from DC Explainer's post 29/07/2026

सिंहदरबारमा सर्वदलीय बैठक

सुनसरीको देवानगन्जमा दुई समयुदायबीच केही दिनयता देखिएको तनावबारे छलफल गर्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ।

सिंहबारस्थित लेखा समितिको बैठक कक्षमा सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभा सभापति गणन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल लगायत उपस्थित छन्।

22/07/2026

📢 समता कर फिर्ता: तर पुरानो कर तिरेको के हुन्छ, अन्योल कायमै!

प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार फेसबुकमार्फत शिक्षा र स्वास्थ्यमा लागेको ३% समता कर फिर्ता लिने घोषणा गरे। यो कर १ साउन २०८३ देखि लागू भएको थियो।

तर यो फेसबुक घोषणाले मात्र कर फिर्ता हुँदैन, अर्थ मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्बाट पास हुनुपर्छ, त्यसपछि संसद् र राजपत्रमा प्रकाशन हुनुपर्छ।
यो राजपत्र प्रकाशन नभएसम्म त्यो कर लागू नै रहनेछ।

❓ सबैभन्दा ठूलो प्रश्न: यसअघि नागरिकले तिरिसकेको कर फिर्ता हुन्छ कि सरकारी ढुकुटीमै रहन्छ? अर्थ मन्त्रालय र राजस्व विभागका अधिकारीका अनुसार फिर्ता दिने भनेर मन्त्रिपरिषद्ले निर्णय गर्‍यो भने मात्र नागरिकले फिर्ता पाउँछन्, नभए पाउँदैनन्।

📅 अब के हुँदैछ: आज दिउँसो ३ बजे बस्ने मन्त्रिपरिषद् बैठकले औपचारिक निर्णय गर्ने अपेक्षा गरिएको छ।

20/07/2026

अर्को फिफा विश्वकप कहिले हुँदैछ? २०३० विश्वकपका आयोजक, मिति र प्रतियोगिताको ढाँचा

सन् २०३० को फिफा विश्वकप छ वटा देशमा आयोजना हुनेछ। प्रतियोगिताका उद्घाटन खेलहरू दक्षिण अमेरिकामा हुनेछन् भने त्यसपछि बाँकी खेल युरोप र अफ्रिकाका मुख्य आयोजक राष्ट्रहरूमा सर्नेछन्।

विश्वकपको १००औँ वार्षिकोत्सवका अवसरमा फिफाले उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा ‘शताब्दी खेल’ आयोजना गर्नेछ।

अर्को फिफा विश्वकप कहिले हुँदैछ?

फिफाले प्रस्ताव गरेको तालिकाअनुसार शताब्दी खेलहरू जुन ८ र ९ मा उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा हुनेछन्। त्यसपछि जुन १३ र १४ मा मोरक्को, पोर्चुगल र स्पेनमा मुख्य प्रतियोगिताको उद्घाटन खेल हुनेछ।

विश्वकपको फाइनल जुलाई २१ मा हुने अपेक्षा गरिएको छ। यद्यपि फिफाले अहिलेसम्म पूर्ण खेल तालिका सार्वजनिक गरेको छैन।

२०३० विश्वकप कहाँ आयोजना हुनेछ?

स्पेन, पोर्चुगल र मोरक्कोले प्रतियोगिताका अधिकांश खेल आयोजना गर्नेछन्। विश्वकपको १०० वर्ष पूरा भएको अवसरमा उरुग्वे, अर्जेन्टिना र पाराग्वेले प्रारम्भिक चरणका एक–एक खेल आयोजना गर्नेछन्। त्यसपछि बाँकी सबै खेल तीन मुख्य आयोजक राष्ट्रमा हुनेछन्।

फिफाका अनुसार सन् १९३० को पहिलो विश्वकप आयोजना गरेको सम्मानस्वरूप उरुग्वेलाई एउटा खेल आयोजना गर्ने अवसर दिइएको हो। अर्जेन्टिनाले पहिलो विश्वकपमा उपविजेता बनेको सम्झनामा त्यहाँ पनि एक खेल हुनेछ। पाराग्वेलाई भने दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल) को मुख्यालय रहेको देशका रूपमा एक खेल आयोजना गर्न दिइएको हो।

यससँगै २०३० विश्वकप पुरुष फुटबल विश्वकप इतिहासमै पहिलो पटक छ देश र तीन महादेशमा आयोजना हुने प्रतियोगिता बन्नेछ।

कुन–कुन देश छनोट भइसके?

आयोजक राष्ट्र भएकाले स्पेन, पोर्चुगल, मोरक्को, उरुग्वे, अर्जेन्टिना र पाराग्वेले स्वतः विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन्। बाँकी ४२ टोली आगामी वर्षहरूमा हुने विभिन्न महादेशीय छनोट प्रतियोगितामार्फत छनोट हुनेछन्।

२०३० विश्वकपपछि के?

अर्को पुरुष फिफा विश्वकप सन् २०३४ मा साउदी अरेबियामा आयोजना हुनेछ।

डिसेम्बर २०२४ मा फिफाले साउदी अरेबियालाई आधिकारिक आयोजक घोषणा गरेको थियो। बोली पेश गर्ने एकमात्र देश साउदी अरेबिया भएकाले उसले आयोजना अधिकार प्राप्त गरेको हो।

२०३० विश्वकपजस्तो बहुराष्ट्रिय आयोजना नभई २०३४ को विश्वकप एकै देशमा हुनेछ। त्यसको मिति र विस्तृत खेल तालिका भने फिफाले अझै सार्वजनिक गरेको छैन।

19/07/2026

अर्जेन्टिना vs स्पेन final : 7 intresting point

विश्वकपमा अर्जेन्टिना र स्पेन ६० वर्षपछि (पहिलो भिडन्त १९६६, जसमा अर्जेन्टिना २–१ ले विजयी) फेरि आमने-सामने हुँदैछन्।

विश्वकप २०२६ को फाइनलमा विश्वको नम्बर १ र २ वरीयता प्राप्त टिम अर्जेन्टिना र स्पेन भिड्न लागेका छन्, जुन सामान्यतः दुर्लभ संयोग हो।

कोपा र युरो च्याम्पियन भिडन्त – फाइनलमा कोपा अमेरिका च्याम्पियन (अर्जेन्टिना) र युरोपेली च्याम्पियन (स्पेन) आमने-सामने हुनु आफैंमा दुर्लभ संयोग हो।

लगातार दोस्रो फाइनल – अर्जेन्टिनाले लगातार दोस्रोपल्ट फाइनल खेल्दै ब्राजिल (१९५८, १९६२) पछि लगातार दोस्रो विश्वकप जित्ने ऐतिहासिक अवसर पाएको छ।

स्पेनको बलियो रक्षापंक्ति – स्पेनले पूरा प्रतियोगितामा एउटा मात्र गोल खाएको छ, र सेमिफाइनलमा फ्रान्सलाई पूर्णतः नियन्त्रणमा राखेको थियो। रोड्रीको नेतृत्वमा मध्यपंक्तिबाट पास खेल्ने पुरानो 'टिकीटाका' शैलीमा नै स्पेन खेलिरहेको छ, र यसले मार्च २०२४ देखि ३७ खेलसम्म नहारेको रेकर्ड बनाएको छ।

शुभचिन्तकको चिन्ता – मेसीका नजिकका मानिसहरूलाई यो प्रतियोगिता उनका लागि (उमेरका कारण) नफाप्ने हो कि भन्ने डर थियो, तर त्यो आशंका पनि गलत सावित भयो।
टिम भावना – अर्जेन्टिना अब मेसीमा मात्र सीमित एक-खेलाडी निर्भर टिम रहेको छैन; सम्पूर्ण टिम एकजुट भएर खेलिरहेको छ।

आक्रामक र रक्षात्मक सन्तुलन – अर्जेन्टिनालाई आक्रामक फुटबल र गोल गर्ने दुवै कला आउँछ, साथै टिम आफैं 'झेल्ली' (कट्टर) प्रकृतिको मानिन्छ।

टिम भावना – अर्जेन्टिना अब मेसीमा मात्र सीमित एक-खेलाडी निर्भर टिम रहेको छैन; सम्पूर्ण टिम एकजुट भएर खेलिरहेको छ।

एकल खेलाडीमा भर नपर्ने शैली – स्पेन कुनै एक खेलाडीमा भर परेर वा धेरै गोल गरेर होइन, बरु मध्यपंक्तिको नियन्त्रण र न्यूनतम गोलले खेल जित्ने शैलीमा विश्वास राख्छ।

18/07/2026

श्रीमान् श्रीमतिको राजनीतिक ब्याटल

18/07/2026

हो, तपाईंले देख्नुभएको यो तस्बिर वास्तविक हो। यो १८ वर्षभन्दा अघिको तस्बिर हो।

स्पेनका स्टार खेलाडी लामिन यामाल सानो शिशु हुँदा उनी र उनकी आमा शिलाले युनिसेफको सहयोग संकलनका लागि आयोजित एक फोटोसुटमा फुटबलका बादशाह लियोनेल मेस्सीलाई भेटेका थिए।

आइतबार राति मेस्सीको अर्जेन्टिना र यामालको स्पेन फुटबल विश्वकपको ट्रफीका लागि भिड्दै छन्। अहिले पनि लियोनेल मेस्सी र लामिन यामाल दुवैले युनिसेफका सद्भावना दूतका रूपमा काम गरिरहेका छन्।

उनीहरूको साझा लक्ष्य एउटै छ-हरेक बालबालिका बाँचोस्, फस्टाओस् र आफ्नो पूर्ण क्षमता हासिल गर्न सकोस्।

आइतबार रातिको यो भिडन्त रोचक र भावुकताले भरिएको हुनेछ।

10/07/2026

यो राज्यले अरू गणेश नेपालीहरूको पनि ज्यान लिनेछ...

म बस्ने कोटेश्वरको नरेफाँट क्षेत्रमा एकजना जुम्लाकी दिदी करिब दुई वर्षदेखि मकै पोल्दै आएकी छिन्। सुरुमा उनी मेरो कोठा नजिकै सानो फलामको भाँडामा आगो बालेर मकै पोल्थिन्।

केही महिनापछि उनले एउटा ठेला किनेर ल्याइन्। त्यसमै मकै पोल्न थालिन्। अनि, पहिलेजस्तो एकै ठाउँमा नबसेर नरेफाँटका गल्ली–गल्ली पुग्न थालिन्।

धेरै महिनासम्म मैले उनलाई त्यसरी मकै पोल्दै हिँडिरहेको देखिरहेँ। अलिपछि उनले फेरि पहिलेझैँ ठेलाबिनै मकै पोलेको देखेँ।

सोध्दा थाहा भयो, उनको ठेला नगर प्रहरीले खोसेर लगेछ। सेकेन्डह्यान्ड त्यो ठेला उनले ६ हजार रुपैयाँमा किनेकी रहेछिन्।

ठेला व्यवसायीहरूको ठेला जफत गर्ने चलन अहिलेका काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाह आएपछि सुरु भएको थियो। त्यसको सिको काठमाडौंमा मात्रै नभई देशभरका पालिकाले गरे। फुटपाथमा व्यापार गरेर पेट पाल्नेहरूको रोजीरोटी खोसियो।

केही दिनअघि ती दिदीलाई फेरि ठेलामै मकै पोलिरहेको देखेँ। अनि सोधेँ, "ठेला फिर्ता पाउनुभयो?"

होइन रहेछ। उनले भनिन्, "अर्को किनेर ल्याएँ।"

फेरि ६ हजार रुपैयाँ खर्चेर उनले सेकेन्डह्यान्ड ठेला किनेर ल्याएकी रहेछिन्। किन किनेको भनेर सोध्दा उनले भनिन्, "एकै ठाउँमा बसेर थोरै मात्रै मकै बिक्री हुन्छ। ठेलामा पोलेर डुल्दै हिँड्दा धेरै बिक्री हुन्छ।"

वालेन्द्र शाहका ती नगर प्रहरी कुन दिन आएर फेरि ती दिदीको ठेला खोसेर लैजाने हुन्? मलाई उनको अनुहार हेरेर निकै चिन्ता लाग्यो। उनी आफैँ पनि भयभीत देखिन्छिन्।

फेरि उनको ठेला खोसिए उनले के गर्लिन्? कल्पनासम्म गर्दा पनि अत्यास लाग्छ। सायद फेरि ठेला खोसिए उनीसँग दुईवटा मात्रै विकल्प रहनेछन्— कि त यो सहर छोडेर जाने, कि त गणेश नेपालीले रोजेको बाटो रोज्ने।

मलाई थाहा छैन, ती दिदीले ठेलामा मकै पोल्दै हिँड्दा कुन रेस्टुरेन्टको व्यापार घट्यो? कुन पसलेको बिक्री कम भयो? कहाँ सडक अवरुद्ध भयो? कुन ठाउँ फोहोर भयो?

कुन सहरी सभ्यता मासियो?

अनि, प्रश्न पनि मनमा आइरहेकै छ— फुटपाथका व्यवसायी लखेट्ने वालेन्द्र शाहको नीति अहिले सुनिता डंगोलले पनि किन पछ्याइरहेकी छिन्?

किन देशभरका पालिकाले गरिखानेहरूलाई लखेटेर अरू थुप्रै गणेश नेपाली बन्न बाध्य पारिरहेका छन्?

के यो राज्य अरू थुप्रै गणेश नेपालीको ज्यान लिएर रमाउन चाहन्छ?

Category

Address

Kathmandu
Kathmandu