News Adda

News Adda

Share

सम्पुर्ण समाचार अपडेट

20/09/2026

त्रिशुली–१ को टनेलमा फेला परेका १३ शव हेलिकोप्टरबाट त्रिशुली ल्याइयो

20/09/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक

20/09/2026

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

20/09/2026

जनताको चाहना अनुसार संबिधान संसोधन गरौ - ऋषि धमला

20/09/2026

प्रधानमन्त्रीको स्वाग नै बेग्लै

20/09/2026

डा. अमरेश कुमार सिंहको सनसनीपूर्ण खुलासा

20/09/2026
19/09/2026

काठमाडौं उपत्यकामा रातिको समयमा सार्वजनिक सवारीसाधन नपाउने यात्रुको बाध्यतालाई मध्यनजर गर्दै साझा यातायातले आफ्नो रात्रिकालीन सेवालाई विस्तार गरेको छ।

संविधान दिवसको अवसर पारेर कम्पनीले शनिबारदेखि उपत्यकाका ६ वटा मुख्य रुटमा २८ वटा विद्युतीय बस सञ्चालनमा ल्याउने भएको हो।

नयाँ कार्यतालिका अनुसार अब सम्बन्धित प्रस्थानबिन्दुबाट बेलुका ८ बजेदेखि राति ११ बजेसम्म साझाका बसहरू छुट्नेछन्। यात्रुको चाप र आवश्यकताको विश्लेषण गरी आगामी दिनमा बसको संख्या र सेवाको समय थप समायोजन गर्दै लगिने कम्पनीले जनाएको छ।

विस्तारित सेवाअनुसार सबैभन्दा धेरै चक्रपथ परिक्रमाका लागि दुवैतर्फ गरी ८ वटा बस सञ्चालन हुनेछन्।

यसैगरी, बुढानीलकण्ठ-गोदावरी रुटमा ६ वटा, जगाती-रत्नपार्क-ठमेल रुटमा ६ वटा, विमानस्थल-नागढुंगा रुटमा ४ वटा र कीर्तिपुर-जमल रुटमा ४ वटा विद्युतीय बसले सेवा दिनेछन्।

रिङरोडसहित भक्तपुरदेखि पर्यटकीय केन्द्र ठमेलसम्म जोडिएपछि उपत्यकाको ठूलो हिस्सा रात्रिकालीन यातायात सञ्जालमा जोडिने अपेक्षा गरिएको छ।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालका अनुसार कम्पनीले गत वैशाख १ गतेदेखि जम्मा ७ वटा बसमार्फत दुईवटा रुट (नागढुंगा-एयरपोर्ट र लगनखेल-बुढानीलकण्ठ) मा मात्र रात्रिकालीन सेवा सुरु गरेको थियो।

राति सार्वजनिक यातायातको माग बढ्दै गएको तर उपलब्धता न्यून रहेको अवस्थालाई ध्यानमा राखेर सेवालाई एकैपटक चार गुणाले बढाइएको सीईओ अर्यालले जानकारी दिए।

यस वृहत् सेवा विस्तारबाट राति अबेरसम्म कार्यालय, व्यवसाय र अन्य काममा खटिने नागरिक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई सुरक्षित र सहज यात्राको अवसर मिल्नेछ।

साथै, सञ्चालनमा ल्याइएका सबै सवारीसाधन विद्युतीय भएकाले रात्रिकालीन सेवाले काठमाडौंको वातावरणीय प्रदूषण न्यूनीकरणमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने कम्पनीको विश्वास छ।

Photos from News Adda 's post 19/09/2026

चितवन राष्ट्रिय निकुञ्जमा जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा भेटिएको छ । रोनाल्डो विषहजारी पोस्टनजिकै मृत भेटिएको हो ।
रोनाल्डोको मृत्युको कारण खुलिसकेको छैन । घटनाबारे चितवन राष्ट्रिय निकुञ्जको टोलीले स्थलगत अनुसन्धान गरिरहेको छ । मृत्युको कारण अनुसन्धानपछि मात्र यकिन हुने निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापामगरले बताए ।
सौराहा–खोरसोर क्षेत्रको ‘सेलिब्रिटी’का रूपमा परिचित रोनाल्डोले त्यहाँस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा लामो समयदेखि प्रभाव जमाएको थियो । केन्द्रमा जन्मिएका धेरै छावाको पिता रोनाल्डो नै रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जापुनले बताए ।
करिब ५३ वर्ष उमेरको अनुमान गरिएको रोनाल्डोको शरीरमा अरू हात्तीसँगको संघर्षका चिह्न समेत थिए । उसको पुच्छर समेत संघर्षकै क्रममा गुमेको थियो ।
रोनाल्डोको मृत्युसँगै सौराहा–खोरसोर क्षेत्रको चर्चित जंगली भाले हात्तीको एउटा परिचित कथा समाप्त भएको छ । मृत्युको वास्तविक कारण अनुसन्धानपछि मात्र स्पष्ट हुने निकुञ्जले जनाएको छ ।

19/09/2026

१० वटा महाभारत लडेर आएको हुँ, यत्तिकै ढल्दिनँ - केपी ओली

Website

Address

Baneshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when News Adda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.