Tekendra Raj Chemjong

Tekendra Raj Chemjong

Share

I believe in beauty in diversity.

14/07/2025

शब्दाङ्कुर साहित्य प्रधान मासिकका सम्पादक, सेक्मुरी फाउन्डेसनका महासचिव तथा नेपाल सरकारको परराष्ट्र सेवामा कार्यरत मित्र भोगेन्द्र लिङदेन उप-सचिव जस्तो गरिमामय तहमा पदोन्नति हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु साथै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

31/05/2025
19/04/2025

केवालुङ
--------
यतिखेर
केवालुङ उभिएको छु ।

हेर्दै छु संसार पर–पर
नियाल्दै छु तल–तल
अबिरल
बगिरहेछ समय
तमोर–काबेलीहरुसँगै ।

क्षितिज उघ्रिरहेछन् बिस्तारै
अन्तु–सिलौटीहरुमा
टुसाउँदै छन् मालिङ्गोहरु
झाङ्गिदै छन् घङ्गरूका बोटहरु
बेगिला वायुहरु बटारिरहेछन्
मुनाफेनहाङहरु
चल्मलिँदै देख्छु चारकोसेभित्र
किचक लासहरु
सल्बल बढ्दो हेर्छु भङ्गालोहरुमा
एकलव्य भुराहरु ।

डुङ्गा खोपिरहेछन् सिकुवामा
लेप्मुहाङहरु
एकोहोरो अर्जापिरहेछन् धार
काङसोरेहरु ।

कम्पन छाम्छु
इक्साखाम्बेक
उफ्रिन्छु येवा–येमा
फलाक्छु फेदाङ्मा
पोल्छु तीतेपाती
जगाउँछु माङ
हात जोड्छु
तागेरा निङवाफुमाङ
अनिष्ट नपरोस्
यो मुलुकमा ।

------------

केही लिम्बू शब्दावली र तिनका अर्थ
--------------------------------
केवालुङ: ताप्लेजुंग जिल्लामा अवस्थित पवित्र हिमाल
मुनाफेनहाङ: एक शक्तिशाली लिम्बू शासक(Legendary hero)
लेप्मुहाङ: लिम्बूको पुर्खाहरुमा एक दार्शनिक र उद्धारक
काङसोरे: एक वीर लिम्बू लडाकु
इक्साखाम्बेक: धर्ती
येवा–येमा: लिम्बू समुदायको विजुवा विजुवानी
फेदाङ्मा: लिम्बू समुदायको पुरेत
माङ: देउता
तागेरा निङवाफुमाङ: लिम्बू समुदायको सर्वोच्च देउता

(शब्दाङ्कुर पूर्णाङ्क १२४, माघ २०६८)

ए मिम्जिमाए - शब्दाङकुर 19/04/2025

https://sabdankur.com/2025/04/14/5116/

ए मिम्जिमाए - शब्दाङकुर भोगेन्द्र लिङदेन ए मिम्जिमाए हजुरको रूप जुनैसरि हजुरको माया सुनैसरि ए मायाको हावा चलिजान्छ दुईदिने बैंस ढलिजान.....

19/04/2025

Anup Jalota, an renowned Indian Singer, known for his famous devotional songs and Gazals.

19/04/2025

जर्मनीका महान विचारक प्रोफेसर फ्रेडरिक नित्सेको एउटा भनाई चर्चित छ-"God is dead."
प्रोफेसर नित्से आफ्ना देश र त्यहाँका युवाहरुको भविष्यका बारेमा सधैं चिन्तित रहन्थे । विश्वविद्यालय अध्ययन गर्ने प्राय युवा विद्यार्थीहरु दास मनोदशा र भाग्यवादबाट ग्रसित थिए ।
प्रोफेशर नित्से ती युवा विद्यार्थीहरुलाई अकसर सोध्ने गर्थे-" तिमीहरु गर्न चाहान्छौं? जर्मनीको अवस्था र भविष्यका बारेमा तिमीहरुको के राय छ?"
प्राय युवाहरुको एकै किसिमको जवाफ आउथ्यो-"बस हामीलाई परीक्षा पास गर्नु छ । बाँकी त भगवानको कृपाले जे प्राप्त हुन्छ, आफ्नो भाग्यमा जे छ त्यो त भइ हाल्छ ।"
"जर्मनीमा जो सुकै शासक प्रशासक आए हामीलाई केही मतलब छैन । जे हुन्छ त्यो भइहाल्छ ।"
युवाको त्यस्तो खालको सोचले नित्सेलाई थप चिन्तित बनाउथ्यो ।
एक दिन प्रोफेसर नित्से विश्वविद्यालयबाट निस्किएर मध्यदिन एक हातमा लालटिन र अर्को हातमा लठ्ठी र पुत्ला लिएर निस्किए । केही समय हिडेर चौरस्तामा पुगे पछि आफूले बोकेको पुत्लालाई दुई लठ्ठी हिर्काए ।
त्यही बाटोबाट हिडिरहेका युवा शिष्यहरुले आफ्ना गुरुको त्यो हर्कत देखेर छक्क पर्दै उनलाई सोधे-"सर ! हजुरले यो के गर्नु भएको?"
नित्सेले जवाफ दिए-" देखेनौं सबैतिर अन्धकार छाएको छ ।"
आफ्ना शिष्यहरुले भन्छ्न-"सर सबैतिर घामको प्रचण्ड प्रकाश छ त । हामी त उज्यालो मात्र देखिरहेका छौं ।"
नित्से भन्छन-"तिमीहरुको बुद्धिमा अन्धकार छाएको छ । सारा जर्मनीका युवाहरुको मस्तिष्कमा अन्धकार छाएको छ । सिंगो जर्मनी अन्धकारमा डुबेको छ । त्यसैले उनीहरुलाई जगाउन दिउँसै बत्ती बालेर हिडिरहेछु ।"
युवाहरुले फेरि जिज्ञासा राख्छन-"सर हजुरको हातको लाठ्ठी र पुत्ला चाहिँ किन? हजुरको हातमा यो शोभनिय भएन ।"
नित्सेले भन्छन-"तिमीहरुको भगवानलाई मैले मारिदिए । तिमीहरु जस्ता निक्कमाहरुलाई गाँसबासको जोहो गरिदिने यस्ता भगवानको के काम ? आज देखि तिमीहरुको भगवान मर्यो ।"
"अब के गर्छौं?"- नित्सेले ती युवाहरुको अघि सवाल राख्छन ।
त्यो सवालले ती युवाहरुको मनमा ठूलो हलचल ल्याए ।
नित्से फेरि भन्छन-"तिमीहरुको जर्मनी बनाउने ईश्वर त मर्यो । अब तिमीहरु आफैले आफ्नो जर्मनीलाई बनाउनु पर्छ । तिमीहरु तयार छौ?"
तिनै युवाहरुको भिडमा थिए, अटो वान विस्मार्क जसले सबैभन्दा पहिले जर्मनीलाई बदल्ने अठोटका साथ आफ्नो हात उठाए र जर्मनीलाई बदल्न तयार भए । अन्तत सबै युवाहरु जर्मनीलाई एउटा शक्तिशाली राष्ट्र बनाउन मुठ्ठी उठाएर लामबद्ध भए ।

19/04/2025

अम्लाफुङ(Orchid)= सुनाखरी फूल ।
(झापा: २०८१ चैत्र १६/29 March, 2025)

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Tekendra Raj Chemjong posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.