HamroNeta

HamroNeta

Share

भ्रम र धुन्दमा हराएको लोकतन्त्रलाई
तथ्य र अनुगमनले उज्यालो बनाउने हाम्रो प्रयास।
सचेत नागरिकका लागि सूचना, विश्लेषण र नेतृत्व मूल्यांकन

28/08/2026

जो १० सेकेन्ड छिटो निर्णय गर्न सक्दा बाँचे । भन्सार कार्यालय रसुवाका अधिकृत करवीर गैरेको अनुभव । उनकै अगाडि अरु अलप भए ।

28/08/2026

Alert ‼️Alert ‼️Alert ‼️Alert ‼️
🚨🙏 अत्यावश्यक सूचना तथा अपिल!
चीनमा ताल फुटेको खबर रसुवाको तल्लो तटीय क्षेत्रमा इन्टरनेट तथा नेटवर्क समस्याका कारण धेरै स्थानीयसम्म अझै पुग्न सकेको छैन।
नदीमा जुनसुकै बेला ठूलो बाढी आउन सक्ने जोखिम रहेकाले, यो सूचना देख्ने सबैले रसुवा तथा आसपासका नदी किनारमा रहेका आफन्त, साथीभाइ र चिनजानका व्यक्तिलाई तत्काल फोन वा अन्य माध्यमबाट खबर गरिदिनुहोस्।
उहाँहरूलाई सुरक्षित स्थानतर्फ जान सचेत गराउनुहोस्।
🙏 तपाईंको एउटा फोन वा सन्देशले कसैको जीवन जोगाउन सक्छ। कृपया यो सूचना सकेसम्म धेरै जनासम्म पुर्‍याइदिनुहोस्।

28/08/2026

😢💔हिजो गएको पहिरोले कयौँ परिवारको घरबार उजाड बनाएको छ।

28/08/2026

रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका कारण फसेका मानिसहरूको नेपाली सेनाले आज बिहानैदेखि उद्धार कार्य तीव्र पारेको छ।
​जटिल भूगोल र जोखिमपूर्ण अवस्थाका बाबजुद उद्धारमा खटिएको नेपाली सेनाको टोलीले हालसम्म टनेलबाट दुई जनाको सकुशल उद्धार गरिसकेको छ। सुरुङभित्र अझै कति मानिसहरू फसेका छन् भन्ने विषयमा खोजी जारी छ र उनीहरूको उद्धार कार्यको प्रयास पनि भइरहेको छ।
​टनेलको अप्ठ्यारो स्थितिमा पनि सेनाले प्राविधिक उपकरण र विशेष तालिमप्राप्त टोली परिचालन गरी बाँकी रहेका मानिसहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।

27/08/2026

जसलाई शंका लाग्छ, सरकारको खातामा पैसा हाल्नुहोस्, ठग्ने भए अगाडी नै ठग्थ्यौँ : ध्रुवराज राई, सांसद, श्रम संस्कृति पार्टी

27/08/2026

सायद त्यो खुट्टा
हिजोसम्म कसैको घरतिर हिँडिरहेको थियो,
आमालाई भेट्न,
छोराछोरीलाई काखमा लिन,
भोलिको लागि केही कमाउन।

सायद उसले पनि
हामीजस्तै भोलिको योजना बनाएको थियो
घर बनाउने,
छोराछोरी पढाउने,
बुढेसकालमा आमाबुबासँग बस्ने…

तर आज,
उसको शरीरको एउटा अंश मात्र भेटिएको छ।

मान्छेहरू भन्छन्-
“बाढीले धेरै क्षति गर्‍यो।”

तर जसले गुमायो,
उसका लागि यो क्षति मात्र होइन।

यो एउटा खाली घर हो।
एउटी आमाको रित्तिएको काख हो।
एउटा बच्चाले फेरि कहिल्यै नसुन्ने आवाज हो।
एउटी श्रीमतीले ढोकातिर हेर्दै बिताउने जिन्दगी हो।

बाढीको पानी घट्ला।
बाटो फेरि खुल्ला।
घरहरू फेरि बन्लान्।

तर
जसलाई बाढीले लग्यो,
उसको ठाउँमा कसरी अर्को मान्छे ल्याउने?

कति सपना बगे,
कति भविष्य बगे,
कति परिवार बगे…

27/08/2026

रसुवा बाढीबारे बोल्दै गगन थापाले भने - हामी राज्यको हो,हामीलाई राज्यले परिचालित गर्न पाउँछ र हामी तयार छौं

27/08/2026

🚨रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक, प्रचण्डदेखि गगन थापा, ज्ञानेन्द्र शाहीसम्मको उपस्थिति

27/08/2026

'बाढी विपद्'बारे बोल्दै रवि लामिछानेले भने - जब विपद् पर्छ सबै भन्दा अफ्टेरो सीमान्तकृत वर्ग लाई पर्छ,

26/08/2026

🥲रसुवाको बाढीबाट भागेर ज्यान जोगाएका प्रहरी हवल्दार तारा केसी।

Address

Bagbazar
Kathmandu
44600