Hari Roka

Hari Roka

Share

यो पेज सचिवालयद्धारा सञ्चालित छ ।

एकीकृत ग्रामीण विकास मन्त्रालयको खाँचो 31/03/2026

सुन्न त कति सुन्लान ? कसरी प्राथमिकतामा पार्लान र ? तर पनि बालेन सरकारलाई एकीकृत ग्रामिण विकास मन्त्रालय बनाउन सुझाव सहितको लेख । याँहाहरुलाई गाँउको समग्र विकासवारे चासो भएमा यो लेख आजको नया पत्रिकामा ...........

एकीकृत ग्रामीण विकास मन्त्रालयको खाँचो कमजोर भूमि व्यवस्थापन तथा पूर्वाधारका कारण हाम्रो समग्र कृषि क्षेत्र प्रणालीगत असफलतातर्फ लम्किरहेको

प्रधानमन्त्री र मन्त्रीहरुले ०३५/३६ को विद्यार्थी आन्दोलनको इतिहास किन पढ्ने ? LIVE 29/03/2026

प्रधानमन्त्री र मन्त्रीहरुले ०३५/३६ को विद्यार्थी आन्दोलनको इतिहास किन पढ्ने ? LIVE About showप्रधानमन्त्री र मन्त्रीहरुले ०३५/३६ को विद्यार्थी आन्दोलनको इतिहास किन पढ्ने ? LIVE A...

16/03/2026

परिश्रमले नै धानका बालाहरु झुल्छन् , ती परिश्रमी हातहरूलाई सलाम ! शुभ बिहानी पन्चमीबाट !🙏 पन्चमी बजार हटियामा स्थानीय उत्पादन !!!

Photos from Hari Roka's post 15/03/2026

म चुनाबी समिक्षा र धन्यबाद ज्ञापनको क्रममा दिक्तेल, हलेसी, रावाबेसी, ऐसेलुखर्क र बाक्सिला हुदै आज साकेलाको मानेभन्ज्यांगमा छु | यस निर्वाचनमा मलाई 9443 मत दिएर साथ दिनुहुने सम्पूर्ण मतदाता,सम्पूर्ण खोटाङ्गबासी दाजुभाइ तथा दिदीबहिनी र पार्टीका साथीहरू, अभियानमा खटिनुहुने सबैलाई हार्दिक धन्यवाद।
परिणाम अपेक्षा अनुसार नभए पनि जनताले देखाउनुभएको विश्वासले अझ जिम्मेवार बनाएको छ।
जनताको सेवा र विकासको यात्रामा म सधैँ तपाईँहरूको साथमा रहनेछु।🙏

07/03/2026
06/03/2026

केपिलासगढी गा.पा १- ३, ४ र ७ को एक एक ब्यालेट बक्सबाट सुरु भएको छ ।

06/03/2026

केपिलाशगढीको बासपानी र बाक्सिलाको मतगणना कार्य सुरू भएको छ |

02/03/2026

मकै पाक्नै लागेको बेला बाँदरले सखाप पार्दा किसानको हातमा बाँकी रहने भनेको केवल निराशा हो। यो पीडा मैले आफैं भोगेको छु आफ्नै १५ रोपनीको मकै बाँदरले नष्ट गर्दा, त्यो क्षति केवल बालीको थिएन; त्यो श्रम, लगानी र परिवारको वर्षभरि टेकेको आशाको क्षति थियो।

वर्षौँदेखि खोटाङका किसान यही सास्तीमा छन्। दिनरात पसिना बगाउँदा पनि खेती सुरक्षित छैन। किसानको ठूलो हिस्सा श्रम र लगानी जोखिममा परेको छ र यो अवस्था अब सह्य छैन, स्वीकार्य त झन् छैन।

त्यसैले मेरो प्रतिबद्धता स्पष्ट छ—किसानको सुरक्षा पहिलो प्राथमिकता।
जंगली जनावर नियन्त्रणदेखि बाली बिमा र क्षतिपूर्तिसम्म किसानले “मेरो समस्या कसले सुन्ने?” भन्नुपर्ने दिन अन्त्य गर्नैपर्छ।

आज तीनै तहका सरकारको कमजोरी र बेवास्ताले पहाडका खेतबारी बाँझिँदै छन्। किसान हतोत्साहित छन्, युवाशक्ति पलायन हुँदैछ। खेतीलाई सम्मान नदिएसम्म गाउँमा समृद्धि टिक्दैन।

Photos from Hari Roka's post 02/03/2026

नयाँ जनमत दिन खोटाङ्ग तयार भएर उभिएको छ! चुनाबी दौरानको क्रममा लगभग खोटाङ्गको गाउँ- गाउँमा पुग्दा, चिया पसलका बहस, आम जनताका गुनासा र युवामा देखिएका अपेक्षाहरूले यही भनिरहेको छ की अब परिवर्तन अपरिहार्य छ ! राम्रो उम्मेदवारलाई भोट दिनुहोस्,जसले विकासको पक्षमा बोल्छ,भ्रष्टाचारविरुद्ध दृढ रूपमा उभिन्छ, समाजमा एकता कायम राख्छ, सामाजिक मूल्य, लोकतन्त्र र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्छ ! त्यस्ता उम्मेदवार रोज्नुहोस् जो हाम्रो समुदायलाई विभाजित नगरी समेटेर अघि बढाउन सक्छन्; जो शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र पूर्वाधार विकासबारे स्पष्ट ज्ञान, अनुभव र व्यवहारिक योजना राख्न सक्छन् !
केवल नयाँ भएकै कारण कसैलाई भोट नदिनुहोस् !
नयाँ हुनु मात्रै योग्यता होइन क्षमता, दृष्टिकोण, अनुभव र काम गर्ने प्रतिबद्धता नै असली मापदण्ड हो !
सबैभन्दा महत्वपूर्ण कुरा
घृणा फैलाउने होइन, आशा, सद्भभाव र सहकार्यको राजनीति गर्ने रोज्न सम्पूर्ण खोटाङ्गे जनताहरूमा हार्दिक अपिल सहित होलिको सम्पूर्णमा शुभकामना!🙏🙏🙏

Photos from Hari Roka's post 01/03/2026

चुनाबी अभियानको निरन्तरताकै क्रममा लफ्याँङ्गमा स्थानीय दाजुभाइहरूसँग अमूल्य मत माग्दै!🙏

Category

Website

Address

Diprung Chuichumma, Khutumbu
Khotang