All In One
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from All In One, Media/News Company, Dhapakhel Road, Lalitpur.
10/09/2026
सामाजिक सञ्जालमा आफूविरुद्ध अश्लील तथा आपत्तिजनक गालीगलौज गरिएको भन्दै महिला नविना सिल्वाल साइबर ब्युरो पुगेकी छन्। उनले श्याम तामाङ नाम गरेका व्यक्तिले आफूलाई लक्षित गर्दै अपमानजनक अभिव्यक्ति दिएको आरोप लगाउँदै कानुनी कारबाहीको माग गरेकी छन्। सिलवालका अनुसार आफूलाई ‘फिल्ममा हिरोइन बनाउने’ लगायतका अभद्र शब्द प्रयोग गरी धम्कीपूर्ण शैलीमा बोलिएको छ।
सिल्वालले यस्ता गतिविधिलाई सामान्य रूपमा लिन नहुने भन्दै सम्बन्धित व्यक्तिलाई कानुनी कठघरामा उभ्याउनुपर्ने बताइन्। उनले आफूले सरकार र राजनीतिक विषयमा प्रश्न उठाउनु नागरिकको अधिकार भएको दाबी गर्दै आफूविरुद्धको गालीगलौज त्यसकै प्रतिक्रियाका रूपमा आएको बताइन्। साथै, सामाजिक सञ्जालमा महिलामाथि हुने अपमानजनक अभिव्यक्तिविरुद्ध कानुनी बाटो रोज्ने चेतावनीसमेत दिइन्।
अस्पतालको गेटबाहिरै महिलाले जन्माइन् शिशु! सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको गेटबाहिर एक महिलाले सडक किनारमै शिशु जन्माएको घटना सार्वजनिक भएको छ।
10/09/2026
Interesting 😎- खाना बनाउने ग्यास नपाएर धेरै नै दुख पाएपछि RR Campus अगाडी आगोमै खाना पकाएर सरकारको रचनात्मक तरिकाले बिरोध गरिएको छ। 😮
10/09/2026
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने आफ्ना पार्टीका जोकोहीलाई तत्काल साधारण सदस्यबाट समेत निष्कासन गर्ने चेतावनी दिनुभएको छ।
बुधवार प्रतिनिधिसभालाई सम्बोधन गर्दै लामिछानेले सो कुरा बताउनुभएको हो।विपद्मा सर्वस्व गुमाएका नागरिकले राज्यसँग आक्रोश पोख्नु स्वाभाविक र उनीहरूको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै भन्नुभयो– ‘नागरिकको चित्कार र पीडालाई गलत व्याख्या गर्दै सामाजिक सञ्जालमा ओठे जवाफ फर्काउने वा साइबर बुलिङ गर्ने छुट कसैलाई छैन।’
10/09/2026
बिहानै सिद्ध बाबा महादेवको दर्शन गर्नुहोस्!
ओम नमः शिवाय 🕉️🕉️🕉️🕉️
09/09/2026
09/09/2026
भूकम्पबारे सामाजिक सञ्जालमा नयाँ दाबी भाइरल!
भारत, नेपाल, चीन, भुटानसँगै अफगानिस्तान, पाकिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान र काजकिस्तानसम्मका क्षेत्रमा आगामी केही दिनमा ५ देखि ७ म्याग्निच्युडसम्मको भूकम्प आउन सक्ने दाबी सामाजिक सञ्जालमा फैलिएको छ।
सेप्टेम्बर ९ देखि २१ सम्मको अवधिलाई लक्षित गरिएको उक्त दाबीमा बंगलादेश र म्यानमारसम्म मध्यमदेखि शक्तिशाली भूकम्प महसुस हुन सक्ने उल्लेख छ।
तर, भूकम्पको समय, स्थान र परिमाण यसरी निश्चित रूपमा पूर्वानुमान गर्न वैज्ञानिक रूपमा सम्भव छैन। त्यसैले यस्तो सूचनालाई आधिकारिक पुष्टि बिना विश्वास नगर्न र राष्ट्रिय भूकम्प मापन तथा सम्बन्धित सरकारी निकायका सूचनामात्र पछ्याउन विज्ञहरूले सुझाव दिन्छन्।
#भूकम्प #भूकम्पसावधानी #सावधान
09/09/2026
सहिदका अनुहार नमिलेपछि रोकियो गृहमन्त्री सहभागी जेनजी पार्क उद्घाटन। ४५ जना सहिदको सालिक राखिएको पार्क उद्घाटनका लागि गृहमन्त्री सुदन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पुगेका थिए।
09/09/2026
माइतीघर मण्डलामा आत्मदाह प्रयास गरेकी युवतीको उद्धार गरिएको छ। मंगलबार साँझ गोरखा घर भएकी ३० वर्षिया लक्ष्मीदेवी बस्नेतले आत्मदाह प्रयास गरेकी थिइन्।🙏❤️
Category
Website
Address
Lalitpur