Samayachakra Network

Samayachakra Network

Share

News and Political Discussion (समयचक्र नेटवर्क)

13/08/2026

देउवालाई एयरपोर्टबाटै पक्राउ गर्न जेनजी युवाको माग

काठमाडौं । जेनजी आन्दोलन नेपालले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई विमानस्थलबाटै नियन्त्रणमा लिएर निष्पक्ष अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेको छ ।

देउवाको निवासबाट स्वदेशी तथा विदेशी ठूलो परिमाणमा रकम भेटिएको भनी सार्वजनिक भएका विवरणबारे तत्काल छानबिन हुनुपर्ने उनिहरुको माग छ । जेनजी आन्दोलन नेपालका विजय शाहले जारी गरेको प्रेस वक्तव्यमा देउवामाथि सार्वजनिक रूपमा उठेका प्रश्नहरूको निष्पक्ष र पारदर्शी अनुसन्धान गर्न माग गरिएको छ । वक्तव्यमा वाइडबडी, एनसेल, नक्कली भुटानी शरणार्थी र मेलम्चीलगायत विभिन्न प्रकरणको समेत उल्लेख गर्दै दोषी देखिए कानुनबमोजिम कारबाही हुनुपर्ने बताइएको छ ।

‘कानुन सबैका लागि बराबर हो भने देउवालाई विमानस्थलबाटै कानुनबमोजिम नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइनुपर्छ,’ वक्तव्यमा भनिएको छ । जेनजी आन्दोलन नेपालले सरकारले राजनीतिक संरक्षणका नाममा अनुसन्धान प्रभावित गर्न खोजे त्यसको प्रतिरोध गर्ने चेतावनीसमेत दिएको छ । आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको र हजारौँ युवा घाइते भएको उल्लेख गर्दै वक्तव्यमा पुरानो दण्डहीनता दोहोरिए जनविश्वास थप कमजोर हुने चेतावनी दिइएको छ ।

देउवा नेपाल फर्किने क्रममा रहेको भन्दै जेनजी पक्षले आज बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन आफ्ना समर्थकलाई आह्वान गरेको छ । विमानस्थलमा शान्तिपूर्ण रूपमा उपस्थित भएर सरकारमाथि निष्पक्ष अनुसन्धानका लागि दबाब दिने उनीहरूको भनाइ छ ।

यसैबीच, सरकारले विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाउने तयारी गरेको बताइएको छ। जेनजी पक्षले भने आफ्नो कार्यक्रम शान्तिपूर्ण हुने दाबी गर्दै राज्यका तर्फबाट कुनै दमन भए त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएको छ ।

13/08/2026

नयाँ अनुहारबाट र युवाहरूबाट आशा गर्नु नपर्ने रहेछ भन्ने भाष्य बन्दैछ...
Tikho Kalam

13/08/2026

Ai तथा प्रविधिको दुरुपयोग गरी सृजना हुने कन्टेन्टका सम्बन्धमा प्रहरी प्रधान कार्यालयको सचेतना:

13/08/2026

जुत्ता मोजामा पाइने भिटामि...
प्रहरीको जुत्ता/मोजा घोटाला प्रकरण.. खगेन्द्रको घोचपेच

13/08/2026

रवि लामिछाने परिपक्को राजनीतिज्ञ बनेकै हुन् त?
(पुराना शक्तिप्रति रवि लामिछानेको विश्वास)

13/08/2026

बालबालिकाहरू बाल गृहसम्म कसरी पुगिरहेका छन्.....

12/08/2026

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ: उपसभामुख रुबी कुमारी ठाकुरको उजुरीपछि साइबर ब्युरोको एक्सन

काठमाडौँ । जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ ललितपुरको कुसुन्तीबाट पक्राउ परेका छन्।
उपसभामुख रुबी कुमारी ठाकुरले दिएको उजुरीका आधारमा प्रहरीको साइबर ब्युरोले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरी स्रोतका अनुसार श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा उजुरी परेको थियो।

सोही उजुरीका आधारमा कारबाही प्रक्रिया अघि बढाउँदै प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

12/08/2026

मन्त्री आफैं ग्यास घरघरमा पुर्याउँदै.....खुस्बु ओली!

12/08/2026

दैनिक ग्यास बिक्री, तैपनि लाइन र हाहाकार उत्तिकै!
नाफा एकातिर, ग्राहकको हप्कीदप्की र गाली अर्कैतिर— तनावमा ग्यास डिपो सञ्चालक!

भिडियो स्रोत: वासुदेव घिमिरे

12/08/2026

माननीयहरू सरसफाई कार्यक्रममा....
(भ्रष्टाचारीहरूलाई पनि यसैगरी बढार्न सर्वसाधारणको माग)

Want your business to be the top-listed Media Company in Lalitpur?
Click here to claim your Sponsored Listing.

Website

Address

Lalitpur
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00