Match Score

Match Score

Share

हामी भन्छौ समय छुट्यो, तर छुटेको त हामी आफैं हो ||

16/09/2026

🇳🇵💔 National Player Yasodha Bohora भन्छिन्—

😭 “म देशका लागि परिवारसँग लड्थेँ…

परिवारले ‘खेल्न नजाऊ’ भन्दा पनि म उहाँहरूलाई धम्की दिँदै भन्थेँ—
‘म तपाईंहरूका लागि खेल्न जान लागेको हो र? देशका लागि खेल्न लागेको हुँ। देशले मलाई हेरिहाल्छ नि।’

बुबाआमासँग समेत त्यसरी कुरा गर्थेँ।

तर आज आएर हेर्दा…
मेरो साथमा देश छैन।
मेरो साथमा त मेरो परिवार मात्र छ। 💔

सबैभन्दा ठूलो पछुतो यही लाग्छ—
मैले देशका लागि परिवारसँग झगडा गरेँ,
परिवारको मन दुखाएँ।

तर आज मेरो लागि देश छैन। 😭

खेलाडी देशका लागि सधैँ हुन्छ,
तर देश भने हाम्रो लागि कहिल्यै नहुँदो रहेछ… 🇳🇵💔

15/09/2026

🇳🇵🏏 नेपाली क्रिकेट टोलीलाई विराटनगर किङ्सको नगद सम्मान! 🏆🔥

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ का लागि छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीको ऐतिहासिक उपलब्धिको सम्मान गर्दै विराटनगर किङ्सले नगद पुरस्कार घोषणा गरेको छ। 👏🇳🇵

💰 राष्ट्रिय टोलीका प्रत्येक खेलाडी तथा सहयोगी स्टाफलाई जनही रु. ५० हजार
⭐ कप्तान तथा विराटनगर किङ्सका मार्की खेलाडी सन्दीप लामिछानेलाई रु. १ लाख विशेष सम्मान!

नेपाली क्रिकेटको गौरव बढाउने सम्पूर्ण टोलीलाई हार्दिक बधाई! ❤️🏏🇳🇵

जय नेपाल! 🇳🇵🔥

15/09/2026

🇳🇵🥋 एसियाड यात्रामा नेपाली उसु टोलीलाई बिदाइ! 🔥

एसियाडको ठूलो मञ्चमा नेपालको झण्डा उँचो राख्ने लक्ष्यसहित नेपाली उसु टोली प्रतियोगिताका लागि प्रस्थान गर्दैछ। 🇳🇵💪

कडा मेहनत, अनुशासन र वर्षौंको प्रशिक्षणपछि अब पालो आएको छ—देशका लागि उत्कृष्ट प्रदर्शन गर्ने! 🏆

सम्पूर्ण नेपाली खेलाडी तथा प्रशिक्षक टोलीलाई सफल यात्रासहित उत्कृष्ट प्रदर्शनको शुभकामना। ❤️🇳🇵

जितका लागि होइन, नेपालको गौरवका लागि पनि लड्ने हो! 🔥🥋

🇳🇵

Photos from Match Score's post 15/09/2026

🏆 पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र महिला नकआउट फुटबल प्रतियोगिता २०८३
⚔️ Hatti Damar Yuwa Club 🆚 Birgunj United Academy

खेलका तस्वीरहरु 💙⚽🇳🇵

14/09/2026

अब के होला त ? 😅

निलम्बनको लामो अवधि बितिसक्दा पनि नेपाली फुटबलको अन्योल अन्त्य नभएपछि भोलि मंगलबार एन्फा सचिवालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा एक घण्टा धर्ना बस्ने भएको छ।

‘पालो सबैको आउँछ’ भन्थे, हो रहेछ त! 😅

पहिला खेलाडीहरू एन्फाविरुद्ध धर्नामा बसेका थिए, अब एन्फा नै राखेपविरुद्ध धर्नामा बस्ने भएको छ। 😯⚽

अब नेपाली फुटबलको यो धर्ना काण्डले कुन मोड लिन्छ, हेर्न बाँकी छ।
धर्ना सफल होस्, नेपाली फुटबलको अन्योल छिट्टै अन्त्य होस्! 🇳🇵⚽🙏

Photos from Match Score's post 14/09/2026

🥋🇳🇵 एसियाडमा सहभागी हुने जुडो टोलीलाई खेल पोशाक वितरण!
एसियाडमा नेपालको प्रतिनिधित्व गर्ने जुडो टोलीलगायत खेलाडीहरूलाई खेल पोशाक वितरण गरिएको छ। 💪🇳🇵
देशको प्रतिष्ठाका लागि मैदानमा उत्रिँदै गरेका सम्पूर्ण खेलाडीलाई हार्दिक शुभकामना! ❤️🙏
नेपालको झण्डा अझ उचाइमा फहरियोस्। 🇳🇵✨

Photos from Match Score's post 14/09/2026

बारा राइडर एफ.सी. 🆚 बदनियार एफ.सी. बीचको आजको रोमाञ्चक खेलका केही तस्बिरहरू 📸🔥

खेलका उत्कृष्ट क्षणहरू तस्बिरमा कैद भएका छन्। ❤️⚽

13/09/2026

🇳🇵🔥 जब कमेडी नेपाली फुटबलको आवाज बन्यो! ⚽🎤

ओखलढुंगाका प्रतिभाशाली कमेडियन बिपिन भट्टराई ले Comedy Champion Season 3 को Physical Audition मा नेपाली फुटबलको यथार्थलाई हास्यव्यंग्यमार्फत शक्तिशाली ढंगले प्रस्तुत गरेका छन्। 👏🔥

उनले केवल दर्शकलाई हँसाएनन्, नेपाली फुटबलले भोगिरहेका समस्या, ANFA र सम्बन्धित निकायहरूको अवस्थामाथि पनि व्यंग्यात्मक रूपमा प्रकाश पारे। ⚽💔

यही उत्कृष्ट प्रस्तुतिसँगै बिपिन भट्टराई TOP 24 मा स्थान बनाउन सफल भएका छन्। 🚀👏

हार्दिक बधाई, बिपिन! ❤️
नेपाली फुटबलको आवाज बनेर सत्य कुरा उठाएकोमा धन्यवाद। यस्तै सिर्जनात्मक र प्रभावशाली प्रस्तुतिमार्फत नेपाललाई गर्व गराइरहनुहोस्। 🇳🇵⚽❤️

🎥 भिडियो स्रोत: Comedy Champion / OSR Digital

Photos from Match Score's post 12/09/2026

🏆 अन्नपूर्ण स्पाइकर किङ्स बने नेपाल भलिबल लिगको पहिलो च्याम्पियन! 🇳🇵🏐

एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (NVL) २०२६ को उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। शनिबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सम्पन्न फाइनलमा अन्नपूर्णले कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा पराजित गर्दै इतिहास रच्यो।

📊 फाइनल स्कोर

अन्नपूर्ण स्पाइकर किङ्स ३–० कर्णाली शिवराज

२५–१५, २५–२०, २५–१८

🏅 अन्नपूर्णका उरनबयार मुंखबयार फाइनलको म्यान अफ द म्याच घोषित भए भने मोस्ट भ्यालुएबल प्लेयर (MVP) बन्दै १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे।

💰 पुरस्कार राशि 🥇 अन्नपूर्ण स्पाइकर किङ्स – रु. २० लाख
🥈 कर्णाली शिवराज – रु. ५ लाख

अन्नपूर्णले लिग चरणमा कर्णालीसँग बेहोरेको हारको बदला फाइनलमा लिँदै पहिलो संस्करणको उपाधि आफ्नो नाम गर्‍यो। १२ अंकसहित शीर्ष स्थानमा रहेर सिधै फाइनल पुगेको अन्नपूर्णले काठमाडौं रेड्स, मधेश वारियर्स, खप्तड फाल्कन्स र सगरमाथा स्म्यासर्सलाई पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो।

🏐 नेपालकै इतिहासमा सर्वाधिक ३२ लाख रुपैयाँ पुरस्कार राशी रहेको यो फ्रेन्चाइज भलिबल लिग नेपाली भलिबलको नयाँ युगको सुरुवातका रूपमा हेरिएको छ।

उचाइको नयाँ उडान! 🚀

🏐🏆🇳🇵

12/09/2026

MATCH SCORE SPORTS CHANNEL

समाचार मात्र होइन, हरेक नयाँ प्रतिभाको खोज, प्रवर्द्धन र सूचना सम्प्रेषण हाम्रो मुख्य उद्देश्य हो। 🏆⚽🏐🏏
हामी तपाईको क्षेत्रमा रहेका हरेक खेल गतिविधि हाम्रो मिडिया मार्फत सम्प्रेषण गरि नेपाली खेलकुदको प्रवर्द्धन गर्नको निम्ति सम्पुर्ण हाम्रा पाठक , दर्शक , शुभचिन्तक ज्यू हरु सङ्ग सहकार्य गर्न चाहन्छौ । यदि तपाईंको क्षेत्रका कुनै पनि खेल गतिविधि, प्रतियोगिता, खेलाडीको उपलब्धि वा खेलसम्बन्धी जानकारी हामीसम्म पुर्‍याउन चाहनुहुन्छ भने हाम्रो WhatsApp नम्बरमा सम्पर्क गर्नुहोस्।
📲 WhatsApp: 9863216876
खेलकुदको विकास र प्रतिभाको पहिचानका लागि हामीसँग जोडिनुहोस्। 🇳🇵

Category

Website

Address

Satdobato
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when Match Score posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Lalitpur.