FACT NEPAL

FACT NEPAL

Share

ताजा, तथ्यपूर्ण र विश्वसनीय समाचार अब तपाईंको मोबाइलमा �
Daily Updates | Breaking News | Real Stories

31/08/2026

आज सोमबार सुत्नु अघि नुवाकोटको दुप्चेश्वर माहादेवको दर्शन गरौ 🙏
संसारले साथ छोडोस् तर महादेवको कृपा र आशीर्वाद सधैं रहिरहोस् ।सबै को भलो होस्🙏 हर हर महादेव🙏

31/08/2026

बाढीपहिरो पीडितका लागि एमालेको २० लाख सहयोग
विपद्को यस कठिन घडीमा रसुवा–नुवाकोट लगायतका बाढीपहिरो प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै नेकपा एमाले बागमती प्रदेश कमिटी र राजधानी प्रदेश कमिटीले १०/१० लाख रुपैयाँ गरी कुल २० लाख रुपैयाँ सहयोग गरेका छन्।
साथै, राहत तथा पुनःस्थापनाका लागि कुल १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता समेत जनाइएको छ।
विपद्मा परेका नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सबैको साथ आवश्यक छ। 🙏🇳🇵
#नेकपा_एमाले #बाढीपहिरो #रसुवा #नुवाकोट #राहत #पुनःस्थापना #विपद् #नेपाल

31/08/2026

GOOD NWES 📰 बाढीपीडितका लागि करिब ८ हजार किलो ताजा तरकारी तथा खाद्य सामग्री पठाइयो
विनाशकारी भोटेकोशी तथा त्रिशूली बाढीबाट प्रभावित नागरिकका लागि राहतस्वरूप करिब ८ हजार किलो ताजा तरकारी तथा खाद्य सामग्री पठाइएको छ।
कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीको पहलमा, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति र कालीमाटी–बालाजु क्षेत्रका व्यवसायीहरूको समन्वयमा राहत सामग्री संकलन गरिएको हो।
व्यवसायीहरूले आफ्नै सवारीसाधनमार्फत तरकारी, आलु, प्याजलगायतका खाद्य सामग्री त्रिशूलीस्थित नेपाली सेनाको गणसम्म पुर्‍याएका छन्। विपद्को कठिन समयमा प्रभावित परिवारलाई आवश्यक खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले राहत सहयोगलाई निरन्तरता दिइएको जनाइएको छ।
समयमै सहयोग, पीडितका लागि ठूलो राहत। 🙏🇳🇵

31/08/2026

SAD NEWS:सबैलाई स्तब्ध बनाउँदै बिदा भइन सुनिशा नानू। लाखौँ नेपालीको प्रार्थना र अथक प्रयासका बाबजुद पनि आज उपचारकै क्रममा उनले अन्तिम सास फेरेकी छिन्।
​हार्दिक श्रद्धाञ्जली सुनिशा नानू! 🕯️🙏
​

30/08/2026

🔮 आजको राशिफल — १५ भदौ २०८३
♈ मेष: नयाँ कामको सुरुवात गर्न अनुकूल दिन। आत्मविश्वास बढ्नेछ।
♉ वृष: आर्थिक लाभको योग छ। खर्च गर्दा भने सावधानी अपनाउनुहोस्।
♊ मिथुन: साथीभाइबाट राम्रो सहयोग मिल्नेछ। नयाँ अवसर आउन सक्छ।
♋ कर्कट: परिवारसँग रमाइलो समय बित्नेछ। मनमा शान्ति मिल्नेछ। ❤️
♌ सिंह: काममा सफलता मिल्ने सम्भावना छ। आफ्नो निर्णयमा विश्वास गर्नुहोस्।
♍ कन्या: मेहनतको फल प्राप्त हुनेछ। रोकिएका काम अघि बढ्नेछन्।
♎ तुला: प्रेम सम्बन्धमा मिठास बढ्नेछ। महत्वपूर्ण निर्णय सोचेर लिनुहोस्।
♏ वृश्चिक: आर्थिक तथा व्यावसायिक क्षेत्रमा सुधार आउनेछ।
♐ धनु: यात्रा तथा नयाँ योजनाका लागि दिन राम्रो छ।
♑ मकर: जिम्मेवारी बढ्न सक्छ, तर मेहनतले सफलता दिलाउनेछ।
♒ कुम्भ: नयाँ व्यक्तिसँगको भेटले भविष्यमा फाइदा पुर्‍याउन सक्छ।
♓ मीन: आज तपाईंको आत्मविश्वास र सकारात्मक सोचले काम बन्नेछ। ✨
💫 आजको शुभ रंग: निलो
🔢 शुभ अंक: ५
👉 तपाईंको राशि कुन हो? कमेन्टमा लेख्नुहोस्। ❤️
#आजकोराशिफल #१५भदौ #दैनिकराशिफल #नेपालीराशिफल #राशिफल #ज्योतिष #शुभराशिफल #आजकोदिन #मेष #वृष #मिथुन #कर्कट #सिंह #कन्या #तुला #वृश्चिक #धनु #मकर #कुम्भ #मीन

30/08/2026

भोटेकोशीको बाढीले बगाएर ल्याएको शिवलिङ्ग नारायणी नदीमा देखियो। 🙏🌊 हर हर महादेव! 🕉️

30/08/2026

नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापाले विपद्को यो कठिन समयमा प्रभावित क्षेत्रमा त्वरित उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार हिचकिचाउन नहुने बताउनुभएको छ।
​थापाका अनुसार, नागरिकको ज्यान बचाउनु र पीडितलाई समयमै राहत पुर्‍याउनु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ। "प्राविधिक र भौतिक स्रोत-साधनको अभावमा उद्धार कार्य प्रभावित हुन नदिन आवश्यक परे विदेशी सहयोग लिन तुरुन्त पहल गर्नुपर्छ," उनले जोड दिए।

30/08/2026

Rasuwa Flood Letest Update,

30/08/2026

🌞 आजको राशिफल — २०८३ भदौ १४ गते, आइतबार
♈ मेष: आज नयाँ कामको सुरुवात गर्न राम्रो दिन। आर्थिक पक्षमा सुधार आउनेछ। परिवारबाट सहयोग मिल्नेछ। ❤️
♉ वृष: मेहनतअनुसार राम्रो परिणाम प्राप्त हुनेछ। रोकिएको काम अघि बढ्नेछ। खर्चमा भने नियन्त्रण गर्नुहोस्। 💰
♊ मिथुन: नयाँ अवसर प्राप्त हुन सक्छ। साथीभाइसँगको सम्बन्ध अझ राम्रो बन्नेछ। महत्वपूर्ण निर्णय गर्दा सोचेर कदम चाल्नुहोस्। ✨
♋ कर्कट: मनमा रहेका चिन्ता कम हुँदै जानेछन्। पारिवारिक वातावरण सुखद रहनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। 🫶
♌ सिंह: आज आत्मविश्वास बढ्नेछ। काममा प्रशंसा र सफलता मिल्न सक्छ। आर्थिक लाभको सम्भावना छ। 🌟
♍ कन्या: अधुरा काम पूरा गर्ने अवसर मिल्नेछ। स्वास्थ्य र आराममा ध्यान दिनु राम्रो हुनेछ। अनावश्यक बहसबाट टाढा रहनुहोस्।
♎ तुला: नयाँ सम्बन्ध र अवसरले खुसी दिनेछ। व्यापार तथा रोजगारीमा सकारात्मक परिवर्तन आउन सक्छ। ❤️
♏ वृश्चिक: आज मेहनतको फल प्राप्त हुने दिन। आर्थिक कारोबारमा लाभ मिल्न सक्छ। परिवारसँग रमाइलो समय बित्नेछ। 💫
♐ धनु: यात्रा वा नयाँ कामको योजना बन्न सक्छ। करियरमा राम्रो अवसर आउन सक्छ। आत्मविश्वास कायम राख्नुहोस्। ✈️
♑ मकर: कामको जिम्मेवारी बढे पनि सफलता हात लाग्नेछ। आर्थिक पक्ष सामान्यभन्दा राम्रो रहनेछ। परिवारको साथ पाइनेछ।
♒ कुम्भ: आज नयाँ सोच र योजनाले सफलता दिलाउन सक्छ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेम जीवनमा मिठास बढ्नेछ। 💕
♓ मीन: मनमा शान्ति र सकारात्मक ऊर्जा बढ्नेछ। रोकिएका काम बन्नेछन्। आर्थिक लाभसँगै परिवारमा खुसीको वातावरण रहनेछ। 🌸
🙏 तपाईंको आजको दिन शुभ, सुखद र सफल रहोस्।
#आजकोराशिफल #राशिफल #शुभदिन

29/08/2026

Sad News :धादिङको गल्छी प्रहरी चौकीमा ल्याइएको हातमा ‘गोपाल’ लेखिएको ट्याटु भएकी महिलाको शव सुन्दरी महर्जनको भएको परिवारले पुष्टि गरेको छ। 🙏

पहिचानका लागि सार्वजनिक गरिएको विवरणमा उहाँको दाहिने हातमा ‘गोपाल’ लेखिएको ट्याटु, हातमा पहेँलो बाला र कालो रङको ३८ नम्बरको ट्रेकिङ गोल्ड स्टार जुत्ता रहेको उल्लेख थियो।

परिवारका अनुसार सुन्दरी महर्जन मुक्तिनाथ विकास बैंकमा कार्यरत हुनुहुन्थ्यो। उहाँ २०८३/०५/१० गते बुधबार गोसाइँकुण्ड यात्राका लागि श्रीमान् गोपाल महर्जन, छोरी अर्सना महर्जन लगायतका व्यक्तिसँग निस्किनुभएको थियो।

बाढी–पहिरोको यो विनाशकारी विपत्तिले एक परिवारमाथि ठूलो बज्रपात परेको छ।

स्वर्गीय सुन्दरी महर्जनप्रति हार्दिक श्रद्धाञ्जली। 🕊️🙏
शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।

Website

Address

Lumbini
33000