Routine Of Mallarani Banda

Routine Of Mallarani Banda

Share

We will give all the updates and true facts

Photos from Routine Of Mallarani Banda's post 18/08/2026

चदुली–हर्थुङ्गा–लिसेपानी हुँदै माटेचौर जोड्ने मोटरबाटो निर्माणका क्रममा चरम लापरबाही हुँदा स्थानीय बासिन्दा आधारभूत खानेपानी सुविधाबाटै वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको हो।

स्थानीयका अनुसार सडक खन्ने क्रममा त्यस क्षेत्रका दुईवटा महत्वपूर्ण खानेपानीका मुहानहरूमा प्रत्यक्ष क्षति पुगेको छ। मुहान पुरिनुका साथै जथाभावी खनिएको माटो र लेदोका कारण आसपासको वनजंगलमा व्यापक क्षति पुगेको छ भने तल्लो क्षेत्रका घरबस्तीहरूसमेत पहिरोको उच्च जोखिममा परेका छन्।

"विकास निर्माण हुनु राम्रो कुरा हो, तर जनताको पिउने पानी नै खोसेर र बस्ती नै जोखिममा पारेर गरिने विकासले हामीलाई थप समस्यामा पारेको छ," एक स्थानीयले आक्रोश पोख्दै भने, "दैनिक उपभोग गर्ने पानीको मुहान नै मासिएपछि हाम्रो दैनिकी अस्तव्यस्त बनेको छ।"

स्थानीय बासिन्दाहरूले वातावरणीय प्रभाव र वातावरणीय सन्तुलनको ख्यालै नगरी डोजर चलाइएको आरोप लगाएका छन्। समयमै यसको समाधान नगरिए दीर्घकालीन रूपमा सिङ्गो बस्ती नै विस्थापित हुनसक्ने खतरा बढेको उनीहरूको भनाइ छ।

यसैबीच, प्रभावित स्थानीयहरूले सम्बन्धित स्थानीय तह, वडा कार्यालय, सडक निर्माण उपभोक्ता समिति तथा प्राविधिक निकायको ध्यानाकर्षण गराउँदै तत्काल समस्या समाधान गर्न माग गरेका छन्। उनीहरूले क्षतिग्रस्त खानेपानीका मुहानको तत्काल संरक्षण गरी पानीको वैकल्पिक व्यवस्था गर्न र सडक निर्माणलाई प्राविधिक तथा वातावरणीय सीमाभित्र रहेर मात्र अघि बढाउन माग राखेका छन्।

सम्बन्धित निकायले भने यस विषयमा अविलम्ब कदम चाल्नुपर्ने र जनताको आधारभूत अधिकारको रक्षा गर्दै सुरक्षित विकास निर्माणको बाटो पहिल्याउनुपर्ने देखिन्छ।
मल्लरानी गाउँपालिका प्यूठान

Photos from Routine Of Mallarani Banda's post 13/08/2026

रोल्पामा भीषण पहिरो

रोल्पा । थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता भएका छन्। घटनामा २ जना घाइते भएका छन्। सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा खोज तथा उद्धार कार्य जारी रहेको छ।

11/08/2026

तपाईंले नेपाली क्रिकेटलाई दिनुभएको योगदान, नेतृत्व र अविस्मरणीय क्षणहरूका लागि हृदयदेखि नै धन्यवाद। 🇳🇵❤️

तपाईंले कप्तानको रूपमा नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउनुभयो र लाखौँ नेपालीको मन जित्नुभयो।
तपाईंको समर्पण, संघर्ष र मेहनत सधैँ सम्झनामा रहनेछ।
नेपाली क्रिकेटका लागि गर्नुभएको सबै कुराका लागि धेरै–धेरै धन्यवाद, captain🙏❤️🇳🇵

तपाईंको आगामी यात्राका लागि हार्दिक शुभकामना।🌻💐

16/06/2026

📰 दुःखद समाचार | नौबहिनीमा वर्षे भेलको कहर!

नौबहिनी गाउँपालिका–५, डामृमा ठूलो वर्षापछि आएको खहरेले दुई निर्दोष बालकलाई बगाएको दुःखद खबर प्राप्त भएको छ।

स्कुलबाट घर फर्कँदै गरेका काँटे निवासी याम बहादुर खत्रीका दुई छोरा, मिलन खत्री र बिमल खत्री वर्षे भेलमा परेका हुन्। यो खबरले सम्पूर्ण गाउँ तथा जिल्लालाई स्तब्ध बनाएको छ।

दिवंगत नानीहरू प्रति हार्दिक श्रद्धाञ्जली। 🕊️
शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।
ईश्वरले यो असह्य पीडा सहने शक्ति प्रदान गरून्।

06/05/2026

सार्वजनिक सुचना!!

22/04/2026

Sudan Gurung: "मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।"

14/04/2026

नयाँ वर्ष२०८३ को धेरै धेरै शुभकामना! 🙏

नयाँ वर्षले यहाँहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि, स्वास्थ्य र सफलता ल्याओस्।
आशा, उत्साह र सकारात्मक ऊर्जासहित यो वर्ष अझै उपलब्धिमूलक र खुशीयालीपूर्ण बनोस्।

Routine of Mallarani Banda को तर्फबाट देश तथा विदेशमा रहनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना! 🎉🌸

13/04/2026

हार्दिक निमन्त्रणा 🙏

मल्लरानी डाँडाको रमणीय वातावरणमा आयोजना हुन गइरहेको
“चौथो मल्लरानी खाना महोत्सव २०८३” मा सम्पूर्ण महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं।

स्वादिष्ट परिकारहरू, सांस्कृतिक झाँकी, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको धमाकेदार प्रस्तुति र मनोरञ्जनले भरिपूर्ण यस महोत्सवमा उपस्थित भई कार्यक्रमलाई सफल बनाइदिनुहुन अनुरोध छ।

मिति: २०८२ चैत्र ३० देखि २०८३ वैशाख १ गतेसम्म
स्थान: मल्लरानी डाँडा

आउनुहोस्, घुमौं – रमाऔं – स्वाद लिऔं 🍲

07/04/2026

प्युठान,मल्लरानी २का स्थानीय ८२ वर्षीय चेत बहादुर राहु मगरले बासुरी बजाउँदै गीत गाएर सबैलाई छक्क पार्नुभएको छ। उमेरले पाका भए पनि उहाँको कला, ऊर्जा र आत्मविश्वास साँच्चै प्रेरणादायी देखिन्छ।

पूर्व सैनिकको जीवनशैली कति अनुशासित र कठोर हुन्छ भन्ने उहाँले प्रमाणित गर्नुभएको छ। कठिन परिस्थितिमा खारिएको अनुभव, आत्मबल र निरन्तर अभ्यासले गर्दा नै आज पनि उहाँ यति सक्रिय र प्रतिभाशाली हुनुहुन्छ।

उहाँजस्ता व्यक्तित्वले हामीलाई सिकाउँछन्—उमेर केवल संख्या मात्र हो, इच्छाशक्ति र मेहनत भए जीवनको कुनै पनि चरणमा आफ्नो प्रतिभा देखाउन सकिन्छ।

Category

Website

Address

Pyuthan

Alerts

Be the first to know and let us send you an email when Routine Of Mallarani Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Pyuthan.