Health Office, Pyuthan

Health Office, Pyuthan

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Health Office, Pyuthan, Medical and health, Pyuthan, Pyuthan.

05/09/2026

**झापा र कैलालीमा जापानीज ईन्सेफलाईटिस (JE) रोग विरुद्धको खोप अभियान**

JE संक्रमणका कारण बिरामी र मृत्यु बढेपछि सरकारले पहिलो चरणमा खोप अभियान सञ्चालन गर्दैछ।

JE संक्रमित ३ जनामध्ये;

* १ जनाको मृत्यु हुन सक्छ।
* १ जनामा दीर्घकालीन अपाङ्गता हुन सक्छ।
३० वर्ष वा सोभन्दा माथिका व्यक्तिका लागि
* ३० वर्ष वा माथिको उमेर समूहमा पर्नुहुन्छ भने JE खोप लगाउनुहोस्।

पहिलो चरण: झापा जिल्ला र कैलालीका ३ पालिका:
* झापा जिल्ला: झापा जिल्लाका सबै पालिका
* कैलालीका ३ पालिका:
* धनगढी उपमहानगरपालिका
* लम्किचुहा नगरपालिका
* घोडाघोडी नगरपालिका

➔ पछि अन्य JE प्रभावित जिल्लामा पनि अभियान सञ्चालन गरिनेछ।
खोप अभियानको मिति, समय र स्थानबारे जानकारीका लागि नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्नुहोस्।
JE बाट बचौं—खोप लगाऔं, सुरक्षित रहौं।

थप जानकारीको लागि:

हेलो स्वास्थ्यको टोल फ्रि नं १११५ मा सम्पर्क गरौ।

(राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र)

05/09/2026

💙 प्युठान जिल्लामा भाद्र २४ देखि २६ गते सम्ममा HPV खोप दिईंदैछ !

नियमित खोप कार्यक्रमअन्तर्गत पाठेघरको मुखको क्यान्सरविरुद्धको HPV खोप पहिलो चरणमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा असोज महिनाको अन्त्यसम्म सञ्चालन हुँदैछ।

यस कार्यक्रममा:
👧 कक्षा ६ मा अध्ययनरत छात्रा
👧 विभिन्न कारणले विद्यालय बाहिर रहेका १० वर्षका किशोरी
लाई HPV खोप दिइँदैछ।

📅 खोप लगाउने मिति र समय विद्यालयअनुसार फरक हुन सक्छ।
त्यसैले विद्यालयमा अध्ययनरत छात्राले आफ्नो विद्यालयबाट प्राप्त हुने सूचना तथा जानकारीमा ध्यान दिऔं। बाँकी प्रदेशहरूमा दोस्रो चरणमा दिईनेछ ।

🏫 विद्यालय बाहिर रहेका १० वर्षका किशोरीले आफ्नो नजिकको विद्यालय वा स्वास्थ्यकर्मीसँग सम्पर्क गरी खोप लगाउने मिति र समयबारे जानकारी लिऔं।

💉 खोप लगाउने अवसर नछुटाऔं।

💙 HPV खोपले पाठेघरको मुखको क्यान्सरबाट बचाउन मद्दत गर्छ।

खोप लगाऔँ, पाठेघरको मुखको क्यान्सरबाट सुरक्षित बनौँ।

05/09/2026

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सुरक्षा सबैको प्राथमिकता!
बाढीका कारण दूषित पानी, फोहोर र लामखुट्टेको वृद्धि हुँदा झाडापखाला, हैजा, टाइफाइड, हेपाटाइटिस ए, डेंगु तथा मलेरिया जस्ता रोगको जोखिम बढ्न सक्छ।
आफू र आफ्ना परिवारलाई सुरक्षित राख्न:
• पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र पिऔं ।
• ताजा तथा छोपेर राखेको खाना मात्र खाना खाऔं ।
• खाना खानुअघि र शौचालय प्रयोग गरेपछि साबुनपानीले हात धोऔं ।
• घर वरिपरि पानी जम्न नदिऔं र लामखुट्टेको टोकाइबाट बचौं ।
• ज्वरो, पखाला, वान्ता वा अन्य स्वास्थ्य समस्या देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
स्वस्थ रहौँ, सतर्क रहौँ। बाढीको समयमा सरसफाइ र स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिऔँ।
#स्वास्थ्यसुरक्षा #बाढीप्रभावितक्षेत्र

05/09/2026

भोटेकोशीको बाढी पश्चात दीर्घरोगको नियमित औषधि सेवन गरिरहनुभएका सेवाग्राहीहरूलाई आवश्यक औषधिको निरन्तर सुनिश्चितता गर्ने व्यवस्थाका लागि सोही अनुसार सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय

05/09/2026

जापानिज इन्सेफ्लाइटिस (जेई) बाट सुरक्षित रहौँ
जापानिज इन्सेफ्लाइटिस (जेई) लामखुट्टेको टोकाइबाट सर्न सक्ने गम्भीर रोग हो। समयमै उपचार नपाएमा ज्यान जान सक्ने वा दीर्घकालीन अपाङ्गता हुन सक्ने भएकाले लक्षण देखिएमा ढिला नगरी स्वास्थ्य संस्थामा पुगौँ।
यी लक्षण देखिएमा विशेष सचेत हुनुहोस्:
उच्च ज्वरो
अत्यधिक टाउको दुख्ने
वाकवाकी वा बान्ता
बेहोस वा मुर्छा पर्ने
झट्का लाग्ने
असामान्य व्यवहार वा चेतनामा परिवर्तन
लक्षण देखिनेबित्तिकै नजिकैको स्वास्थ्य संस्था वा अस्पताल लैजाऔँ।
धामी–झाँक्री वा घरेलु उपचारमा समय खेर नफालौँ।
उपचारमा ढिलाइ हुँदा ज्यान जाने जोखिम बढ्न सक्छ।
जेईबाट बच्ने सबैभन्दा प्रभावकारी उपायमध्ये एक खोप हो। नियमित खोप छुट्न नदिऔँ र आफ्नो नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसँग आवश्यक जानकारी लिऔँ।
सचेत बनौँ, समयमै उपचार गरौँ र जेईबाट सुरक्षित रहौँ। # #जापानीइन्सेफलाइटिस #लामखुट्टेकोटोकाइ #स्वास्थ्यसचेतना

05/09/2026
03/09/2026

लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय दिपेन्द्र कुमार पुन ज्यु बाट स्वास्थ्य कार्यालय प्युठान को आज अनुगमन गर्नु भएको छ । मातृ तथा नवशिशु बाल स्वास्थ्य को प्रोटोकल अभिमुखिकर ण कार्यक्रममा प्युठान जिल्ला का ९ स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख र MNCH फोकल पर्सन र स्वास्थ्य कार्यालयका प्राबिधिक टिम लाई स्वास्थ्य सेवामा सर्बब्यापी पहुँच गुणस्तरीय रुपले प्रदान गर्न प्रदेश सरकारले स्थानीय तहलाई सहयोग, समन्वय र सहजीकरणको लागी काम गर्न मार्गनिर्देशन प्रदान गर्नु भएकोमा स्वास्थ्य कार्यालय प्युठान हार्दिक कृतज्ञता तथा आभार व्यक्त गर्दछौं ।

Photos from क. "सिजल" / Comrade "Sijal"'s post 03/09/2026
प्यूठानमा आईमाम तथा पोषणसम्बन्धी तालिम सम्पन्न - Sahara Khabar 02/09/2026

https://saharakhabar.com/headline/14501/

प्यूठानमा आईमाम तथा पोषणसम्बन्धी तालिम सम्पन्न - Sahara Khabar प्यूठान । इपिक नेपालको आयोजना तथा स्वास्थ्य कार्यालय प्यूठानको समन्वयमा सिघ्र कुपोषणको एकीकृत ब्यबस्थापन(आईमा....

Photos from Health Office, Pyuthan's post 27/08/2026

स्वास्थ्य कार्यालय प्युठान को आयोजनामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको जिल्लास्तरीय बार्षिक समिक्षा तथा याेजना तर्जुमा गाेष्ठी कार्यक्रम मिति २०८३ भाद्र ९ र १० गते सफलतापूर्वक सम्पन्न भएको छ। उक्त महत्त्वपूर्ण कार्यक्रमलाई सफल बनाउन सहभागिता जनाउनुहुने प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख ज्यु, बिशेष अतिथि प्रमुख जिल्ला अधिकारी ज्यू, स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशासक ज्यु, प्युठान अस्पतालका मे.सु. ज्यु, पत्रकार संघ सभापति ज्यु, ९ वटै स्थानीय तह स्वास्थ्य शाखा प्रमुख ज्युहरु, KIDS र सबै बिकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधि ज्युहरु सबै बिषयगत कार्यालयका प्रमुख ज्युहरु, बिमा लगायत सबै संचारकर्मी ज्युहरु, सबै आदरणीय महानुभावहरुलाई धन्यबाद सहित कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा पनि समन्वय, सहयोग र सहकार्यको अपेक्षा राख्दछौं ।

Category

Address

Pyuthan
Pyuthan

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Health Office, Pyuthan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Pyuthan.