MU Notice
मपवि, त्रिवि लगायत अन्य विश्वविद्यालसँग सम्बन्धित विभिन्न समाचार जानकारीहरू शेयर गर्नेछौं ।
05/09/2026
स्नातक तह दोस्रो, चौथो, छैटौं, आठौं र नवौं सेमेस्टरको परीक्षा केन्द्र तोकिएको सम्बन्धी सूचना ।
03/09/2026
BE Computer and Civil Engineering Admission List
02/09/2026
मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त रजिष्ट्रार सह-प्रा. डा. सुदीप ठकुरीज्यूको स्वागत तथा पदभार र निवर्तमान रजिष्ट्रार सह-प्रा. डा. अर्जुन बहादुर अयडीज्यूको सम्मान तथा विदाई कार्यक्रममा हुने सम्बन्धी विश्वविद्यालयको सूचना ।
01/09/2026
: परीक्षा तालिकाहरू ।
31/08/2026
परीक्षा तालिका सम्बन्धी सूचना ।
31/08/2026
मध्यपश्चिम विश्वविद्यालय, परीक्षा व्यवस्थापन कार्यालयले आज प्रकाशित गरेका नतिजा सम्बन्धी सूचनाहरू ।
31/08/2026
मध्यपश्चिम विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा विश्वविद्यालयका पदाधिकारी, शिक्षक र कर्मचारीको तलबबाट १ महिना, १५ दिन, १० दिन, ७ दिन, ५ दिन र २ दिनको तलब कट्टी गरि रकम जम्मा गर्ने ।
( https://mu.edu.np/notices/regarding-the-deposit-of-funds-into-the-prime-ministers-disaster-relief-fund-account )
29/08/2026
भ्रममा नपर्नुहोला : मपविका परीक्षा यथावत रुपमा सञ्चालन हुनेछन् ।
मध्यपश्चिम विश्वविद्यालय, परीक्षा व्यवस्थापन कार्यालयले ११ गते प्रकाशित "स्थगित परीक्षा पुन:सञ्चालन हुने सम्बन्धी सूचना" आफ्नो फेसबुकम पेजमा पुन:साझा गर्दै परीक्षा यथावत रूपमा नै सञ्चालन हुने आधिकारिक पुष्टि गरेको हो ।
यसअघि ११ गतेलाई तय भएका परीक्षा स्थगित भएकोमा सोही दिन नै पुन:परीक्षा तालिका प्रकाशित गरि १४ गतेबाट सञ्चालन हुने गरि परीक्षा तालिका प्रकाशन गरेको थियो ।
28/08/2026
त्रिवि, इन्जिनियरिङ अध्ययन संस्थानले मात्रै सेमेस्टर परीक्षा स्थगित गरेको सूचना प्रकाशित गरेको छ ।
विभिन्न विश्वविद्यालयका परीक्षा तथा शैक्षिक गतिविधिबारे विश्वविद्यालयहरूलाई शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशन
नेपालमा उत्पन्न प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै, विद्यमान विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गरी भदौ १३ गतेदेखि सबै विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन गर्दछौं। साथै, भदौ १२ गतेका लागि निर्धारित परीक्षाहरुमा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीहरुको लागि उपयुक्त समयमा परीक्षा संचालनको व्यवस्था मिलाउन समेत निर्देशन गरिएको छ ! ।
साथै, देहायबमोजिम आवश्यक व्यवस्था गर्न/गराउन अनुरोध गर्दछौं:
१. सबै परीक्षा स्थगित गर्ने तथा स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्ने।
२. अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रम स्थगित गर्ने।
३. विपद्बाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क, समन्वय तथा आवश्यक सहयोग र सहजीकरण गर्ने।
४. प्रभावित विद्यार्थी तथा आवश्यकताअनुसार अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्ने।
५. विपद्का कारण अध्ययनमा परेको असरलाई ध्यानमा राखी विद्यार्थीको शैक्षिक निरन्तरता र सहजीकरणका लागि आवश्यक व्यवस्था गर्ने।
वर्तमान संवेदनशील परिस्थितिलाई ध्यानमा राखी उपर्युक्त व्यवस्थाहरू तत्काल कार्यान्वयन गर्न/गराउन आवश्यक निर्णय लिनुहुन अनुरोध गर्दछौं।
विपद्को यस कठिन समयमा विश्वविद्यालय परिवारका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकता दिई आवश्यक निर्णय लिनुहुन अनुरोध गर्दछौं।
सस्मित पोखरेल
शिक्षा तथा खेलकुद मन्त्री ।
स्रोत : शिक्षा तथा खेलकुद मन्त्रालयको फेसबुक पेज ।
Category
Website
Address
Surkhet
Alerts
Be the first to know and let us send you an email when MU Notice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.