Ananda Raj BATAS

Ananda Raj BATAS

Share

बतास

11/09/2026
10/09/2026

"मेरो पनि लगभग यस्तै धारणा , विश्वास र दैनिकी छ"

Copied

Photos from Ananda Raj BATAS's post 03/09/2026

करिब २ वर्ष अघि भेट्ने मौका मिल्यो,
डा. मणिलाल भौमिक (सन् १९३१–२०२२) एक प्रख्यात भारतीय-अमेरिकी भौतिकशास्त्री तथा अन्वेषक हुन्, जसले आधुनिक LASIK आँखाको शल्यक्रियामा क्रान्ति ल्याउने 'एक्साइमर लेजर' (Excimer Laser) को आविष्कार गरे। पश्चिम बंगालको सामान्य परिवारमा जन्मिएका उनले आईआईटी (IIT) खड़गपुरबाट भौतिकशास्त्रमा पहिलो पीएचडी गर्ने गौरव प्राप्त गरे। अमेरिकामा वैज्ञानिक अनुसन्धानमार्फत ठूलो सफलता हासिल गरेपछि, उनले आफ्नो धनको ठूलो हिस्सा विज्ञान शिक्षा र अनुसन्धानको प्रवर्द्धनका लागि दान गरे। 'Code Name God' का लेखक भौमिकलाई विज्ञान र समाजप्रतिको अतुलनीय योगदानको कदर गर्दै भारत सरकारले प्रतिष्ठित 'पद्मश्री' पुरस्कारबाट सम्मानित गरेको थियो।

25/08/2026

अहिले समाजमा देखिएका विभिन्न अप्रिय घटनाहरूले हामीलाई एउटा गम्भीर प्रश्न सोधिरहेका छन्—हामीले आफ्ना सन्तानलाई दिइरहेको शिक्षामा संस्कार मिसिएको छ कि छैन?ज्ञानले हामीलाई सक्षम बनाउँछ भने संस्कारले सही र गलत छुट्याउन सिकाउँछ। त्यसैले अब आफ्ना सन्तानलाई शिक्षासँगै सम्मान, जिम्मेवारी, अनुशासन र मानवीय मूल्य पनि सिकाऔँ।

21/08/2026

देशी-विदेशी पर्यटकको बाढीले खुसी त बनायो, तर के उनीहरू नेपालको सुन्दरताले आएका हुन् वा सस्तो भएकोले?
​संसारकै सुन्दर देश नेपाल, यदि गुणस्तरीय र महँगो (High-Value) गन्तव्य बन्न सके मात्र नागरिक र देश छिटो समृद्ध बन्छ। अब संख्याको पछि लागेर "हुल" बढाउने कि "सभ्य" पर्यटक भित्र्याउने? सोच्ने बेला भएन र?
​यो कुरा बुझ्न हामीले भुटानको पर्यटन मोडल अध्ययन गर्नैपर्छ। 🇳🇵
Source:

18/08/2026

पँधेरीमा पानी रित्तिएको छैन, ढुङ्गेधारा सुकेको छैन। तर पँधेरी भएका ठाउँमा मानिसहरू रित्तिए, ढुङ्गेधारामा अञ्जुलीहरू सुके।
पहिले यही पधेरीमा भेटिन्थे गाउँका कथा, हाँसो, दुःख–सुख र आत्मीयता। पानी लिन आउने बहानामा मनका कुरा साटिन्थे। आज पानी उस्तै छ, धारा उस्तै छ, तर पानी भर्न आउने हातहरू र मन साट्ने मानिसहरू छैनन्।
समय फेरियो, पानी घरभित्र पस्यो; तर सँगै हाम्रो सामाजिक आत्मीयता पनि घरभित्रै थुनियो कि?

17/08/2026

पढाउने तरिकामा नयाँ पन हुँदा सुनौं सुनौं, पढौं पढौं लाग्ने

16/08/2026

सामाजिक सञ्जालमा आउने सूचनाकै भरमा हामी हतारहतार कमेन्ट गर्ने र धारणा बनाउने गर्छौं, जसले गर्दा आज हाम्रो समाज आक्रान्त र विकृत बन्दै गएको छ।
​भिडिओमा Suieo Inthiran ले भने जस्तै अब आत्मसमीक्षा गर्ने बेला आएको छ: तपाईं मूर्ख (idiot) हुनुहुन्छ कि विवेक (wisdom) भएको मान्छे??
Credit: inthiran

11/08/2026

आफ्ना सन्तान कसलाई पो माया लाग्दैन र ? ❤️ तर मायाको अर्थ उसलाई कमजोर बनाउनु होइन, सक्षम बनाउनु हो।
मायाको नाममा बच्चालाई 'अभिमन्यु' नबनाऔँ, जसलाई चक्रव्यूहभित्र छिर्न त आउँछ तर निस्कने बाटो थाहा हुँदैन। बरु उसलाई आफ्ना समस्याहरू आफैँ समाधान गर्ने बानी सानैदेखि बसाल्नुहोस्।
​

Category

Address

Tanahun

Alerts

Be the first to know and let us send you an email when Ananda Raj BATAS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Tanahun.