ZERO MILE
“My aim is to put down on paper what I see and what I feel in the best and simplest way.”
15/02/2026
🙏जय शम्भु🙏
07/02/2026
दिग्गज अभिनेता रहेनन् ।।
हार्दिक श्रद्धाञ्जली!🙏
30/01/2026
वीर शहिदहरुप्रति हार्दिक श्रद्धासुमन!
24/01/2026
"सरस्वती माता विद्याके दाता" 🙏🙏🙏
शुक्रवार पुजापाठ भएसंगै आज शनिवार सरस्वती माताकाे मूर्ति विसर्जन तथा भसानमा हिंडे्का बच्चा बिधार्थीहरु ...
अनि, वसन्त पञ्चमीका दिन हुने/गरिने देवी सरस्वतीकाे पुजामा जनकपुरधाम तथा आसपासका क्षेत्रमा माैजूद एवम् साक्षी रहँदा अभिभूत भई कैद गरेकाे यी सुन्दर तस्वीर साझा गरें ...
#अत्यधिकचिसाे
25/12/2025
Pressure Rally: बंगलादेशमा हिन्दु यूवा दिपु चन्द्र दासकाे अतिवादीहरु द्वारा भएकाे बर्बरतापूर्ण हत्या विरुद्ध कूटनीतिक पहलका लागि बिहीवार जनकपुरधाममा दबाव रैली गरिएकाे हाे ।
25/12/2025
तुलसी पूजनाेत्सवक मंगलमय शुभकामना!🙏🙏🙏
22/11/2025
'मजाक' बनेकाे मधेश र कमला पुल:
पहिलाे 'मधेश' हाे भने, दाेश्राे - 'कमला पुल' । यहाँ तराई-मधेशका जनता उहीबेला आठमात्र जिल्लाकाे मधेश भएदेखिनै मजाक बन्दै आएका छन् । त्यसैले, पहिलाे- मजाक मधेश हाे भने, कमला पुललाई दाेश्राे- मजाक भनिएकाे हाे ।
धनुषा-सिरहा, दुई जिल्ला जाेड्ने तथा देशकै सबैभन्दा पुरानाे हुलाकी सड्कमा पर्ने कमला पुल 'मजाक' बनेकाे छ । बनाईएकाे छ ।
मजाक याे र त्याे अर्थमा भनेर व्याख्या गर्नैपर्दैन् । एक दशक भन्दा बढी समयदेखि निरिक्षणमा मात्र सीमित कमला पुल पुनर्निर्माण नहुँदा स्थानीयलाई बहुत 'दुर्दाशा बा'। स्थानीयहरु भन्छन् - आउँछन्, पैसा बनाउँछन् र जान्छन् ।
।
भर्खरै जेनजी र तिनका मन्त्री आएर निरिक्षण गरेका छन् । यसपूर्व काे-काे , कतिपटक आए र गएका गए यसकाे हिसाबकिताब नगर्दा नै बेस हुने बुझाई छ । दु:खबा मेटाईदिने काेही भएनन् । सबै बिल्टाैआहरु हुन् भन्ने आक्राेशकाबीच अझैपनि विश्वास कायम राखेका छन् ।
लाज मानाैं र, शीघ्र समाधान दिऔं !!!
21/11/2025
सप्ताहव्यापी 'विवाह पञ्चमी' महाेत्सवकाे दाेश्राे दिन शुक्रवार फुलबारी लीला कार्यक्रम सम्पन्न भएकाे छ । भगवान् श्रीराम र आफ्नाे साथीहरुसंगै रहेकी माता सिताकाे पहिलाे भेट भएकाे त्यस ऐतिहासिक घटनालाई आजकाे दिन पुनःप्रदर्शन गरिन्छ । पहिलाे दिन हिजाे बिहीवार नगर दर्शन भएकाे थियाे ।
20/11/2025
नेपाल प्रहरी अस्पतालमा Intrauterine Insemination (IUI) सेवाबाट जन्मिएको प्रथम बच्चा
**************************************************************
निःसन्तान दम्पतीको बढ्दो चापलाई मध्यनजर गरी २०८१ साल कार्तिक २७ गतेबाट शुरु गरीएको IUI सेवाको फल स्वरुप २०८२ साल कार्तिक ३० गते नेपाल प्रहरी अस्पतालमा IUI सेवाबाट प्रथम शिशुको जन्म भएको छ ।
Copied from the Official Page of Nepal Police Hospital.
17/11/2025
शून्य सरसफाई एवम् स्वच्छता: ठूला-मझाैला काेठाहरु, फिनिसिङ्ग शाैचालयहरु, उस्तै फिनिसिङ्गका झ्याल र ढाेकाहरु, टायल्स-मार्बल आदि सुविधाका साथ निर्मित यस्ता भवन प्राय: सबै गाउँ-ठाउँमा ठडि्एकाे बर्षाैं भयाे । टाढाबाट भव्य देखिन्छ । ग्रामीण बस्तीभन्दा केही दूरीमा हुने, खुला ठाउँ र फराकिलाे क्षेत्रफलमा बनेकाे यसकाे नजिक पुग्दा समेत उस्तै सुन्दर आभाष हुनेगरेकाे छ ।
यसभित्र सामुदायिक स्वास्थ्य संस्था र स्थानीय निकायकाे कामकार्वाही सञ्चालित हुन्छ । दैनिकजसाे सेवाग्राहीकाे ओहाेरदाेहाेर त भैहाल्ने नै भयाे । परिसरभित्र घाँसपात चर्दै गरेकाे गाईवस्तु, बाख्राकाे चहलपहल अर्काे सुन्दर पक्ष हाे । ग्रामीण परिवेशकाे यिनै कुराले अझ मनाेरमता थपेकाे हुन्छ ।
यहि भव्यता, सुन्दरता र मनाेरमताका बीच नयन र मस्तिष्कमा कैद गर्न लायक दूरावस्था भनेकाे 'सरसफाई एवम् स्वच्छता' कै हाे । प्रयाेग गर्नैपर्ने तर शाैचालयकाे अवस्था घीनलाग्दाे छ । श्वाँसप्रश्वास थामेर प्रयाेग गरियाे, साथै यिनै नयन र मस्तिष्कले कैद चाहीँ पनि गरियाे । प्रयाेगमा रहेका अन्य काेठाहरु केही मात्र ठीक छ भने प्रयाेगविहीन काेठा त झन् धूलाे र फाेहाेरमय हुने नै भयाे ।
याे केवल एउटा दृष्टान्त हाे । यसले समग्रमा सरसफाई एवम् स्वच्छताकाे ज्यादै खराब अवस्था जनाउँछ । यससम्बन्धी यतिका कार्यक्रम तथा अभियान चलेकाे र चलिरहेतापनि चेतना र जागरुकतामा खासै प्रगति नहुनु/नआउनु/नदेखिनु दु:खद एवम् लज्जास्पद भन्नैपर्छ यहाँ । यस्ताे पनि अकर्मण्यता हुन्छ र? आखिर कहिलेसम्म??
अबिलम्व सुध्रनुपर्छ! ढिला नगरी नमूना एवम् आदर्श व्यवहार प्रस्तुत गर्नैपर्छ !!👍️🙏💐