Development Nepal
Empowering communities, fostering sustainable growth, and preserving Nepal's rich heritage.
Join us in building a brighter future through innovation, collaboration, and dedication to progress. #DevelopmentNepal #SustainableGrowth
15/09/2026
https://netizennepal.com/content/18537
युवा नेतृत्वको उदय र नेपालको भूराजनीतिक परीक्षा नेपालको भूराजनीतिक अवस्था प्राचीनकालदेखि नै संवेदनशील रहँदै आएको छ। एसियाका दुई ठूला शक्ति राष्ट्र भारत र
12/09/2026
आफ्रनै बोलिले चिप्लिइन कानुनमन्त्री सोविता गौतम,राष्ट्रिय सभामा मागिन माफि
12/09/2026
जेनजी अभियन्ता तनुजा पाण्डेले आफ्नी श्रीमती चढेको सरकारी गाडी ट्राफिक प्रहरीले रोकेको घटनालाई लिएर राज्य नै जलाउन तम्सिनेहरू गरिब नागरिकको पीडामा भने मौन बस्ने गरेको भन्दै प्रश्न उठाएकी छन्।
पाण्डेले सामाजिक सञ्जालमार्फत आफ्नै मान्छेको समस्यामा राज्यको संवेदनशीलता खोज्ने तर आर्थिक अवस्था कमजोर भएका नागरिकले भोगेको पीडामा मौन बस्ने प्रवृत्तिमाथि प्रश्न गरेकी हुन्।
उनले लेखेकी छन्, ‘आफ्नी श्रीमती चढेको सरकारी गाडी ट्राफिकले रोक्दा राज्य नै जलाउन तम्सिने ती महान् पुरुषहरू गरिबकी श्रीमती पैसा नभएकै कारण अस्पतालको ढोकामै रोकिँदा कहाँ हराए?’
पाण्डेको यो अभिव्यक्ति विशेषगरी पहुँच र प्रभाव भएका व्यक्तिको समस्यामा तत्काल प्रतिक्रिया जनाउने तर आर्थिक रूपमा कमजोर नागरिकको आधारभूत अधिकार तथा उपचारसम्बन्धी समस्यामा आवश्यक संवेदनशीलता नदेखाउने प्रवृत्तिमाथिको आलोचनाका रूपमा आएको हो।
उनले आफ्नो मान्छेको पीडामा राज्यको संवेदनशीलता खोज्नेहरूले गरिब नागरिकको पीडा देख्दा किन मौन बस्ने गरेको भन्दै प्रश्न गरेकी छन्। पाण्डेले न्याय वर्ग, पैसा र पहुँचका आधारमा फरक हुन नहुनेमा जोड दिएकी छन्।
उनले भनेकी छन्, ‘आफ्नो मान्छेको पीडामा राज्यको संवेदनशीलता खोज्नेहरू गरिबको पीडा देख्दा किन यति मौन? न्याय पनि वर्ग, पैसा र पहुँचका आधारमा फरक हुनु हुँदैन।’
पाण्डेको अभिव्यक्तिले राज्यको व्यवहार तथा न्यायको समानतामाथि बहस उठाएको छ। उनले कुनै व्यक्ति वा समूहको पहुँचका आधारमा संवेदनशीलता फरक हुनु नहुने र कमजोर नागरिकले पनि समान रूपमा न्याय तथा राज्यको संरक्षण पाउनुपर्ने धारणा अघि सारेकी छन्।
09/09/2026
जेन-जी आन्दोलनको ‘हाइज्याकर’ सुधन : ए लेभल फेलदेखि 'क्विन मेकर'को भूमिकासम्म काठमाडौं : जेन-जी आन्दोलनको सफलतासँगै प्रधानसेनापति अशोकराज सिग्देलसँग सरकार गठनबारे छलफलमा सहभागी हुँदै मन्त्...
08/09/2026
जेनजी आन्दोलन र त्यस यताको एक वर्षसम्म के–के भयो ? (टाइमलाइनसहित)
08/09/2026
08/09/2026
ग्यासको अभावले कक्षाकोठा छोडेर सडकको लाममा बालक काठमाडौँ । एकातिर कक्षाकोठाको कालोपाटी र अर्कोतिर सडकको लाम छ। काठमाडौँको एउटा साँघुरो गल्लीमा बिहानै ग्यास पा....