National Headlines

National Headlines

Share

"News on the go—quick, credible, and curated for your digital life. Stay updated, anytime, anywhere."

कैलालीमा कांग्रेसको आजदेखि नगर अधिवेशन सुरु 06/10/2026

कैलालीमा कांग्रेसको आजदेखि नगर अधिवेशन सुरु

कैलालीमा कांग्रेसको आजदेखि नगर अधिवेशन सुरु नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत कैलालीमा नगर अधिवेशनको प्रक्रिया आजदेखि सुरु भएको छ । नेपाली क...

सुनको मूल्य स्थिर, चाँदीको भाउ १५ रुपैयाँले घट्यो 06/10/2026

सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण, आज कतिमा हुँदै छ कारोवार?

सुनको मूल्य स्थिर, चाँदीको भाउ १५ रुपैयाँले घट्यो नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला...

06/10/2026

स्रोत र भागबन्डाको किचलोले रोकियो सुदूरपश्चिमको बजेट !
आर्थिक वर्ष सुरु भएको करिब तीन महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउन सकेको छैन। करिब ३३ अर्ब १३ करोड रुपैयाँ स्रोत उपलब्ध भए पनि बजेटको कुल आकार, मन्त्रालयगत विनियोजन र राजनीतिक मागमा सहमति जुट्न नसकेको हो। प्रत्यक्ष निर्वाचित सांसदलाई सात करोड र समानुपातिकलाई पाँच करोडका योजनाको मागले बजेट निर्माण थप जटिल बनेको बताइएको छ।

06/10/2026

🙏 श्री सुपादेउराली माताको कृपा र आशीर्वाद सधैं हामी सबैमाथि रहोस्। मनले चिताएको पूरा होस्, जीवनमा सुख, शान्ति, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा छाओस्। हरेक दुःख–कष्ट र बाधा हट्दै परिवारमा सुख, शान्ति र खुशीयाली कायम रहोस्। जय सुपादेउराली माता। ❤️🙏

06/10/2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गा बीच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गा (Ajay Banga) बीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ।
विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुग्नुभएका अर्थमन्त्री डा. वाग्ले र अध्यक्ष बाङ्गा बीच अमेरिकाको वासिङ्टन डी.सी. मा भेटवार्ता भएको हो।
भेटघाटका क्रममा अर्थमन्त्री डा. वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त बनेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, वृहत् आर्थिक सुधार र बीमा एवं सामाजिक संरक्षणका लागि करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे घनीभूत छलफल गर्नुभयो।
उक्त अवसरमा विश्व बैंकका अध्यक्ष बाङ्गाले नेपालमा बाढी विपद्बाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै, नयाँ सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि चालेका कदमहरूको प्रशंसा गर्दै उहाँले पूर्वाधारमा लगानी विस्तार र स्वदेशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो।

अध्यक्ष बाङ्गाले एसियाली विकास बैंक (ADB) र अन्तर्राष्ट्रिय वित्त निगम (IFC) लगायतका विकास साझेदारहरूसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल गर्ने जानकारी दिनुभयो।
नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार विगत तीन दशकको अवधिमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो नै पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो।
उक्त भेटघाट कार्यक्रममा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमद लगायतका उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो ।

06/10/2026

अध्यादेशबाट जागिर गुम्ने डर, ६१४ सरकारी कर्मचारीले दिए राजीनामा !
सरकारले अध्यादेशमार्फत सेवा अवधिसँगै कर्मचारीलाई हटाउन सक्ने डर बढेपछि विभिन्न तहका ६१४ जना सरकारी कर्मचारीले राजीनामा दिएका छन्। राजीनामा दिनेमा ३१ सहसचिव, १०८ उपसचिव, २४४ अधिकृत तथा सुब्बा र १६३ कार्यालय सहयोगी छन्। सरकारले जबर्जस्ती सेवाबाट हटाएर घर पठाउनुअघि नै सम्मानजनक रूपमा अवकाश लिने उद्देश्यले उनीहरूले राजीनामा दिएको बताइएको छ।

06/10/2026

पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव, वर्षाको सम्भावना !
नेपालमा पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका केही भूभागमा बदली छ। आज पहाडी तथा हिमाली क्षेत्रमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा पनि वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। :

06/10/2026

आज इन्दिरा एकादशी। असोज कृष्णपक्षमा पर्ने इन्दिरा एकादशीका अवसरमा हिन्दू धर्मावलम्बीहरूले भगवान् विष्णुको पूजा–आराधना गर्दै श्रद्धापूर्वक व्रत बस्ने गर्छन्। धार्मिक मान्यताअनुसार यस दिन व्रत तथा पूजा गर्नाले पितृहरूको उद्धार हुने, पितृदोष शान्त हुने तथा समस्त पाप नष्ट भई सुख, शान्ति र पुण्य प्राप्त हुने विश्वास रहेको छ। 🕉️🙏

06/10/2026

आज मंगलबार,
विघ्नहर्ता भगवान श्रीगणेशको कृपा र आशीर्वादले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता छाओस्। सबै दुःख, कष्ट तथा बाधा हट्दै हरेक शुभकार्यमा सफलता मिलोस्। भगवान गणेशले हामी सबैको रक्षा गरून्। सबैको दिन मंगलमय, सुखद र शुभ रहोस्। 🕉️🙏

सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु 06/10/2026

डाक्टरजी म निको आफ्नै बिमार गराउन आएको हु,
साच्चै रगत बेचेर आफ्नै उपचार गराउन आएको हु।

अरूको मात्र कथा लेख्छु आफ्नो कथा त उस्तै छ,
भविश्य बनाउन कथाको व्यापार गराउन आएको हु।

सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु ॥१॥

Address


Godawari-2, Attariya Kailali
Jaipur
10911

Alerts

Be the first to know and let us send you an email when National Headlines posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Jaipur.