SUN Rising Welfare CLUB

SUN Rising Welfare CLUB

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SUN Rising Welfare CLUB, Public Figure, Kalimpong.

Photos from SUN Rising Welfare CLUB's post 14/08/2026

मेहनत गरौँ, विश्वास राखौँ र निरन्तर अगाडि बढौँ! ❤️🌸

Every evening practice is a step closer to greatness. ⚽🔥 The Sunrising Boys are building not just skills, but discipline, teamwork, confidence, and the spirit to never give up. Keep working hard, keep believing, and keep moving forward! ❤️💪

21/03/2026

शुद्धी कार्य !

स्व बालकुमारी गदाईली
जन्म:
मृत्यु: १३/०३/२०२६

हाम्रो क्लबको सदस्य, श्रीमान राजेन गदाईली, श्रीमान भुपेन गदाईली, सुश्री सुषमा गदाईली ज्यू को माता श्रीमती बालकुमारी गदाईली दिनांक १३.०३.२०२६ शुक्रबारको दिन स्वर्गरोहण हुन पुगेको थियो ।

वहाँको अन्त्येष्टी यसै २४.०३.२०२६ मंगलबारको दिन आफ्नै बासस्थान अम्बियोक बस्ती गोरूबथानमा हुने तय भएको ले सबै गाँऊले, ईष्टमित्र, आफन्तजन अनि शव यात्रामा सम्मिलित हुन आईपुग्ने सबै लाई ऊक्त दिन ऊपस्थित भईदिने अनुरोध गर्द छौं |

बिनित:
श्रीमान राजेन गदाईली( छोरा), श्रीमान भुपेन गदाईली छोरा), सुश्री सुषमा गदाईली ( छोरी), श्रीमती कल्पना गदाईली( बुहारी), श्रीमती दिपा गदाईली(बुहारी), नाती-नातीनी,छोरी-ज्वाँईहरू सितै समस्त परिवार |

Photos from SUN Rising Welfare CLUB's post 06/11/2025

SUNRISING GORUBATHAN,
CHAMPION ! ❤️🏆🌻 5.11.2025

नव जागृति मञ्च, ताेदे द्वारा आयोजित
" स्व० एस्० टी० भूटिया मेमाेरियल कप " फाईनल खेल दुई दल " SUNRISING BOYS VS TODEY BAZAR " को भिडन्तमा सनराईजिङ क्लब जित्न सफल बने।

हामी सम्पूर्ण सनराईजिङ वेलफेयर क्लबका Team Mangement द्वारा तोदेमा सहयोग गरिदिनु हुने हाम्रो गाउँकै छोरा श्रीमान रुस्तम लामा अनि उहाँको परिवार सबै-सबै प्रति हामी(SUNRISING BOYS)आभारी छौ, साथै अन्य सहयोगी हातहरु प्रति आभारी छौं।❤️🌻

अन्तमा आयोजक पक्षले यस्तो अद्भुत फुटबल प्रतियोगिता आयोजना गरि हामीलाई आमन्त्रित गर्नुभएकोमा सबै नवजागृति समितिका सदस्यहरूलाई, हामी(SUNRISING BOYS) को तर्फबाट...!! धन्यवाद टक्र्याउँदछु।❤️🌻

❤️🏆💪🌻
🙏
🌻🙏

Photos from SUN Rising Welfare CLUB's post 04/11/2025

चन्द्र क्लब, लोवर फापरखेति द्वारा आयोजित तिन दिवसीय फुटबल खेलमा SUNRISING BOYS फेरि विजय भन्न सफल भए। सनराईजिङ क्लबका खेलाडी र निम गोलाई दलका खेलाडीहरु माझ खुबै रोमाञ्चक फाइनल खेल भएको थियो, अनि अन्तमा गएर २-१ बढ्तमा सनराजिङ क्लब दलले खेल जित्नमा सफल बने।

१)सर्वाधिक गोलकर्ता(Highest Scorer)-
श्री राहुल राई( Rahul Rai), सनराईजिङ क्लब।

२)खेलको खेलाडी (Man Of The Match) -
श्री बादल रोय(Badal Roy), सनराईजिङ क्लब।

३) उत्कृष्ट खेलाडी( Best Player) - श्री केवल राई( Kewal Rai ), निम गोलाईका दल।

25/10/2025

शुद्धी कार्य !

स्व: रन्जन राई
जन्म: १५/०१/१९८१
मृत्यु : १७/१०/२०२५

हाम्रो क्लबको सदस्य, श्री सुकबहादुर राई , ज्यूको दाजु स्वर्ग रन्जन राईको दिनांक १७.०१.२०२५ को दिन स्वर्गरोहण हुन पुगेको थियो ।

वहाँको अन्त्येष्टी कार्य यसै २८.१०.२०२५ मंगलबारको दिन आफ्नै बासस्थान अम्बियोक बस्ती,गोरूबथानमा हुने तय भएकोले सबै गाँऊले, ईष्टमित्र, आफन्तजन अनि शव यात्रामा सम्मिलित हुन आईपुग्ने सबै लाई ऊक्त दिन ऊपस्थित भईदिने अनुरोध गर्द छौं |

बिनित:
आमा : श्रीमती धनरानी राई

श्रीमान सुकबहादुर राई( भाई ), श्रीमती सनजीता राई (बहुरी), श्रीमान अरबिन्द राई(दाजु), श्रीमती शिला राई(भौजु), श्रीमान सन्जय राई(दाजु), श्रीमती सुजाता राई(भौजु), श्रीमान बिनय राई(भाई), श्रीमती निकता राई,,,सितै समस्त दवा परिवार
(वाङा-छुना,दाजु-भौजु,भाई-बुहारी,भतिज-भतिजी)!,

साथै श्रीमान ललित लामा(दाजु) अनि भौजु, श्रीमान राजेश लामा(दाजु) अनि भौजु , श्रीमान रणजीत लामा(दाजु) अनि भौजु।

Photos from SUN Rising Welfare CLUB's post 10/10/2025

क्लवद्धारा गरिएको पूजा सफलता पुर्वक समापन भयो पश्चात,,,,!

नवमीकै दिन १/१०/२०२५ बेलुकी ७:३० बजे जनचेतना कार्यक्रम साथै नानीहरूको निम्ति प्रतिभा प्रस्तुति कार्यक्रम पनि आयोजना गरिएको थियौं। प्रतिभा प्रस्तुतिमा प्रथम - १) सुश्री सुरभी राई, सुश्री आरोही राई अनि सुश्री सोनाक्षी राई,

दोस्रो - २) सुश्री श्रीया तामाङ,

तेस्रो- ३) सुश्री अनुषा राई अनि सुश्री माही तामाङ।

---- हुने साथै सम्पूर्ण सहभागी विद्यार्थीहरूलाई पुरस्कार स्वरुप स्कूलमा चाहिने खाता-किताब अन्य समाग्रीहरु वितरण गरियो।

सम्पूर्ण गाउँ-घरको उपस्थित परिवारहरुलाई
नृत्य साथै संगित द्वारा मनोरंजन गराई दिनु हुने-
१) श्रीमती शुशिला छेत्री,
२) श्रीमती समिता राई,
३) श्रीमती श्रृजना राई,
४) श्रीमान हस्त गुरुङ ,
५) श्रीमान उमेश राई, लुङसेल बस्ती, निम ग्रामपञ्चायत
६) श्री सोनाम शेर्पा (Gyacho), शेर्पा गाँउ।
---हजुरहरू सबैलाई क्लबको तर्फबाट आभार।

कार्यक्रम सभापतिको भार निभाई दिनु भएकोमा हाम्रो अम्बियोक बिट अफिसर सुश्री श्रृजना दर्नाल(Ambiok Beat Officer) ज्यू प्रति पनि आभार व्यक्त गर्दछौँ।

कार्यक्रममा निर्णायक भूमिका निभाई दिनु अनि कार्यक्रम साजोक पुराई दिनु भएकोमा---
१) श्रीमान भूपेन गदाईली (जलन)
२) श्रीमान बिनय राई
३) सुश्री वर्षा सुब्बा
४) सुश्री दिया लामा
५) सुश्री पेम चेकी शेर्पा

साथै क्लब वरिष्ठ सदस्यहरू जसको कारण कार्यक्रम सुचारूपमा अगाडि बढाउन सकियो----
१)श्रीमान नारायण राई
२)श्रीमान शुरेश शर्मा
३)श्रीमान सुबोध राई

--- हजुरहरू प्रति पनि आभार।

कार्यक्रममा उपस्थिति दिएर कार्यक्रमको शोभा बढाई दिनु भएकोमा सम्पूर्ण अम्बियोक बस्ती वासी साथै नजिक गाउँहरुबाट आउनु हुने सम्पूर्णमा, हामी सम्पुर्ण सनराइजिङ परिवारको तर्फबाट हजुरहरु सम्पुर्णलाई क्लबको तर्फबाट आभार व्यक्त गर्दछौँ। 🙏🌻


जय दूर्गा माता 🙏🙏🙏
सबैको जय होस् 🙏
सबैको कल्याण होस् ।

Photos from SUN Rising Welfare CLUB's post 02/10/2025

क्लवद्धारा गरिएको पूजा सफलता पुर्वक समापन भयो आज २/१०/२०२५ बिहिबारको दिन बिसर्जन पनि गरियौ , गाउँका सबै सबै महानुभावहरुलाई दूर्गा माता जीको आशिर्वाद साथै सुख-समृद्ध , शान्ति प्रदान गरून् भनी सनराईजिडं वेलफेयर क्लव प्रार्थना गर्दछन् । यस सल धुम्-धाम संग मनाउनु सकेनौ, यो साल हाम्रो गाँउ-घरमा प्रया परिवारमा जुठो लागेको कारण, हामीले दुःख-सुखले पालन्, गरयौ ! माताजीको आशिषले गर्दा यस सालको पुजा सफलिभुत हुन पुग्यो। क्लबको सदस्यहर दृरा यो पनि आवहन र अनुरोध पनि गरियम् कि जति ‌भक्तजनहरु माताको मूर्ति बिसर्जन गर्नु आँउनु भएको थिए, कृप्य पानीमा(खोलामा) Plasticsहरु नफयकिदिने, बरु अन्तया ठाउँमा राखिदिनु होस्, बातमा हामी सरसफाई गर्ने छौ भनेर अपिल गरियौ सबैलाई 💓🙏!!!

जय दूर्गा माता 🙏🙏🙏
सबैको जय होस् 🙏
सबैको कल्याण होस्

हामी सम्पुर्ण सनराइजिङ परिवारको तर्फबाट हजुरहरु सम्पुर्णलाई "बडा दशैको " शुभ उपलक्ष्यमा सुख, शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ,। 🙏🌼😊

नोट : प्लास्टिक मुक्त संसार बनाँउनु तर्फ अगि बढौ हामी सबै ! 💓🙏 !!!

Photos from SUN Rising Welfare CLUB's post 01/10/2025

जय श्री श्री दुर्गा माता जी 🙏🙏🙏🌼🚩!!!
-------------------------------!!!

आज दिनांक १/१०/२०२५ बुधबारको दिन "श्री श्री सर्वजनिक दूर्गा पुजा" आज महानवमी अन्तिम दिन पूजा सफलता पुर्वक समापनका साथ साथै नौं कन्यहरुलाई पुजन साथै नानीहरुबाट आशिर्वाद ग्रहण गर्ने कार्य भयो । पंडित/गुरुजी पुजनिय " सुमन शर्मा " ज्युलाई क्लबको सचिव‌ र Executive मेम्बरहरु दृरा धन्यवाद गयापन टक्राउँदै, सम्मान जनाईम् ,अनि हामी सनराजिङ क्लब हजुर प्रति ( गुरुजी शर्मा ज्यु प्रति) 💓🙏!! सधैंभरि आभारी रहेने छ।

अनि सम्पूर्ण भक्तजनहरुलाई ,जस्तै गाउँघर, गाडीहरुमा, "दूर्गा माता" जीको प्रसाद बितरण गरियो । सबै भक्तजनहरूले भोजन पनि ग्रहन गरे । यसरी नै यस वर्ष झै ,अर्को वर्ष अजय धुम-धाम सँग पालन गर्नु पाउँ, दूर्गा माताजीको आशिर्वाद यसरी नै हामीमा सधै भरि रहिरहुन्,सबैको घरमा सुख समृद्धि छाहिरहुन् 💓🙏!!

जय दुर्गा माताकी !!! जय🙏!!
-------------------------------!!!

सबैको जय होस् !!
सबैको कल्याण होस्!!

Photos from SUN Rising Welfare CLUB's post 30/09/2025

जय जय श्री दुर्गा माता जी 🌼🙏🚩!!!!
----------------------------------------

श्री सर्वाजनिक दुर्गा पुजाको दोस्रो दिन, आज दिनांक ३०/०९/२०२५ महाअष्टमी मंगलबारको दिन क्लवद्धारा गरिएको पूजा सफलता पुर्वक समापन भयो। हाम्रो गाउँ-घर सबै सबै महानुभावहरुलाई साथै सम्पूर्णलाई दूर्गा माता जीको आशिर्वाद अनि सुख शान्ति प्रदान गरून् भनी सनराईजिडं वेलफेयर क्लव परिवारद्वरा प्रार्थना गर्दछौं।🌼🙏🚩

भोलि नवमीको पुजा बिहान ६:३० बजे देखि सुआरमभ हुनेछ 🌼🙏 !!!।

धन्यवाद!

Photos from SUN Rising Welfare CLUB's post 29/09/2025

जय श्री श्री दुर्गा माता जी
-------------------------------
सम्पुर्ण भक्तजनहरुलाई साथै अम्बियोक बस्तीका सम्पुर्ण बासिन्दालाई " श्री श्री सर्वाजनिक दूर्गा पुजा "
शुभकामना व्यक्त गर्दछौं । मा दुर्गा माताले सम्पूर्णलाई आशिर्वाद दिहुन्‌ । आज मिति २९ सितम्बर २०२५ सोमबारको दिन सप्तमी पूजा असल रुपमा सम्पन्न भयो । अनि भोलि मिति ३० सितम्बर मंगलबार अष्टमीको विहान ६:३० बजी सुआरम्भ हुनेछ ।

Category

Website

Address


Kalimpong
734301