Sikkim Insight News
Trusted Sikkim News Portal on entertainment, politics and social issues. Sikkim Insight News 01 5924999
CM PS Tamang Attends Vastu Puja at Jan Seva Bhawan
Gangtok, September 14: Chief Minister PS Tamang attended the Vastu Puja ceremony of the newly constructed Jan Seva Bhawan (Mini Secretariat) at Lumsey, Gangtok, this morning.
The building will house several government departments and offices, including RDD, Education, Health & Family Welfare, SPSC, Corporation and Irrigation.
The departments are expected to shift to the new building soon and begin functioning from the Jan Seva Bhawan.
मुख्यमन्त्री गोलेद्वारा गुवाहाटीस्थित नवीकरण गरिएको सिक्किम गेस्ट हाउस उद्घाटन
गुवाहाटी: सिक्किमका मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ ‘गोले’ले आज गुवाहाटीको पञ्जाबारीस्थित नवीकरण तथा विस्तार गरिएको सिक्किम गेस्ट हाउसको उद्घाटन गर्नुभएको छ।
सिक्किमबाट असम आउने नागरिकलाई अझ सहज र सुविधाजनक आवास उपलब्ध गराउने उद्देश्यले गेस्ट हाउसको स्तरोन्नति गरिएको हो। नवीकरणपछि गेस्ट हाउसमा २० वटा कोठा, दुईवटा VIP Suite, पाँचवटा फ्ल्याट युनिटसहितको क्वार्टर ब्लक तथा दुईवटा डर्मिटोरी रहेका छन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले गेस्ट हाउसलाई आफ्नै घरजस्तै सम्झेर प्रयोग गर्न तथा यसको सरसफाइ, संरक्षण र उचित व्यवस्थापनमा सबैले सामूहिक जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो।
मुख्यमन्त्रीले गेस्ट हाउसमा सिक्किमेली परिकारलाई प्राथमिकता दिँदै स्थानीय स्वादको खाना उपलब्ध गराउनुपर्नेमा समेत जोड दिनुभयो। गुवाहाटीमा अध्ययनरत सिक्किमका विद्यार्थी लगायत असम भ्रमण गर्ने सिक्किमेली नागरिकका लागि यो सुविधा ‘घरबाट टाढाको घर’का रूपमा उपयोगी हुने अपेक्षा गरिएको छ।
मुख्यमन्त्री गोलेले नवीकरण गरिएको गेस्ट हाउसले सिक्किमेली नागरिकलाई थप सुविधा प्रदान गर्नुका साथै सिक्किम र असमबीचको लामो समयदेखिको मैत्री, सहकार्य र आपसी सम्बन्धलाई अझ मजबुत बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
यो गेस्ट हाउस सिक्किम सरकारको राज्यबाहिर रहेका आफ्ना नागरिकको सुविधा र कल्याणप्रतिको प्रतिबद्धताको उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।
“हामी हाम्रो सिक्किम राज्यलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन व्यस्त छौँ। हाम्रा नेताहरू आफ्नो जिम्मेवारी पूरा गर्न व्यस्त छन्। यही व्यस्तताको फाइदा उठाएर जनतालाई दिग्भ्रमित पार्नु स्वस्थ राजनीति होइन। राजनीति जनतालाई भ्रममा पार्ने होइन, सत्य र जिम्मेवारीका साथ जनताको विश्वास जित्ने माध्यम हुनुपर्छ।”
- श्री पवित्र मानव
राज्य स्तरीय ब्यापारी संगठनका अध्यक्ष
“सिक्किमलाई समृद्ध र विकसित बनाउने हो भने केवल सरकार परिवर्तन गरेर पुग्दैन, पञ्चायतहरूको सोच, कार्यशैली र जिम्मेवारीप्रतिको दृष्टिकोणमा पनि परिवर्तन आउनुपर्छ” — कला राई, विधायक, बुर्तुक निर्वाचन क्षेत्र
‘जनताको सेवा गर्दा भोटको हिसाब गर्दिनँ’ — भोजराज राई
नाम्ची: पोकलोक–कामराङ क्षेत्रका क्षेत्र विधायक भोजराज राईले आफूलाई भेट्न आउने जनतासँग उनीहरूले आफूलाई मतदान गरे/नगरेको आधारमा व्यवहार नगर्ने बताएका छन्।
उनले भने, “मेरोमा आउने जनतालाई मैले कहिल्यै ‘तपाईंले मलाई भोट दिनुभयो कि दिनुभएन?’ भनेर सोधिनँ।”
विधायक राईको भनाइले जनप्रतिनिधिको जिम्मेवारी निर्वाचनको परिणाममा मात्र सीमित नभई सबै जनताको समान रूपमा सेवा गर्नु पर्ने सन्देश दिएको छ।
||नाम्ची, दक्षिण सिक्किम:७ सेप्टेम्बर २०२६
पोक्लोक–कामराङ निर्वाचन क्षेत्रअन्तर्गत नन्दुगाउँमा आयोजित पञ्चायत परामर्श अभियान कार्यक्रममा आज प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूको भव्य आगमन भएको छ।
कार्यक्रममा माननीय मन्त्री सिक्किम सरकारका शहरी विकास तथा खाद्य एवं नागरिक आपूर्ति विभागका श्री भोज राज राई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको छ। त्यसैगरी बुर्तुक निर्वाचन क्षेत्रका विधायक श्री कला राई तथा सिक्किम विधानसभाका उपसभामुख एवं उपसभामुख श्रीमती राजकुमारी थापा विशिष्ट अतिथिका रूपमा कार्यक्रममा सहभागी हुनुभएको छ।
स्थानीय पञ्चायत प्रतिनिधि, जनप्रतिनिधि तथा स्थानीयवासीहरूको सहभागितामा सञ्चालन भइरहेको पञ्चायत परामर्श अभियानमार्फत स्थानीय तहका आवश्यकता, विकासका प्राथमिकता तथा जनसरोकारका विषयमा छलफल गरिने बताइएको छ।
||नौ दिवसीय श्रीमद् वितक साहेब कृष्ण कथा एवं ज्ञान यज्ञको समापन समारोह
तिनीक चिसोपानी, नाम्ची, दक्षिण सिक्किम | ४ सेप्टेम्बर २०२६:
पोक्लोक–कामराङ निर्वाचन क्षेत्रअन्तर्गत तिनीक चिसोपानी गुरुङ गाउँमा आयोजित नौ दिवसीय श्रीमद् वितक साहेब कृष्ण कथा एवं ज्ञान यज्ञको समापन समारोह आज श्रद्धा, भक्ति र आध्यात्मिक उल्लासका बीच सम्पन्न भएको छ। समापन अवसरमा श्रीकृष्ण जन्म महोत्सव समेत भव्य रूपमा मनाइएको छ।
समापन समारोहका मुख्य अतिथि सिक्किम सरकारका शहरी विकास तथा खाद्य एवं नागरिक आपूर्ति मन्त्री माननीय श्री भोज राज राई रहनुभएको थियो। कार्यक्रममा श्रद्धालु भक्तजन, स्थानीयवासी तथा धर्मप्रेमी महानुभावहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नौ दिनसम्म सञ्चालन भएको यस पावन अनुष्ठानमा श्रीमद् वितक साहेब कृष्ण कथा, आध्यात्मिक प्रवचन, पूजा–आराधना तथा भजन–कीर्तन प्रस्तुत गरिएको थियो। धार्मिक कथा र प्रवचनमार्फत ज्ञान, भक्ति, शान्ति, सद्भाव तथा सकारात्मक जीवनको सन्देश प्रवाह गरिएको थियो।
समापन समारोहमा आयोजित श्रीकृष्ण जन्म महोत्सव तथा भक्तिमय भजन–कीर्तनले सम्पूर्ण वातावरणलाई उल्लासमय र भक्तिरसले भरिपूर्ण बनाएको थियो। भक्तजनहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै भगवान् श्रीकृष्णप्रति श्रद्धा अर्पण गरेका थिए।
रवि लामिछाने र सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङबीच टेलिफोन वार्ता
काठमाडौं/गान्तोक: नेपालका सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) का सभापति रवि लामिछाने र सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) बीच आज टेलिफोनमार्फत कुराकानी भएको छ।
टेलिफोन वार्तामा दुई नेताबीच आपसी सम्बन्ध तथा समसामयिक विषयमा छलफल भएको बताइएको छ। वार्ताको विस्तृत विषयवस्तु भने सार्वजनिक गरिएको छैन।
नेपाल र सिक्किमबीचको सामाजिक, सांस्कृतिक तथा भावनात्मक सम्बन्धका सन्दर्भमा दुई नेताबीच भएको कुराकानीलाई चासोका साथ हेरिएको छ।
भिडियो सौजन्य: सामाजिक सञ्जाल
रानीपुलमा CAP–Sikkim को कार्यक्रममा सहभागीपछि नेता प्रहरी नियन्त्रणमा
रानीपुलस्थित Citizen Action Party–Sikkim (CAP-Sikkim) को पार्टी मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी भएपछि CAP-Sikkim का एक नेतालाई रानीपुल प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।
पार्टी मुख्यालयमा कार्यक्रम सम्पन्न भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। घटनाको विस्तृत कारण तथा प्रहरीको आधिकारिक धारणा भने हालसम्म सार्वजनिक भएको छैन।
घटनाबारे थप विवरण आउन बाँकी छ।
भिडियो सौजन्य: सामाजिक सञ्जाल
हार्दिक निमन्त्रणा तथा सूचना
श्रीमद् वितक साहेब कृष्ण कथा एवं ज्ञान यज्ञ अनुष्ठानको नवौँ दिन तथा भव्य समापन समारोह भोलि श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा तिनीक चिसोपानी गुरुङ गाउँ, नाम्ची, दक्षिण सिक्किममा आयोजना हुँदैछ।
समापन अवसरमा विशेष पूजा–अर्चना, भजन–कीर्तन, कृष्ण कथा तथा धार्मिक प्रवचन लगायतका कार्यक्रमहरू रहनेछन्।
यस पावन अवसरमा आयोजक समितिले सम्पूर्ण श्रद्धालु, भक्तजन तथा धर्मप्रेमी महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई समापन समारोहलाई भव्य र सफल बनाइदिनुहुन हार्दिक अनुरोध गरेको छ।
स्थान: तिनीक चिसोपानी गुरुङ गाउँ, नाम्ची, दक्षिण सिक्किम
अवसर: श्रीकृष्ण जन्माष्टमी तथा नवौँ दिनको समापन समारोह
Category
Website
Address
Namchi
Alerts
Be the first to know and let us send you an email when Sikkim Insight News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.