Meropost
First Online Media From Devdaha
17/09/2026
अमेरिकाको ओहायो राज्यस्थित कोलम्बसको दक्षिणपूर्वी क्षेत्रमा ३३ वर्षीया मोनु रिजाल मृ,त भेटिएको घटनाबारे नयाँ विवरण सार्वजनिक भएको छ। घटनासँग सम्बन्धित आपत्कालीन टेलिफोन संवाद तथा प्रहरीको अभिलेख सार्वजनिक भएपछि घटनास्थलको अवस्थाबारे थप जानकारी बाहिर आएको हो। घटना गत सेप्टेम्बर १४ मा कोलम्बसको ब्यानन कोर्ट क्षेत्रमा भएको हो। प्रहरीका अनुसार दिउँसो करिब ४ः४८ बजे एक बालकले आपत्कालीन नम्बर ९११ मा फोन गर्दै आफ्नी आमा मृत अवस्थामा रहेको जानकारी दिएका थिए।
सूचना पाएपछि प्रहरी करिब ४ः५२ बजे घटनास्थल पुगेको थियो। प्रहरीले घरका फरक–फरक स्थानमा दुई जना वयस्कलाई मृत अवस्थामा फेला पारेको थियो। उनीहरूलाई करिब ५ः०२ बजे घटनास्थलमै मृत घोषणा गरिएको थियो।
प्रहरीले मृतक महिला मोनु रिजाल र ४१ वर्षीय भीम मिश्रलाई घटनासँग जोडेको छ। मिश्र पनि घटनास्थलमै मृत भेटिएका थिए।
16/09/2026
लामो समयपछि नेपाल आएका श्रीमान् थोमसलाई पशुपतिनाथ पुर्याउँदै आशिका, भावुक हुँदै भनिन्– ‘हे भोलेनाथ! हजुरजस्तै अर्को भोलालाई हजुरकै ढोकासम्म ल्याएकी छु’ 🙏
काठमाडौं । प्रतिनिधिसभा सदस्य आशिका तामाङले लामो समयपछि नेपाल आएका आफ्ना श्रीमान् थोमससँग पशुपतिनाथ मन्दिर पुगेर दर्शन गरेकी छन्।जर्मनीबाट नेपाल आएका थोमसलाई आशिकाले केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गरेकी थिइन्। थोमसको नेपाल आगमनसँगै उनीहरूका भेटघाट र पारिवारिक क्षणका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन्।पशुपतिनाथ दर्शनका क्रममा खिचिएका तस्बिर सार्वजनिक गर्दै आशिकाले भावुक शैलीमा लेखेकी छन्, ‘हे भोलेनाथ! हजुरजस्तै अर्को भोलालाई हजुरको ढोकासम्म ल्याएको छु।’उनको यही अभिव्यक्तिले सामाजिक सञ्जालमा समेत चर्चा पाएको छ। श्रीमान् थोमस जर्मनीका नागरिक हुन् र आशिका लामो समय जर्मनीमा रहेर नेपाल फर्किएपछि सामाजिक अभियान हुँदै सार्वजनिक जीवनमा सक्रिय भएकी हुन् । आशिका र थोमसको भेट र पुनर्मिलनका दृश्य यसअघि पनि सामाजिक सञ्जालमा चर्चामा आएका थिए। थोमस नेपाल आएपछि आशिकाले विमानस्थलमा फूलमाला र पुष्पगुच्छासहित स्वागत गरेकी थिइन्। पशुपतिनाथ दर्शनको तस्बिरसँगै आशिकाले लेखेको छोटो तर भावुक सन्देशले भने उनीहरूको पारिवारिक भेटलाई थप चर्चामा ल्याएको छ।
#आशिकातामाङ #पशुपतिनाथ
16/09/2026
अस्पतालको गेटमै शिशु जन्माएकी बविताको पीडामा सुनीता साहको मल्हम, लत्ताकपडादेखि एक महिनाको खाद्यान्नसम्म सहयोग 🙏
रौतहट, आर्थिक अभावका कारण सुरक्षित प्रसूति सेवा लिन नसकेर अस्पतालको प्रवेशद्वार नजिकै सडकपेटीमै शिशु जन्माउन बाध्य भएकी सप्तरीको राजविराज नगरपालिका–१४ की बविता पासवानलाई समाजसेवी तथा तराई मधेस महिला फाउन्डेशन नेपालकी केन्द्रीय अध्यक्ष सुनीता साह (क्रान्ति) ले सहयोग गरेकी छन्।शुक्रबार गजेन्द्रनारायण सिंह अस्पताल पुगेकी साहले सुत्केरी बविता र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आवश्यक राहत सामग्री हस्तान्तरण गरेकी हुन्।आर्थिक अभावका कारण अस्पतालमा लाग्ने शुल्क तथा अन्य खर्च जुटाउन नसकेपछि बविता तीन दिनअघि अस्पतालको गेटनजिकै प्रसव पीडाले छटपटाइरहेकी थिइन्। तत्काल उपचारको व्यवस्था हुन नसकेपछि उनले अस्पताल परिसर बाहिर सडकपेटीमै शिशुलाई जन्म दिएकी थिइन्।
घ’टना सार्वजनिक भएपछि सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा व्यापक चर्चा भएको थियो। हाल बविता र उनका नवजात शिशुको अस्पतालमै उपचार भइरहेको छ।
बविताको अवस्था थाहा पाएपछि सहयोगका लागि अस्पताल पुगेकी साहले सुत्केरी तथा शिशुका लागि लत्ताकपडा, झुल, सेनिटरी प्याड, साबुन, पाउडर, शिशु हेरचाहका सामग्री, पौष्टिक खाद्यवस्तु तथा करिब एक महिनासम्म पुग्ने खाद्यान्न हस्तान्तरण गरेकी छन्।सहयोग हस्तान्तरण गर्दै साहले आर्थिक अभावकै कारण कुनै पनि महिलाले सुरक्षित मातृत्व सेवाबाट वञ्चित हुन नहुने बताइन्। विपन्न तथा असहाय गर्भवती महिलाका लागि राज्यले प्रभावकारी स्वास्थ्य सुरक्षा र सहयोगको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।उनले बविताजस्ता आर्थिक रूपमा कमजोर परिवारलाई सहयोग गर्न समाजसेवी, दाता तथा सम्बन्धित सबै पक्षलाई हातेमालो गर्नसमेत आग्रह गरिन्।अस्पतालमा उपचाररत बिरामीका आफन्त तथा स्थानीयवासीले पनि बविताको पीडामा साथ दिँदै आवश्यक सामग्री उपलब्ध गराएको भन्दै साहको मानवीय पहलको प्रशंसा गरेका छन्।अस्पतालको गेटमै शिशु जन्माउन बाध्य बविताको पीडा तत्कालै समाप्त नभए पनि, कठिन अवस्थामा पाएको यो सहयोगले उनको परिवारलाई केही राहत दिएको छ। 🙏
16/09/2026
श्रीमतीको तस्बिर हातमै खोपाए डोना थापाले, नातिको ट्याटु खोपाउँदै बाबाले भनेपछि दर्शक दंग-हस्बेन्ड होस् त डोना थापा जस्तो!’
काठमाडौं । कलाकार डोना थापा र उनका बाबाले परिवारप्रतिको प्रेम झल्किने गरी शरीरमा ट्याटु खोपाएपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको छ।डोना थापाले आफ्नी श्रीमती फूलकुमारीको तस्बिर हातमा ट्याटु खोपाएका छन्। श्रीमतीप्रतिको माया, सम्मान र सम्बन्धलाई उनले आफ्नो शरीरमै सदाका लागि सुरक्षित गरेका छन्।यता, डोनाका बाबाले भने आफ्ना नातिको ट्याटु खोपाएका छन्। नाति निकै प्यारो लाग्ने भएकाले उसको सम्झनामा ट्याटु खोपाएको उनले बताएका छन्।बाबा–छोराले फरक–फरक तरिकाले परिवारप्रतिको माया शरीरमै उतारेको दृश्यले दर्शकको समेत मन छोएको छ। डोनाले श्रीमतीको तस्बिर नै ट्याटु बनाएपछि सामाजिक सञ्जालमा उनीप्रति प्रशंसाका प्रतिक्रिया आइरहेका छन्। कतिपय दर्शकले ‘हस्बेन्ड होस् त डोना थापा जस्तो’ भन्दै श्रीमतीप्रतिको उनको माया र सम्मानको प्रशंसा गरेका छन्।
परिवारप्रतिको प्रेम देखाउन शब्द नै चाहिँदैन भन्ने उदाहरणजस्तै बनेको छ-एकातिर श्रीमतीको तस्बिर, अर्कोतिर नातिको सम्झना। माया केवल बोल्ने कुरा होइन, कहिलेकाहीँ जीवनभर शरीरमा बोकेर हिँड्ने सम्झना पनि रहेछ।
#नेपालीकलाकार #पारिवारिक_माया
15/09/2026
अरू छोरीहरू तीजमा माइतीको आँगन टेक्दा, अन्तरजातीय विवाह गरेकी सीता भने आफ्नै माइती सम्झेर रोइन्-“म पनि कहिले फर्किन पाउँला?” 😢
काठमाडौं । तीज भन्नेबित्तिकै धेरै छोरीका आँखामा माइतीको आँगन, आमाको माया, बाबुको स्नेह र दिदीबहिनीको भेटघाट झल्किन्छ। रातो सारी, हातभरि चुरा र माइतीको दर—तीज धेरै छोरीका लागि वर्षकै सबैभन्दा भावुक पर्व हो।तर, यही तीजमा अन्तरजातीय विवाह गरेकी सीता भने माइतीको आँगन टेक्न पाइनन्।प्रेमलाई विवाहमा बदलेर आफ्नो जीवनसाथी रोजेकी सीताले त्यसका लागि धेरै कुरा गुमाउनुपर्यो। आफ्नो निर्णयका कारण माइतीसँगको सम्बन्धमा दूरी बढ्यो। विवाहपछि श्रीमान् र श्रीमान्का परिवारबाट भने उनले माया, साथ र सम्मान पाइरहेकी छिन्। तर आफ्नै जन्मघरले भने उनको अन्तरजातीय विवाहलाई अझै पूर्ण रूपमा स्वीकार गर्न सकेको छैन।त्यसैले जब तीज आउँछ, अरू छोरीहरू रातो सारी लगाएर माइती पुग्छन्, आमाबुबासँग बसेर दर खान्छन्, दुःख–सुख साट्छन्। तर सीताको मन भने आफ्नै माइतीको सम्झनाले भारी हुन्छ।
रातो सारी र हातभरि चुरा लगाउँदा पनि उनको मनमा एउटा प्रश्न गुञ्जिन्छ—“अरू छोरीझैँ म पनि कहिले निर्धक्क भएर आफ्नै माइतीको आँगन फर्किन पाउँला?”
सीताको पीडा केवल एउटी छोरीको कथा होइन। यो हाम्रो समाजमा अझै बाँकी रहेको जातीय विभेदको एउटा ऐना हो।
हामी २१औँ शताब्दीमा छौँ। मानिस बराबर हुन्, जातका आधारमा भेदभाव हुनुहुँदैन भनेर कुरा गर्छौँ। तर व्यवहारमा भने अझै पनि जात फरक भएकै कारण प्रेम टुट्छ, सम्बन्ध टाढिन्छन् र छोरीहरू आफ्नै जन्मघरबाट पराइ बन्न बाध्य हुन्छन्।प्रेम गर्नु अ’पराध होइन। आफ्नो जीवनसाथी रोज्नु अ’पराध होइन। जात फरक हुँदैमा माया, भावना र मन फरक हुँदैन।छोरीले आफ्नो जीवनसाथी रोज्दैमा उनी छोरी रहन छोड्दिनन्। उनले विवाह गरेर नयाँ घर बनाएकी हुन्, तर उनको मनमा जन्मघरप्रतिको माया कहिल्यै मर्दैन। सायद कुनै दिन सीताको माइतीले पनि उनको प्रेम र निर्णयलाई स्वीकार गर्नेछ। अनि अर्को तीजमा उनी पनि आँखामा आँसु होइन, मनभरि खुसी बोकेर आफ्नै माइतीको आँगन टेक्नेछिन्।
जातले होइन, मनले सम्बन्ध चिनौँ।छोरीलाई विवाहपछि पनि छोरीकै रूपमा माया गरौँ।
15/09/2026
श्रीमानको खुट्टा नभएपछि तिर्थकुमारीले घोडाको खुट्टा धोएको पानी खाएर तोडिन् तीजको व्रत, भिडियोले रुवायो सामाजिक सञ्जाल!
काठमाडौं । हरितालिका तीजको दिन सामाजिक सञ्जालमा तिर्थकुमारी बीकको एउटा भावुक भिडियो चर्चामा आएको छ। तीजको परम्परा निभाउने क्रममा उनले श्रीमानको खुट्टा नभएपछि घोडाको खुट्टा धोएको पानी ग्रहण गरेर व्रत तोडेकी छन्।तीजका दिन विवाहित महिलाहरूले श्रीमानको दीर्घायु, सुख–समृद्धि र पारिवारिक मंगलको कामना गर्दै व्रत बस्ने परम्परा छ। कतिपय समुदायमा श्रीमानको खुट्टा धोएको पानी ग्रहण गरेर व्रत तोड्ने चलनसमेत रहँदै आएको छ।तर तिर्थकुमारीको जीवनमा परिस्थिति फरक छ। उनका श्रीमानको खुट्टा नभएका कारण उनले परम्परागत रूपमा श्रीमानको खुट्टा धोएर व्रत तोड्न सक्ने अवस्था रहेन।भाइरल भिडियोमा उनले आफ्नो अवस्थालाई भावुक तरिकाले सुनाउँदै भनेकी छन्, “श्रीमानको खुट्टा धोएर खानु भनिएको छ, तर मेरो श्रीमानको खुट्टा छैन। नखाऊँ भने आज तीज हो। त्यसैले घोडाको खुट्टा धोएको पानी खाएर व्रत तोडेँ।”
उनको यो भनाइमा पीडासँगै तीजको परम्परा निभाउने चाहना पनि देखिन्छ। भिडियो सार्वजनिक भएपछि धेरैले उनको जीवनको संघर्ष र परिस्थितिप्रति सहानुभूति व्यक्त गरिरहेका छन्।तीजलाई प्रायः रमाइलो, नाचगान र उत्सवको पर्वका रूपमा लिइन्छ। तर तिर्थकुमारीको यो कथाले त्यही उत्सवको बीचमा लुकेका संघर्ष, अभाव र भावनालाई पनि सम्झाइ दिएको छ।परम्परा मानिसको जीवन र परिस्थितिअनुसार फरक रूपमा बाँचिन सक्छ भन्ने सन्देशसमेत दिएको छ।हरितालिका तीजको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा हार्दिक मंगलमय शुभकामना। माता पार्वतीले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि प्रदान गरून्। 🙏
12/09/2026
१७ विकेटसहित सन्दीप बने प्रतियोगिताकै सम्राट, आसिफको शतकले थपियो फाइनलको चमक!
आसिफ शेखको उत्कृष्ट शतकसँगै नेपालले फाइनलमा शानदार प्रदर्शन गरेको छ। १०६ बलमा १०२ रन बनाउँदै आसिफले नेपाललाई बलियो सुरुवात दिलाए। उनले ४ छक्का र ८ चौका प्र’हार गरे।योसँगै आसिफले एकदिवसीय क्रिकेटमा आफ्नो दोस्रो शतक पूरा गरेका छन् र उत्कृष्ट प्रदर्शनका लागि प्लेयर अफ द म्याच घोषित भएका छन्।यता प्रतियोगिताभरि उत्कृष्ट बलिङ गरेका नेपाली कप्तान सन्दीप लामिछाने १७ विकेटसहित प्लेयर अफ द टुर्नामेन्ट बनेका छन्। फाइनलमा भने उनले १ विकेट लिए।आसिफको ब्याटिङ, सन्दीपको बलिङ-नेपालको क्रिकेटमा गर्वको अर्को अध्याय!
11/09/2026
१० दिनसम्म अँध्यारो सुरुङभित्र मृत्यु कुरेर बसेका सञ्जय साहले जिते जीवन-७ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज, सकुशल घर फर्किए 🙏
काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण त्रिशूली–३ ए आयोजनाको सुरुङभित्र फसेका सञ्जय साह १० दिनपछि सकुशल उद्धार भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।बाढीपछि सुरुङभित्रै फसेका साहको १०औँ दिनमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा विज्ञसहितको संयुक्त उद्धार टोलीले सकुशल उद्धार गरेको थियो। त्यसपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका लागि भर्ना गरिएको थियो।अस्पतालमा ७ दिन उपचारपछि स्वास्थ्यमा सुधार आएपछि साह आज घर फर्किएका हुन्। सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले साह अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका छन्।त्रिशूली–३ ए आयोजनामा मेकानिकल फोरम्यानका रूपमा कार्यरत साहसँगै सुरुङभित्र फसेका अर्का एक जनाको पनि उद्धार गरिएको थियो। लामो समयसम्म सुरुङभित्र जीवन–मृत्युको संघर्ष गरेपछि सकुशल बाहिरिएका साहको उद्धारलाई बाढीपछिको सबैभन्दा जोखिमपूर्ण उद्धारमध्ये एक मानिएको छ।
10/09/2026
वन कार्यालयमै खोर भत्काएर चितुवा फुत्कियो, नियन्त्रणमा लिन खोज्दा वनरक्षकलाई आक्रमण-५७ वर्षीय बुद्धिजङको हात र अनुहारमा चोट, बेंसीसहरमा त्रा’स
लमजुङ — उद्धार गरी डिभिजन वन कार्यालय बेंसीसहरमा ल्याइएको चितुवा पिँजडाबाट फुत्किएर आक्रमण गर्दा ५७ वर्षीय वनरक्षक बुद्धिजङ गुरुङ घाइते भएका छन्। उनको देब्रे हात र अनुहारमा चोट लागेको छ। प्रदेश अस्पताल बेंसीसहरमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।बेंसीसहर नगरपालिका–११ चितीको धङ खोलामा बिहीबार अशक्त अवस्थामा चितुवा भेटिएपछि प्रहरी, स्थानीय र वन कर्मचारीको टोलीले उद्धार गरेर डिभिजन वन कार्यालय पुर्याएको थियो।
चितुवालाई कास्कीको पचभैयास्थित रेस्क्यु सेन्टर लैजाने तयारी थियो। तर अर्को पिँजडामा सार्ने क्रममा खोर भत्काएर चितुवा फुत्किएको डिभिजनल वन अधिकृत शिव श्रेष्ठले बताएका छन्।फुत्किएको चितुवाले वनरक्षक गुरुङमाथि आक्रमण गरेको थियो। आक्रमणपछि उनी उद्धार गरी ल्याइएको सवारीसाधनभित्रै एक घण्टाभन्दा बढी समय थुनिएर बसेका थिए। चितुवा फुत्किएपछि बेंसीसहर बजार क्षेत्रमा त्रास फैलिएको छ।
10/09/2026
सुत्केरी पीडामा अस्पतालको ढोका टेकिन्, तर पैसा तिर्न नसकेको आ’रोपमा बाहिरिनुपर्यो-अन्ततः अस्पतालकै गेटबाहिर जन्मियो बच्चा!
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको गेटबाहिर एक गर्भवती महिलाले बच्चा जन्माउन बाध्य भएको घटना सार्वजनिक भएको छ।प्राप्त विवरणअनुसार, सुत्केरी गराउन अस्पताल पुगेकी ती महिलासँग रकम मागिएको र उक्त रकम तिर्न नसकेपछि अस्पतालबाट बाहिर निकालिएको आ’रोप छ। मंगलबार राति करिब २ बजे अस्पतालकै गेटबाहिर सडकमा उनले बच्चा जन्माएको बताइएको छ।सुरक्षित प्रसूतिको आशा लिएर अस्पताल पुगेकी महिला प्रसव पीडामा छटपटाइरहँदा अस्पतालकै ढोकाबाहिर नवजात शिशुको जन्म हुनुले स्वास्थ्य सेवा र मानवीय संवेदनामाथि गम्भीर प्रश्न उठाएको छ।गरिब हुनु अ’पराध होइन, पैसा तिर्न नसक्नु कुनै आमालाई सडकमा बच्चा जन्माउन बाध्य पार्ने कारण बन्नु हुँदैन। घ’टनाको तत्काल निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषी देखिए कानुनअनुसार कारबाही गर्न माग उठेको छ।अस्पताल जीवन बचाउने ठाउँ हो, गरिबलाई ढोकाबाट निकाल्ने होइन। 😥
ここをクリックしてあなたのスポンサー付きリスティングを獲得。
カテゴリー
事業に問い合わせをする
電話番号
ウェブサイト
住所
Minato, Tokyo
アラート
Meropostがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。