Saptakoshi

Saptakoshi

Share

Taja taja desh bidesh ka samachar sathai naya naya video herna ka lagi hamilai like garnu hosh

12/09/2026

नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की (कैलाश) को उम्मेदवारी घोषणा

इटहरी । नेपाली कांग्रेस इटहरी उपमहानगरपालिकाको आसन्न नगर अधिवेशनलाई लक्षित गर्दै रतन कार्की (कैलाश) ले उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।

नेपाली कांग्रेस इटहरी उपमहानगरपालिका–१ का वर्तमान उपसभापति समेत रहेका कार्कीले पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र एकताबद्ध बनाउँदै कार्यकर्तामाझ प्रभावकारी नेतृत्व स्थापित गर्ने उद्देश्यसहित उपसभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।

कार्कीले पार्टीको संगठन विस्तार, कार्यकर्ताको सम्मान तथा कांग्रेसलाई थप मजबुत बनाउने अभियानमा आफू सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की (कैलाश) को उम्मेदवारीले आगामी नगर अधिवेशनमा नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।

12/09/2026

देश तथा विदेशका ताजा अपडेट सहित बेलुकाको सप्तकोशी समाचार | SAPTAKOSHI TV | Chanda Khadka || Admand Parajuli ||
*television




*television2026

12/09/2026
11/09/2026

🎤 आवाजमा विचार, विचारमा परिवर्तन!
इटहरी जेसीजको ‘जेसीज सप्ताह २०२६’ अन्तर्गत आयोजित ‘भोइस अफ टुमोरो’ (लेट टंकप्रसाद निरौला मेमोरियल अन्तरविद्यालय (+२) वक्तृत्वकला प्रतियोगिता) मा विद्यार्थीहरूले 'परिवर्तन, सहकार्य र नेतृत्व ’ विषयमा आफ्ना विचार र दृष्टिकोण प्रभावकारी रूपमा प्रस्तुत गरेका छन्।
पुरा समाचार👇

11/09/2026

बीपी कोइरालाको ११३ औं जन्मजयन्नती विशेष प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र बीपी कोइराला आयोजक नेपाल प्रेस युनियन सुनसरी २०८३ भाद्र २६ SAPTAKOSHI TV | Nabaraj Dulal ||

11/09/2026

🎬 ‘बा : एक योद्धा’ अब असोज ९ गतेदेखि सिनेमाघरमा!
बुबाको मुख हेर्ने दिन अर्थात् कुशे औंसीको विशेष अवसरमा नेपाली फिल्म ‘बा : एक योद्धा’को नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको छ।
पुरा समाचार👇

11/09/2026

अर्जुन बस्नेतद्वारा नेपाली काङ्ग्रेस सुनसरी २ (क) को क्षेत्रीय सभापतिमा दाबेदारी घोषणा

इटहरी | नेपाली काङ्ग्रेसको आगामी १५ औं महाधिवेशन नजिकिँदै गर्दा सुनसरी क्षेत्र नम्बर २ (क) मा सांगठनिक सरगर्मी ह्वात्तै बढेको छ। यसै क्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर २० का वर्तमान वडा सभापति अर्जुन बस्नेतले प्रदेश सभा क्षेत्रीय सभापति (सुनसरी २ 'क') पदका लागि आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्नुभएको छ।

लामो समयदेखि स्थानीय तहमा सांगठनिक सुदृढीकरण, भ्रातृ संस्था परिचालन र पार्टी हितका गतिविधिमा सक्रिय रहँदै आउनुभएका बस्नेतले क्षेत्र नम्बर २ (क) मा काङ्ग्रेसलाई थप सुदृढ, सशक्त र गतिशील बनाउने उद्देश्यका साथ आफ्नो उम्मेदवारी रहने स्पष्ट पार्नुभएको हो।

वडा तहमा सफल नेतृत्व प्रदान गरिसक्नुभएका बस्नेत स्थानीय कार्यकर्ता र शुभेच्छुक माझ लोकप्रिय मानिनुहुन्छ। क्षेत्रीय सभापतिमा आफ्नो दाबेदारीबारे बोल्दै उहाँले भन्नुभयो, "पार्टीभित्रका पुराना तथा निष्ठावान् कार्यकर्ताको सम्मान र युवा पुस्ताको ऊर्जालाई समेट्दै सुनसरी २ (क) मा काङ्ग्रेसलाई पहिलो र बलियो शक्ति बनाउनु नै मेरो मुख्य प्राथमिकता हो।"

उहाँले आगामी महाधिवेशनमा सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूलाई ऐक्यबद्ध भई संगठन निर्माणको अभियानमा जुट्न समेत अपिल गर्नुभएको छ। बस्नेतको दाबेदारीसँगै सुनसरी २ (क) को चुनावी माहोल थप रोचक बनेको छ।

11/09/2026

रसुवाको पीडामा इटहरी–२० को साथ
बाढीपहिरोबाट प्रभावित रसुवालगायतका क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि इटहरी उपमहानगरपालिका–२० का स्थानीयवासी, संघसंस्था तथा सामाजिक अभियन्ताहरूको पहलमा ७ लाख ३० हजार रुपैयाँभन्दा बढी सहयोग संकलन गरिएको छ।
विपद्को कठिन समयमा पीडितका लागि हातेमालो गर्दै ‘पीडामा रसुवा, साथमा इटहरी–२०’ भन्ने मानवीय भावनालाई व्यवहारमा उतारिएको छ।
यो सहयोग रकम बाढीपहिरो प्रभावितको राहत तथा पुनःस्थापनामा प्रयोग गरिने जनाइएको छ।
विपद्मा साथ, मानवताको हात।

11/09/2026

बाढी तथा विपद् प्रभावितको राहतका लागि प्याब्सन सुनसरीले हालसम्म करिब ४७ लाख रुपैयाँ संकलन गरेको छ। जिल्लाका १९७ सदस्य विद्यालयमध्ये १८० विद्यालयले सहयोग गरेका छन्।
पुरा समाचार👇

10/09/2026

देश तथा विदेशका ताजा अपडेट सहित बेलुकाको सप्तकोशी समाचार | SAPTAKOSHI TV | Ranjana Poudel || Admand Parajuli ||
*television

Address


Balaju

Alerts

Be the first to know and let us send you an email when Saptakoshi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Balaju.