Kaloparda

Kaloparda

Share

This is an official page of https://kaloparda.com

28/07/2026

सेना परिचालन पश्चात् सामान्य बन्दै देवानगन्ज बजार क्षेत्र ।

28/07/2026

देवानगञ्ज - ३
देवानगञ्जमा दुई समूह बिच दोहोरो भि*डन्त, घरेलु ह*तियारसहित सडकमा उत्रिए दुई समूह : स्थिति सुरक्षा नियन्त्रण बाहिर ।
Video : Social Media

27/07/2026

इनरुवाको गोल चोकमा विरोध प्रदर्शन ।
प्रहरी बिट समेत तोडफोड गरिएको छ ।
भिडलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

Video : Social Media

27/07/2026

सुनसरी घटनाको छानबिन गर्न समिति गठन ।
गो*ली लागेर १ जनाको मृ*त्यु ,९ जना घाइते
सुनसरीमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृहमन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। घटनाका क्रममा सुरक्षाकर्मीले चलाएको गो*ली लागेर १ जनाको मृ*त्यु भएको छ भने ९ जना सर्वसाधारण घाइते भएका छन्।
घटनापछि उत्पन्न परिस्थितिबारे अनुसन्धान गरी यथार्थ विवरण सार्वजनिक गर्न तथा आवश्यक सिफारिस पेश गर्न गृहमन्त्रालयले छानबिन समिति गठन गरेको जनाएको छ। घाइतेहरूको उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको सम्बन्धित निकायले जनाएको छ।

24/07/2026

रौतहट गुजरा नगरपालिका–५,
खुकुरी प्रहारबाट महिलाको ह*त्या ।
ह*त्यारा खुकुरी सहित शवकाे नजिकै भेटिए यस्तो अवस्थामा । रौतहटको हरिहरपुरमा एक महिलाको घाँटीमा खुकुरी प्रहार गरी निर्मम ह*त्या गरिएको छ।
प्रारम्भिक जानकारी अनुसार मृतकका श्रीमान् रोजगारीका लागि काठमाडौंमा रहेका थिए भने घरमा ९ वर्षीय छोरा मात्र थिए। घटनापछि आरोपीलाई नियन्त्रणमा लिन पुगेका प्रहरीमाथि पनि खुकुरी प्रहार गर्ने प्रयास भएको बताइएको छ। प्रहरीले आवश्यक बल प्रयोग गरी आरोपीलाई नियन्त्रणमा लिएको प्रारम्भिक सूचना छ।
घटनाको कारण र आरोपीको पहिचानबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। आधिकारिक विवरण सार्वजनिक भएपछि थप जानकारी आउनेछ।

15/07/2026

सवारी साधनको यान्त्रिक परिक्षण। प्रहरीकै गाडि पनि चेकजांच!!

14/07/2026

सांसद ज्ञानेन्द्र शाही गृहमन्त्रीसंग रि ' साए!

14/07/2026

प्रतिनिधि सभा बैठक, २०८३ असार ३० गते, मंगलबार

09/07/2026

गणेश नेपालीलाई उपचार गर्न भारत लैजान प्रधानमन्त्री शाहको निर्देशन ।
प्रधानमन्त्री सचिवालयको विज्ञप्ति यस्तो रहेको छ -
नेपाल सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा जलन भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने भएको छ । हाल वीर अस्पतालमा उपचाररत नेपालीको थप तथा विशिष्टीकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीस्थित ‘अखिल भारतीय आयुर्विज्ञान संस्थान’ (AIIMS) लैजाने तयारी गरिएको छ ।
​बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू आजनै वीर अस्पताल पुग्नुभएको छ । उहाँहरूले वीर अस्पतालका चिकित्सक टोलीहरुसँग घाइतेको पछिल्लो स्वास्थ्य स्थिति र उपचारको प्रगतिका बारेमा प्रत्यक्ष जानकारी लिनुभएको छ ।
चिकित्सकहरूसँगको परामर्श र अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै उहाँहरूले बिरामीलाई तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाउन निर्देशन दिनुभएको छ ।
​प्रधानमन्त्री वालेन्द्र शाहको विशेष पहलमा गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने यो सम्पूर्ण प्रक्रिया अघि बढाइएको हो ।

09/07/2026

"सिंहदरवार कसले ज*लायो ?" , सांसद खगेन्द्र सुनार ...

Telephone

Address


Biratnagar/6, Morang , Koshi Province-
Biratnagar
56613