DNG.com
Daily news is published on this page
शहयाेगि हात जुट्दै
30/04/2023
Gunman kills five, including child, at Texas home Police in Cleveland, Texas, say the victims were killed over an argument about shooting practice.
20/04/2023
आठराई त्रिवेणी गाउँपलिकाको को सक्षिप्त परिचय
शुक्रराज राई
कोशी प्रदेशमा रहेको आठराई त्रिवेणी गाउँपलिकाको छुट्टै महत्व रहेको छ । भौगोलिक विषय, शिक्षा क्षेत्रको अग्रता, प्राकृतिक सुन्दरता, सबै जातजातिहरूको वासस्थान, पर्यटकीय सम्भावनाको अवस्था यस क्षेत्रलाई चिनाउने माध्यम हुन् । यसका साथै विश्वमै प्रसिद्ध मानिने अलैची यस क्षेत्रको आर्कषकको केन्द्रविन्दु रहेको छ । नेपालकै प्रसिद्धि पाएको ढाका टोपी, आठराईका खुकुरी, खाँडी कपडा, राडीपाखी लिम्वूहरूको धान नाच, तामाङहरूको तामाङ् सेलो, बालुन नाच, व्राह्मणले वजाउने नौमती बाजा यस क्षेत्रलाई चिनाउने प्रमुख विषेशताहरू रहेको गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमूले बताएका छन् ।
आठराई त्रिवेणी गाउँपालिका पूर्वी नेपालको मेची अञ्चल अन्तरगत ताप्लेजुङ जिल्लाको दक्षिणपश्चिम भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७ सय ४४ स्थानीय तह लागू गर्दा ताप्लेजुङ जिल्लामा साविकको फूलबारी, निघुरादीन, चाँगे र हाङपाङ गाउँ विकास समितिहरूलाई आठराई त्रिवेणी गाउँपालिका बनाइएको अध्यक्ष पोमूले बताएका छन् । यस गाउँपालिकाको कूल क्षेत्रफल ८८.८३ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसंख्या १३७८४ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा पाथिभरा याङ्गवारक गाउँपालिका र पाँचथर जिल्ला पश्चिममा मैवाखोला गाउँपालिका उत्तरमा फुङ्लिङ नगरपालिका तथा दक्षिणमा तेह्रथुम जिल्ला सम्म फैलिएको छ ।
13/04/2023
उर्लाबारीमा चाँडै पुर्जा बाँडिने
बिकास निरौला
उर्लाबारी, ३० चैत
मोरङको उर्लाबारीमा बुधबार सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ । कार्यक्रममा नगरपालिकाको तर्फबाट प्रतिवेदनहरु सार्वजनिक भएपछि सरोकारवालाहरुले नगर प्रमुख, नि. प्रमुख प्रशासकीय अधिकृत अन्य जनप्रतिनिधि, कर्मचारीहरु, सरोकारवाला संस्थाका प्रमुखहरुले जसोतसो जवाफ दिएका छन् । आशा र भरोसामा रहेका स्थानीयले निकैबेर मञ्चमा रहेका सरोकारवालाहरुलाई नै गम्भीर प्रश्नहरु गरेका कारण जवाफ दिनेहरुलाई पनि सहज थिएन ।
कार्यक्रममा स्थानीयका प्रश्नको उत्तर दिंदै नगर प्रमुख गंगाप्रसाद खरेलले जग्गा बर्गीकरणको बिषयमा स्थानीयको गुनासोका कारण छिमेकी पालिकाको आधारमा उर्लाबारीको निणर्य फरक भए सच्याउन सकिने स्पष्ट पारेका छन् । उनले वडाहरु बढ्ने बताउँदै अब ठूला वडालाई बजेटमा ख्याल गर्ने जानकारी दिएका छन् । जवाफ दिंदै उनले बेतिनी सामुदायिक वनलाई छुट्याइएको १ करोड रुपैयाँ रहेको र डीपीआर तयार हुँदै गरेको जानकारी दिएका छन् । नगरको सो बजेट कसरी उपयोग गर्ने भन्ने बारेमा अन्तिम बहस भने हुन नसकेको उनको भनाई छ ।
त्यसैगरी उनले सार्वजनिक र खोलाको जग्गा बाहेकको पुर्जा लिन बाँकी रहेका जग्गाको पुर्जा चाँडै बाँडिने बताएका छन् । उनले सन्थाल बस्तीका बारेमा बोल्दै बिगतमा भएको काम गराइमा केही त्रुटी भएको भन्दै अब यसलाई काम अगाडि बढाउने जानकारी दिएका छन् । उनले तटबन्धका काम निरन्तर भइरहने बताउँदै पूर्व पश्चिम राजमार्ग आगामी भदौ देखि भत्किएर नयाँ काम सुरु हुने जानकारी दिएका छन् । नगर प्रमुख खरेलले विकास निर्माणमा कमजोर काम भए सुचना दिन आग्रह गर्दै अब बन्ने कालोपत्रे सडक कम्तीमा ५/७ बर्ष टिक्ने दावी गरेका छन् । तर गरिब बस्तीमा भने सह लगानी नहुने भएकाले अझै पछि पर्ने भएको सहभागीहरुको गुनासो रहेको छ । नगर प्रमुख खरेलले निर्माण कार्यमा सबैको निगरानी हनुपर्ने, जुत्ता नखोल्ने कृषकहरूले मम गर्नुपर्ने, बजारमा सीसी क्यमेरा राखिने, २२ करोडको लागतमा टर्मिनल सहितको बसपार्क उर्लाबारीमा बनाउने बताएका छन् । उनले शिक्षक सरुवाका रहस्य, मनपरी ब्याज, बक्राहा बिष्णुगंगाको नाम, जग्गा जोतभोग लगायतका बारेमा पनि प्रष्ट पारेका छन् ।
उनले उर्लाबारीमा चिसान केन्द्र स्थापना गर्ने, राजघाट स्वास्थ्य चौकीको स्तररोन्नति, ९ नम्बरको लामो टोलको सडक निर्माण जस्ता कार्य गरिने बताएका छन् । उनले सामुदायिक विद्यालयहरुको समग्र बिकासका लागि राष्ट्रिय योजना आयोग मार्फत काम गरिने बताउँदै भानु मार्ग विश्व बैंकबाट, तटबन्धहरु एशियाली बिकास बैंकबाट गरिने बताएका छन् । उनले १७ वटा योजनाहरुको डीपीआर सहित विभिन्न मन्त्रालयमा योजना माग गरेको बताएका छन् । प्रमुख खरेलले विगतको २२ करोड बेरुजु रहेको बताउँदै आफ्नो कार्यकालमा बेरुजु हुनेगरी काम नगर्ने दाबी गरेका छन् । त्यसैगरी निमित्त प्रमुख प्रशासकीय अधिकृत मुरारी प्रसाद घिमिरेले उर्लाबारीमा विगत ४ महिनामा भए गरेका उपलब्धी र अब गरिने कामको बारेमा स्थानीयलाई जानकारी गराएका छन् । उनले उर्लाबारीका कुनै योजनाहरु कटौती नहुने, असारे बिकास नगर्ने, भनेको समयमा योजना सम्झौता नभए योजना काटिने लगायतका बिषयमा स्पष्ट पारेका थिए ।
त्यसैगरी इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङले दुव्र्यसनीको न्युनिकरण गर्न सबैबाट सूचना र साथ आवश्यक रहेको बताएका छन् । उनले यस्ता काममा स्थानीय सरकारसँग मिलेर जनचेतनाका कार्यक्रम गर्ने जानकारी दिंदै आफूहरुसँग बजेट र जनशक्ति अभाव रहेको बताएका छन् । उनले गस्तिलाई अझ प्रभाबकारी बनाउने विश्वास दिलाएका छन् ।
सो कार्यक्रममा वडा नं. २ का अध्यक्ष राजकुमार कँडेल, ९ का अध्यक्ष नरबहादुर मोक्तान लगायतले सहभागीहरुका प्रश्नहरुको उत्तर दिएका थिए ।
12/04/2023
जीवन जिउन सक्ने जनशक्ति तयार पार्दै दुर्गा मावि
बिकास निरौला
उर्लाबारी, २९ चैत
मोरङको उर्लाबारी नगरपालिका वडा नं.३ मंगलबारेमा रहेको दुर्गा माविले स्थानीयकै पहलमा कक्षा १२ सम्म अध्यापन गराउँदै आएको छ भने प्राविधिक शिक्षामा पनि जोड दिएको छ । एकान्तमा रहेको दुर्गा माध्यमिक विद्यालय शान्त, मनोरम वाताबरणमा रहेको छ । निकै दुखले प्राविबाट मावि बन्न सफल त्यसमा पनि प्राविधिक धारको अध्यापन गराउन सक्नु चानचुने बिषय थिएन ।
स्थानीय र शिक्षकहरुको प्रयासमा विद्यालयले मुहार फेर्न थालेको छ । २०३९ सालमा स्थापना भएको सो विद्यालयको विगतमा ओस आएका चिसा कोठा, पानी जमेका चौर, घाम लाग्दा फुङ्ग उड्ने धुलो, कामचलाउ फर्निचर अनि
खोर जस्तो कोठामा सीमित विद्यार्थी रहेको अवस्था थियो । त्यतिखेरको अवस्थाको कष्टसाध्य यात्रा छिचोल्दै अहिले दुर्गा माविले औसतभन्दा माथि उठ्न सफल भएको छ । विद्यालयका भवन संरचना कुनै जीणर् पनि छन्, कुनै व्यवस्थित छन् ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत दुई तले आरसीसी भवन निर्माणको काम अन्तिम
चरणमा पुगेको प्रधानाध्यापक शारदा पाण्डे कार्कीले बताएकी छन् ।
सो विद्यालयको समग्र विकासका लागि भौतिक पक्ष एउटा महत्वपूणर् पाटो बनेको छ । यद्यपि यस विद्यालयले जति मात्रामा भौतिक सुविधा उपलब्ध गराउनुपथ्र्यो त्यति नै भने उपलब्ध गराउन नसकेको अवस्था रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारसमणि कुईंकेलले जानकारी दिएका छन् । व्यावसायिक शिक्षा तथा तालिम परिषद्
(सीटीइभीटी)बाट सम्बन्धन प्राप्त यस विद्यालयमा इन्जिनियरिङ पढाइ हुने उर्लाबारीकै पहिलो सरकारी प्राविधिक शिक्षालय बनेको छ । २०७५ सालबाट विद्यालयमा प्राविधिक विषय पढाई
भइरहेको सञ्चालकहरुको भनाई छ । प्राविधिक शिक्षाका अलवा शैक्षिक क्रियाकलाप, बालमैत्री वातावरणसँगै नैतिक शिक्षा, व्यावहारिक ज्ञान, सामाजिक शिक्षा जस्ता जीवनपयोगी पद्दतिले दुर्गा माविलाई हेर्ने दृष्टिकोण अहिले बेग्लै बन्दै गएको छ । सबैको पहुँच पुग्नेगरी प्राविधिक शिक्षालयको व्यवस्था भएकोमा स्थानीय एवम् जनप्रतिनिधि समेत खुशी भएका छन् ।
त्यसैगरी मन्टेश्वरी बाल कक्षाको व्यवस्था, नर्सरीदेखि दुई कक्षासम्म अंग्रेजी माध्यममा पढाई हुने यस विद्यालयमा वाणिज्य संकायतर्फ १२ कक्षासम्म पठनपाठन गराइदै आएको प्रधानाध्यापक पाण्डेले बताएकी
छन् । २०७५ सालबाट प्राविधिक शिक्षामा फड्को मारेपछि डिप्लोमा इन सिभिल इन्जिनियरिङ (३ वर्षे) र सिभिल सव ओभरसियर (१८ महिने) कोर्ष संचालनमा रहेको प्राविधिक
धारका संयोजक सुमन अधिकारीले बताएका छन् । इन्जिनियरिङमा डिप्लोमा तहको अध्ययनपछि हाइड्रोपावर, सडक, खानेपानी आयोजना, पर्यटन लगायतका क्षेत्रमा सहजै रोजगारीको अवसर प्राप्त गर्न सकिने कार्यक्रम संयोजक
अधिकारीको भनाई छ । उनी भन्छन्,‘विद्यालयमा छ्ट्टै आइसीटी हल छ । डिजिटल बोर्डका माध्यमबाट पढाई हुनाले विद्यार्थीलाई कोर्ष अध्ययन गर्न सहज भएको छ । साथै आधुनिक औजार र उपकरण सिकाइका माध्यम बनेका छन् ।’
कार्यक्रम संयोजक अधिकारीका अनुसार विद्यार्थीलाई कक्षा सेक्सनअनुसार ल्यापटप चलाउन दिने गरिएको छ, त्यस्तै डेक्सटपमा पनि सिकाउने गरिन्छ । ‘हामीले कक्षाकोठालाई कसरी व्यवस्थित गर्ने, प्राविधिक शिक्षालाई अग्रस्थानमा
कसरी लैजाने भन्नेबारे छलफल
गरिहन्छौं, उनले थपे, ‘दक्ष, मेहनती तथा प्राविधिक शिक्षक समूह, स्तरीय पुस्तकालय, विज्ञान प्रयोगशाला, इन्जिनियरिङ ल्याब, कक्षागत रुपमा अभिभावक भेला साथै अनुशासित विद्यार्थी समूह र सिकाईमा शैक्षिक सामग्रीको प्रयोगबाट नै विद्यालयले सफता पाएको छ ।’ एसइइ दिइसकेका विद्यार्थीलाई न्युनतम शुल्कमा ब्रिज कोर्ष पनि गराइने उनले जानकारी दिएका
छन् ।
यस्तै विद्यालयकी प्रध्यानध्यापक पाण्डे भन्छिन,‘सबै लागिपरेकाले नै विद्यालय यो अवस्थामा आईपुगेको हो, विद्यालयप्रतिको मेहनत, लगाव र सफलतामा हामीले कुनै कन्जुस्याई
गरेका छैनौ, स्वाबलम्बी र आत्मनिर्भर बनाउने, जीवन जिउन सक्ने
जनशक्ति तयार पार्ने उदेश्यले प्राविधिक शिक्षालाई विशेष जोड दिइएको
छ ।’
सामाजिक र आर्थिक रूपले पछि परेका विद्यार्थीको प्राविधिक शिक्षामा समतामूलक पहुँच होस् भन्ने यो कार्यक्रमको प्रमुख लक्ष्य रहेको उनको भनाई छ । समुदायको बढ्दो माग तथा निजी आधुनिक र स्तरीय शिक्षाको आवश्यक्तालाई मध्यनजर गर्दै सर्वसुलभ ढङ्गबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने आफूहरुको प्रमुख उदेश्य रहेको प्लस टुका कार्यक्रम संयोजक श्रीप्रसाद न्यौपानेको भनाई छ । उनी थप्छन् -‘विद्यार्थीको सिकाइको सबल र कमजोर पक्ष र अरू व्यवहारगत पक्षहरू बारे अभिभावकहरुसँगको नियमित संचारले विद्यालयलाई उपयुक्त उपाय खोजी गर्न तथा परिवारको सहयोग परिचालन गर्न हामी लागि परेका छौँ ।’ करिब एक विगाहा जग्गामा रहेको सो विद्यालय परिसरमा पर्याप्त खेल मैदान छ । विद्यालयमा जम्मै कक्षा तहका गरी ५ सय ५४ छात्रछात्रा अध्ययनरत छन् । हाल विद्यालयमा १८ जना शिक्षक, कर्मचारी रहेका छन् ।
किसानहरुका बीचमा मौलाएको विचौलिया पद्धति बन्द गर
सम्पादकीय
स्थानीय सरकारले कस्तो माटोमा कुन समयमा कसरी लगाउने, पोषण तत्व कति दिने, बिषादी, रासायनिक मल कति दिने गोडमेल कसरी गर्ने भन्ने जस्ता कुराहरुका बारेमा किसानलाई पूणर् ज्ञान दिन जरुरी छ । त्यसैगरी प्राबिधिक र तालिम, सिंचाइ, यांन्त्रिकीकरण अभावका कारण किसानहरु पछि परेका छन् छैनन् भन्ने बारेमा अध्ययन गर्न आवश्यक छ ।
तर सैद्धान्तिक ज्ञान दिने नाममा राज्यकोष रित्याउने काम होइन, ब्यबहारिक रुपमा काम गर्न थाल्नु पर्छ । त्यस्तै प्राविधिक ज्ञान र तालिम अभावका कारण किसानहरु जथाभावी रासायनिक मल र विषादि विक्री गर्ने स्थानीय व्यापारीहरुवाट ठगिईरहेका पनि हुन्छन्, यसको निगरानी पनि गरिनु पर्छ । यस्ता समस्यालाई मध्यनजर गरि गाउँ गाउँमा हरेक किसानको पहुँचमा हुनेगरी प्राबिधिक खटाउन स्थानीय सरकार लाग्नुपर्छ । किसानलाई आर्थिक अनुदान भन्दा किसानका बालीमा आइपर्ने समस्याको समाधान सरकारले सहयोग गर्नु
पर्दछ ।
यस्ता बिषयमा कृषिमा उच्च शिक्षा हासिल गर्ने जनशक्तिलाई उचित ब्यबस्थापन गर्नु सरकारको दायित्व हो,क्षमता अनुसार कामको जिम्मेवारी दिइनुपर्छ । अर्कोतर्फ पूर्वाधारका क्षेत्रमा निजी क्षेत्रका लगानीकर्तालाई आकर्षित गर्न केही कार्यक्रम ल्याउन आवश्यक छ । यस अन्तर्गत साना र मझौला मेशिनरीहरुलाई स्थानीय स्तरमै पोषण, औषधि र विषादिजन्य उत्पादन समेत गर्न जरुरी छ । त्यस्तै शित भण्डारहरु निर्माण गर्ने र किसानका लागि बीउ मल तथा औजार सुपथ मुल्यमा उपलब्ध गराउन अब स्थानीय सरकारले पहल गर्नुपर्दछ । ठूला कृषि योजनामा चाहिने मेसिन औजार आयातमा भन्सार छुटको ब्यवस्था गरिनुपर्छ । सिंचाइका साना आयोजना निरन्तर मर्मत गर्न भुल्नु हुँदैन । मेसिन तथा उपकरणमा चाहिने विद्युत खपतको बारेमा पनि सहजता ल्याउन जरुरी छ । स्थानीय स्तरमै बीउ बिजन उत्पादन कृषकहरु बाटै हुन सक्नु पर्दछ । अहिले किसानको समस्या ऋण अनुदान भन्दा पनि उत्पादित वस्तुको वजार ब्यवस्था रहेको छ । त्यसकारण यस्ता बिषयमा स्थानीय सरकारको ध्यानाकर्षण हुन जरुरी छ । अहिले किसानहरुका बीचमा मौलाएको विचौलिया पद्धति बन्द गरी संस्थागत वजारको विकास गरिनु पर्ने भएको छ । त्यस्तै बाली बीमा, न्यून ब्याजदरमा ऋण , उत्पादनलाई व्यवस्थित र आधुनिकीरण, कृषिमा नीतिगत अन्यौलताका बारेमा सरकारको ध्यान जान जरुरी छ । किसानले थामेको मुलुकका किसानहरुलाई राज्यले सहि मार्ग देखाउन सक्नुपर्छ । जसका कारण धान बिनासको जस्तो बेहाल किसानले ब्यहोर्नु नपरोस् । जे होस् कृषि क्षेत्रमा स्थानीय सरकार गम्भीर बन्नुपर्छ ।
पालिकाबाटै श्रम स्वीकृति
मोरङ, २० चैत
स्थानीय तहबाटै श्रम स्वीकृतिको लागि निवेदन दिन पाइने भएको छ ।
आउने बैशाख १ गतेदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको निवेदन स्थानीय तहबाटै हुने भएको हो ।
श्रम स्वीकृति निवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बैशाख १ गतेदेखि ७ सय ५३ वटै स्थानीय पालिकाबाट निवेदन दिने व्यवस्था मिलाएको जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत आवेदन फर्म भर्न सकिने मन्त्रीस्तरीय निणर्य भएको जानकारी दिईएको छ ।
01/04/2023
"देश र जनताको हितको लागी हामी सबै लागीपराै"
प्रेम बर्देबाकाे परिचय र केहि भिजनहरू
पिता स्व. अमृत कुमार तथा माता देवी बर्देवाका माईला सुपुत्र प्रेम बर्देवाले चितवनमा हुने उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर 2 बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन् । बिभिन्न सामाजिक कार्यमा सकारात्मक ढंगबाट समाजमा टेवा पुग्ने हितकारी कामहरु गर्दै आएका बर्देवा कानुन विषयका विद्यार्थी तथा समाजमा केही फरक ढंगले सामाजिक कार्य गरौं भनी खोलिएको क्रिएटर इनोभेसन् सलुशन एण्ड एड्भाइस् सेन्टरका सञ्चालक
हुन् । उनले । सेल्फ स्टडी गर्दै समाजमा सकारात्मक परिवर्तनको निम्ति जनताको मर्म बुजेर काम कार्यहरु गर्दै आइ रहेका छन् । उनी आफूलाई नेता होइन, एक सही लिडर भन्न रुचाउ छन् । जसले समाज, देश, युवा / महिला, मजदुर, बृद्ध सबैको निम्ति लिड गरी काम गर्न सक्ने म एक युवा भन्छन् । .. चन्द्र, सूर्य र हावा सरह स्वतन्त्र ..... ।
Category
Contact the public figure
Telephone
Website
Address
Urlabari, Morang
Biratnagar
Alerts
Be the first to know and let us send you an email when DNG.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.