Arjun Kulung Rai
We must keep moving,
We must keep going,
If You Can't Fly, Run. If You Can't run, Walk. But by all means,
Keep Moving.
- Martin Luther King, Jr.
05/08/2026
आँखाले देखेको आकृतिले सत्यको उज्यालो छेक्दैन,
हृदयले हेर्न जाने दृष्टि कहिल्यै भ्रममा टेक्दैन ।
🙏💖 🎂 👩 “Mom” 💖
08/06/2026
निर्धारण लक्ष्यमा यात्रा गर्दा, ठेस लाग्नु स्वाभाविक हो,
तर ठेसको गुनासोमा अल्झिएर बस्ने समय छैन !
हिँड्नेलाई बाटोले परीक्षा लिन्छ,
सपना देख्नेलाई परिस्थितिले चुनौती दिन्छ ।
कहिले घामले पोल्छ, कहिले वर्षाले भिजाउँछ,
तर गन्तव्यमा पुग्ने अठोटले पाइला रोक्न दिँदैन !
12/05/2026
उभौली साकेला सिली तथा शुभकामना आदानप्रदान कार्यक्रम : बेलबारी
11/05/2026
सुन्दरहरैंचामा उभौली विशेष साकेला सिली तथा शुभकामना आदानप्रदान कार्यक्रम
"अब शब्द होइन, चरित्र बोल्नुपर्छ !"
जनमत कहिल्यै मौन हुँदैन । कहिले भरोसाको स्वर बन्छ, कहिले चेतावनीको बाजा । अहङ्कारले सत्य अस्वीकार गर्दा, विचारभन्दा व्यवहार हराउँदा, पतनको बाटो आफैँ खुल्छ ।
भहकमा केही असलहरू बलि हुन्छन्, तर जनमत सधै जीवित रहन्छ । किनकि व्यक्ति गलत हुन सक्छ, तर सिद्धान्त मर्दैन । अब शब्द होइन, चरित्र बोल्नुपर्छ । सिद्धान्तलाई व्यवहारमा उतार्ने समय हो । शैलीलाई समयानुकूल, नवीन र सृजनशील बनाउने बेला हो ।
समीक्षा गरेर सुध्रिन सके इतिहासले फेरि सम्मान दिन सक्छ । तर पुस्ता र भविष्यकै विश्वास गुमाउनेले, भोलि आफ्नो पक्षमा उभिने आधार पाउन सधैँ कठिन हुने छ ।
चुनाव सकिन्छ, सम्बन्ध बाँकी रहन्छ ! 🙏
चुनाव लोकतन्त्रको महापर्व हो, तर जीवन केवल चुनावमा सीमित हुँदैन । चुनाव सकिएपछि पनि हामी यही समाजमा सँगै बस्ने, भेटिने र सहकार्य गर्ने मान्छे हौँ । नेतृत्व जनमतले तय गर्छ, बहुमतले परिणाम दिन्छ, त्यो लोकतन्त्रको सर्वोच्च विधि हो । त्यसैले परिणाम जसको पक्षमा आए पनि सम्मान गर्नु हामी सबैको कर्तव्य हो ।
राजनीति विचारको प्रतिस्पर्धा हो, सम्बन्ध तोड्ने माध्यम होइन । क्षणिक आवेग, कटु टिप्पणी र उत्तेजित व्यवहारले वर्षौँको सामाजिक तथा पारिवारिक सम्बन्ध बिग्रन सक्छ । नेताहरू पनि यही समाजका सदस्य हुन्; समाजभन्दा पृथक् कोही नेतृत्वमा आउँदैन ।
तसर्थ, चुनावी प्रतिस्पर्धालाई स्वस्थ र मर्यादित बनाऔँ । मतभेदलाई मतभेद नबनाऔँ । परिणामपछि पनि हाम्रो सम्बन्ध, सहकार्य र सामाजिक सद्भाव जोगाइराख्न संयमित, सभ्य र सकारात्मक व्यवहार गरौँ । यही नै परिपक्व लोकतन्त्रको पहिचान हो ।
17/02/2026
Life rewards those who respect the clock but follow their heart ✌️❤️
04/01/2026
मिनारी दाचाम चासूमलो निङदोङ चाक्चाकूर येलेदोेङ - ५०८६
11/12/2025
पिपुल्स बहुउद्देश्यीय सहकारीका सिङ्गो टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।🙏💝💝💝
Contact the public figure
Website
Address
Belbari
Biratnagar
Alerts
Be the first to know and let us send you an email when Arjun Kulung Rai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.