उज्यालो रामबाबु यादव
Politician
अब आउने साउन महिनादेखि निजी विद्यालयका विद्यार्थीबाट ‘समता शुल्क’ का नाममा ३% अतिरिक्त शुल्क उठाइने भएको छ। यसको कारण सरकारले सरकारी विद्यालयका विद्यार्थीहरूको हितका लागि यो शुल्क संकलन गरिने बताएको छ।
तर सरकारलाई के लाग्छ? निजी विद्यालयमा धनीका छोराछोरी मात्र पढ्छन् र सरकारी विद्यालयमा गरिबका मात्र?
वास्तविकता त्यस्तो होइन। सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा नपाएर धेरै गरिब परिवारले पनि ठूलो आर्थिक बोझ सहेरै आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाइरहेका छन्।
यदि शिक्षा क्षेत्रमा समानता ल्याउने नै उद्देश्य हो भने, निजी विद्यालयका विद्यार्थीमाथि थप आर्थिक भार थोपर्नुभन्दा सरकारी विद्यालयको शिक्षा गुणस्तरीय बनाऊ।
सरकारी विद्यालय राम्रो भए सबै अभिभावक स्वाभाविक रूपमा आफ्ना छोराछोरी त्यहीँ पढाउन चाहन्छन्। समाधान गुणस्तरीय शिक्षा हो, अतिरिक्त शुल्क होइन।
प्रिय युवा,
यदि तिम्रो घरमा खान, लगाउन र परिवारको भविष्य सुरक्षित छ भने नेताको पछि लागेर जयजयकार गर्न तिम्रो रोजाइ हुन सक्छ।
तर यदि आफ्नो परिवारको आधार अझै कमजोर छ भने, आजैदेखि आफ्नै भविष्य र परिवारको जिम्मेवारीलाई पहिलो प्राथमिकता देऊ।
सम्झ, नेता बदलिँदा मात्रै जीवन बदलिँदैन; आफ्नो मेहनत, सीप र निर्णयले जीवन बदलिन्छ।
जसलाई जिताए पनि, अन्ततः आफ्नो परिवारको जिम्मेवारी तिम्रै काँधमा हुन्छ।
भरिएको पेटले नारा लगाउन सजिलो हुन्छ, तर खाली पेटले पहिले रोजगारी र सम्मानजनक जीवन खोज्छ।
09/07/2026
हामी १–२ वटा किताब घोकेर लोकसेवा पास गर्यौं भने आफूलाई दुनियाँकै सर्वश्रेष्ठ ठान्छौं।
एउटै विषयको किताब १० वर्ष पढाएर विद्यार्थीलाई अलि राम्रोसँग बुझाइदियौं भने "म नै सबैभन्दा उत्कृष्ट शिक्षक हुँ" भन्ने भ्रम पाल्छौं।
एउटा सानो व्यापार सफल भयो भने अरूलाई केही नजान्ने ठान्छौं।
दुई–चारवटा भाषण गरेपछि आफूलाई महान् नेता सम्झन्छौं।
सामाजिक सञ्जालमा केही लाइक र फलोअर बढेपछि आफूलाई सेलिब्रिटी ठान्न थाल्छौं।
यदि हामीजस्ता सामान्य काम गर्ने लाखौं मानिसमा यति धेरै घमण्ड हुन सक्छ भने, मानवजातिको जीवन सहज बनाउन नयाँ खोज, आविष्कार र प्रविधि विकास गर्ने वैज्ञानिकहरू कति घमण्डी हुनुपर्ने हो?
तर वास्तविकता उल्टो छ। जति धेरै ज्ञान बढ्दै जान्छ, उति नै विनम्रता बढ्छ। त्यसैले घमण्ड होइन, ज्ञानसँगै नम्रता पनि बढाऔँ।
घण्टी पार्टीका प्रिय साथीहरू, अहिले रोपाइँको मुख्य समयमा किसानहरू रासायनिक मलको अभावका कारण ठूलो समस्यामा परेका छन्। सरकारसँग कडा दबाब, निरन्तर खबरदारी वा आवश्यक पहल जुनसुकै माध्यमबाट होस्, सबैभन्दा पहिले किसानलाई समयमै मल उपलब्ध गराउने व्यवस्था गरौं। बाँकी राजनीतिक नाटक–नौटंकी पछि पनि गर्न सकिन्छ। किसानको रोपाइँ भने पर्खिँदैन।
06/07/2026
राजनीति र खेल धेरै हदसम्म उस्तै हुन्छन्। मैदानमा एउटा खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि, उसले एक्लै खेल जिताउन सक्दैन। जितका लागि पूरै टोलीको एकता, अनुशासन, रणनीति र सही समयमा भाग्यको साथ पनि आवश्यक हुन्छ।
राजनीतिमा पनि अवस्था यही हो। एउटा नेता इमानदार, मेहनती र जनताको पक्षमा समर्पित भए पनि, यदि उसको टोलीमा एकता, स्पष्ट उद्देश्य र जनविश्वास छैन भने अपेक्षित सफलता प्राप्त गर्न गाह्रो हुन्छ।
व्यक्तिगत क्षमता महत्त्वपूर्ण हुन्छ, तर सामूहिक प्रयासले मात्र ठूलो परिवर्तन सम्भव बनाउँछ। त्यसैले जित केवल एक व्यक्तिको उपलब्धि होइन, त्यो सम्पूर्ण टोलीको मेहनत, विश्वास र सही अवसरको परिणाम हो।
Category
Contact the organization
Telephone
Website
Address
Birgunj
Alerts
Be the first to know and let us send you an email when उज्यालो रामबाबु यादव posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.