Tilottama FM
रुपन्देही जिल्ला मा सबै भन्दा धेरै प्रसारण क्षेत्र भएको रेडियो स्टेशन
29/07/2026
तिलोत्तमा एफएममा आबद्ध भई शब्द सञ्जाल साहित्यिक कार्यक्रममार्फत साहित्य र सिर्जनाको सुगन्ध फैलाइरहनुभएका तपाईंलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना Yam Sagar Basyal
19/07/2026
🏆 आजको World Cup Final! ⚽
कसले जित्छ भनेर आफ्नो Prediction कमेन्ट गर्नुहोस्।
🎁 सही Prediction गर्ने एक जना भाग्यशाली विजेताले रु. 1000 प्राप्त गर्नुहुनेछ।
⏰ खेल सुरु हुनुअघि आफ्नो Prediction लेख्न नबिर्सनुहोस्!
🔥🏆
तिलोत्तमा नगरपालिकाले शैक्षिक संस्थालाई पहुँचका आधारमा बजेट छुट्याउँछ। — राममणि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ताराप्रसाद पराजुली।
#उच्चशिक्षा
#रोजगारी
#शैक्षिकबहस
#राममणिबहुमुखीक्याम्पस
फिफा विश्वकप २०२६ खेल तालिका (नेपाली समय अनुसार)
समूह A
जेठ २९: मेक्सिको VS दक्षिण अफ्रिका — राति १२:४५ बजे
जेठ २९: दक्षिण कोरिया VS चेक रिपब्लिक — राति ७:४५ बजे
असार ४: चेक रिपब्लिक VS दक्षिण अफ्रिका — राति ९:४५ बजे
असार ५: मेक्सिको VS दक्षिण कोरिया — राति ६:४५ बजे
असार ११: दक्षिण अफ्रिका VS दक्षिण कोरिया — राति ६:४५ बजे
असार ११: चेक रिपब्लिक VS मेक्सिको — राति ६:४५ बजे
समूह B
जेठ ३०: क्यानाडा VS बोस्निया — राति १२:४५ बजे
जेठ ३१: कतार VS स्विट्जरल्याण्ड — राति १२:४५ बजे
असार ५: स्विट्जरल्याण्ड VS बोस्निया — राति १२:४५ बजे
असार ५: क्यानाडा VS कतार — राति ३:४५ बजे
असार ११: स्विट्जरल्याण्ड VS क्यानाडा — राति १२:४५ बजे
असार ११: बोस्निया VS कतार — राति १२:४५ बजे
समूह C
जेठ ३१: ब्राजिल VS मोरक्को — राति ३:४५ बजे
जेठ ३१: हाइटी VS स्कटल्याण्ड — राति ६:४५ बजे
असार ६: स्कटल्याण्ड VS मोरक्को — राति ३:४५ बजे
असार ६: ब्राजिल VS हाइटी — राति ६:१५ बजे
असार ११: मोरक्को VS हाइटी — राति ३:४५ बजे
असार ११: स्कटल्याण्ड VS ब्राजिल — राति ३:४५ बजे
समूह D
जेठ ३०: अमेरिका VS पराग्वे — राति ६:४५ बजे
जेठ ३१: अष्ट्रेलिया VS टर्किए — राति ९:४५ बजे
असार ६: अमेरिका VS अष्ट्रेलिया — राति १२:४५ बजे
असार ६: टर्किए VS पराग्वे — राति ८:४५ बजे
असार १२: टर्किए VS अमेरिका — राति ७:४५ बजे
असार १२: पराग्वे VS अष्ट्रेलिया — राति ७:४५ बजे
समूह E
जेठ ३१: जर्मनी VS कुराकाओ — राति १०:४५ बजे
असार १: आइभोरी कोस्ट VS इक्वेडर — राति ४:४५ बजे
असार ७: जर्मनी VS आइभोरी कोस्ट — राति १:४५ बजे
असार ७: इक्वेडर VS कुराकाओ — राति ५:४५ बजे
असार १२: कुराकाओ VS आइभोरी कोस्ट — राति १:४५ बजे
असार १२: इक्वेडर VS जर्मनी — राति १:४५ बजे
समूह F
असार १: नेदरल्याण्ड्स VS जापान — राति १:४५ बजे
असार १: स्वीडेन VS ट्युनिसिया — राति ७:४५ बजे
असार ६: नेदरल्याण्ड्स VS स्वीडेन — राति १०:४५ बजे
असार ७: ट्युनिसिया VS जापान — राति ९:४५ बजे
असार १२: ट्युनिसिया VS नेदरल्याण्ड्स — राति ४:४५ बजे
असार १२: जापान VS स्वीडेन — राति ४:४५ बजे
समूह G
असार २: बेल्जियम VS इजिप्ट — राति १२:४५ बजे
असार २: इरान VS न्युजिल्याण्ड — राति ६:४५ बजे
असार ८: बेल्जियम VS इरान — राति १२:४५ बजे
असार ८: न्युजिल्याण्ड VS इजिप्ट — राति ६:४५ बजे
असार १३: न्युजिल्याण्ड VS बेल्जियम — राति ८:४५ बजे
असार १३: इजिप्ट VS इरान — राति ८:४५ बजे
समूह H
असार १: textस्पेन VS केप भर्डे — राति ९:४५ बजे
असार २: साउदी अरेबिया VS उरुग्वे — राति ३:४५ बजे
असार ७: textस्पेन VS साउदी अरेबिया — राति ९:४५ बजे
असार ८: उरुग्वे VS केप भर्डे — राति ३:४५ बजे
असार १३: केप भर्डे VS साउदी अरेबिया — राति ५:४५ बजे
असार १३: उरुग्वे VS स्पेन — राति ५:४५ बजे
समूह I
असार ३: फ्रान्स VS सेनेगल — राति १२:४५ बजे
असार ३: इराक VS नर्वे — राति ३:४५ बजे
असार ९: फ्रान्स VS इराक — राति २:४५ बजे
असार ९: नर्वे VS सेनेगल — राति ५:४५ बजे
असार १३: नर्वे VS फ्रान्स — राति १२:४५ बजे
असार १३: सेनेगल VS इराक — राति १२:४५ बजे
समूह J
असार ३: अर्जेन्टिना VS अल्जेरिया — राति ६:४५ बजे
असार ३: अस्ट्रिया VS जोर्डन — राति ९:४५ बजे
असार ८: अर्जेन्टिना VS अस्ट्रिया — राति १०:४५ बजे
असार ९: जोर्डन VS अल्जेरिया — राति ८:४५ बजे
असार १४: अल्जेरिया VS अस्ट्रिया — राति ७:४५ बजे
असार १४: जोर्डन VS अर्जेन्टिना — राति ७:४५ बजे
समूह K
असार ३: पोर्चुगल VS डीआर कंगो — राति १०:४५ बजे
असार ४: उज्बेकिस्तान VS कोलम्बिया — राति ७:४५ बजे
असार ९: पोर्चुगल VS उज्बेकिस्तान — राति १०:४५ बजे
असार १०: कोलम्बिया VS डीआर कंगो — राति ७:४५ बजे
असार १४: कोलम्बिया VS पोर्चुगल — राति ५:१५ बजे
असार १४: डीआर कंगो VS उज्बेकिस्तान — राति ५:१५ बजे
समूह L
असार ४: इङ्गल्याण्ड VS क्रोएसिया — राति १:४५ बजे
असार ४: घाना VS पानामा — राति ४:४५ बजे
असार १०: इङ्गल्याण्ड VS घाना — राति १:४५ बजे
असार १०: पानामा VS क्रोएसिया — राति ५:४५ बजे
असार १४: पानामा VS इङ्गल्याण्ड — राति २:४५ बजे
असार १४: क्रोएसिया VS घाना — राति २:४५ बजे
🏆 नकआउट चरण (Knockout Stage)
राउण्ड अफ ३२: असार १५ देखि असार २० सम्म
राउण्ड अफ १६: असार २० देखि असार २४ सम्म
क्वार्टरफाइनल: असार २६ देखि असार २८ सम्म
सेमिफाइनल: असार ३१ र असार ३२ मा
तेस्रो स्थानको खेल: साउन ३ गते
फाइनल खेल: साउन ४ गते, मध्यरात १२:४५ बजे
तिनाउ सुनचाँदी पसलमा भएको नक्कली चोरीको घटना र त्यसमा संलग्न व्यक्तिहरूको पर्दाफास
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन
काठमाडौँ, २२ जेठ : सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा देखिएको भनिएको आर्थिक अनियमितता, प्रक्रियागत कमजोरी तथा वित्तीय अनुशासन उल्लङ्घनसम्बन्धी विषयमा अध्ययन एवम् छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयले आफ्नो आन्तरिक जानकारी प्रयोजनका लागि विभिन्न निकायमा परेका उजुरी, महालेखापरीक्षकको कार्यालयका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाईसमेत आधार बनाएर स्वतन्त्र र तथ्यपरक अध्ययनका लागि समिति गठन गरेको हो ।
गठित समितिको संयोजकमा इन्जिनियर डा आभाष मास्के रहनुभएको छ । समितिमा उमेश रुपाखेती, टिकाराम कार्की र नवीन कुमार मिश्र सदस्य हुनुहुन्छ । मन्त्रालयका अनुसार सार्वजनिक सेवा प्रसारण संस्थाले आफ्ना च्यानलहरू भू–उपग्रहमार्फत प्रसारण गर्न विदेशी स्याटेलाइट ब्याण्डविथ सेवा प्रदायक कम्पनीहरूसँग सन् २००२ देखि हालसम्म निरन्तर रूपमा भाडा सम्झौता गर्दै आएको छ । ती सम्झौतामा समय–समयमा च्यानल थप गर्ने, स्ट्यान्डर्ड डेफिनेसन (एसडी) बाट हाई डेफिनेसन (एचडी) मा रूपान्तरण गर्ने, पूरक सम्झौता गर्ने तथा उपकरण खरिदसम्बन्धी निर्णयहरूमा प्रश्न उठ्दै आएका छन् ।
विभिन्न निकायमा यी विषयसँग सम्बन्धित ऊजुरी पएका थिए । साथै, महालेखा परीक्षकको कार्यालयका वार्षिक प्रतिवेदन, सञ्चारमाध्यममा प्रकाशित सामग्री तथा विभिन्न माध्यमबाट आएका गुनासोहरूमा प्रक्रियागत अनियमितता, अनावश्यक आर्थिक भार सिर्जना, प्रतिस्पर्धाबिनै सम्झौता, वित्तीय अनुशासन उल्लङ्घन तथा स्वार्थको द्वन्द्वजस्ता विषय उठाइएका थिए ।
मन्त्रालयले यी सम्पूर्ण विषयको अध्ययन गरी २१ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेशसहित समिति गठन गरेको हो । मन्त्रालयले समितिलाई स्याटेलाइट सेवा खरिद र व्यवस्थापनसँग सम्बन्धित विगतका सम्झौता, सेवा विस्तार, प्रविधि रूपान्तरण तथा उपकरण खरिद प्रक्रियाको अध्ययन गरी आवश्यक सुझावसहित प्रतिवेदन बुझाउन जिम्मेवारी दिएको छ ।---
31/05/2026
सहकारी शिक्षा तालिम सम्पन्न
फोर स्टार बहुमुखी सहकारी संस्था ले समूह नं. १७ का शेयर सदस्यहरूलाई लक्षित गर्दै मिति २०८३ जेठ १६ गते शनिबार श्री शान्ति नमूना मावि मा आधारभूत सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ।
तालिम कार्यक्रमको उद्घाटन संस्थाका सल्लाहकार तथा शान्ति नमूना मावि का प्रधानाध्यापक कुलप्रसाद लामिछाने ले गर्नुभएको थियो। साथै, कार्यक्रमको अध्यक्षता शरद भट्टराई ले गर्नुभएको थियो।
कार्यक्रम संस्थाका सचिव सूर्यमणि पाण्डेय ले सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य युवराज भण्डारी ले व्यक्त गर्नुभएको थियो।
त्यसैगरी, कार्यक्रममा धन्यवाद मन्तव्य शिक्षा उपसमिति संयोजक हिरा ढकाल ले राख्नुभएको थियो। तालिमका प्रशिक्षकका रूपमा दामोदर पंगेनी रहनुभएको थियो।
कार्यक्रममा सहकारी शिक्षा, सदस्यको भूमिका तथा सहकारीका आधारभूत सिद्धान्त सम्बन्धी जानकारी प्रदान गरिएको संस्थाले जनाएको छ।
21/05/2026
करेन्ट' चाउचाउको ब्याच नं. 04A बजारबाट तत्काल फिर्ता गर्न सरकारको निर्देशन
नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेको लोकप्रिय ब्रान्ड 'करेन्ट' (Current) चाउचाउको एक विशेष ब्याचलाई गुणस्तरहीन ठहर गर्दै बजारबाट तत्काल फिर्ता (Recall) गर्न आदेश जारी गरेको छ।
विभागले बजार अनुगमनका क्रममा संकलन गरेको यशोदा फुड्स प्रा. लि. (तिलोत्तम-१५, रुपन्देही) द्वारा उत्पादित १०० ग्रामको 'करेन्ट' चाउचाउको ब्याच नम्बर 04A (उत्पादन मिति: २०२६/०२/२३) को नमुना प्रयोगशालामा परीक्षण गर्दा मापदण्ड विपरीत पाइएको हो। उक्त चाउचाउमा प्रयोग गरिएको 'एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु' (Acid Value of Extracted Fat) नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरूप नपाइएको विभागको पत्रमा उल्लेख छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा (२) बमोजिम उक्त ब्याचका सम्पूर्ण खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न र उपदफा (४) बमोजिम सोको बिक्री–वितरण नगर्न/नगराउन उत्पादक कम्पनीलाई कडा निर्देशन दिइएको छ।
21/05/2026
सरकारले डाबर हनी किनबेच तथा खरिद नगर्न र नगराउन निर्देशन दिएको छ ।
खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले एक सूचना जारी गर्दै डाबर हनीको ब्याच नम्बर एनबी ०४७७ बिक्री वितरण नगर्न भनेको हो ।
विभागले बजार अनुगमन तथा निरीक्षणको क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अन्तर्गत संकलन गरिएको खाद्य पद्धार्थको नमुना प्रयोगशालामा परिक्षण गर्दा उत्पादित खाद्य पद्धार्थ न्यूनस्तर पाइएको जनाएको छ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Manigram
Butwal
32900