Bi kram

Bi kram

Share

Believe yourself to win the game of loksewa

13/08/2026

आजको मौसमः बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागमा पर्ने
काठमाडौं, २८ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशको केही तथा गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भईरहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ।
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने छ । मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भू(भागमा आंशिक बादल लाग्ने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। मधेश प्रदेश साथै कोशी, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।
राति भने देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू(भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू(भागका केहि स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ। मधेश प्रदेश साथै कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बनी प्रदेशका हिमाली र पहाडी भू-भागको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागको एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विभागको पछिल्लो सूचनामा अद्यावधिक हुन महाशाखाले अनुरोध गरेको छ ।

13/08/2026
12/08/2026

लखपतिहरू ।

12/08/2026

. नेपालको प्रशासनिक संरचनामा 'स्थानीय तह' को भूमिका उल्लेख गर्नुहोस्।

12/08/2026

४. नेपालको संविधान अनुसार मौलिक हकको संरक्षण र कार्यान्वयन गर्ने अन्तिम जिम्मेवारी कसको हुन्छ?

(क) महान्यायाधिवक्ता

(ख) सर्वोच्च अदालत

(ग) व्यवस्थापिका संसद

(घ) राष्ट्रिय मानव अधिकार आयोग

12/08/2026

३. विश्वको सबैभन्दा ठूलो महासागर कुन हो?

(क) एट्लान्टिक महासागर

(ख) हिन्द महासागर

(ग) प्रशान्त महासागर

(घ) सुमेरु महासागर

12/08/2026

२. लिच्छविकालमा गाउँस्तरको प्रशासन हेर्ने निकायलाई के भनिन्थ्यो?

(क) ग्राम

(ख) तल

(ग) द्रङ्ग

(घ) कुथेर

12/08/2026

१. नेपालको कुन नदीलाई 'दामोदर' भनेर पनि चिनिन्छ?

(क) गण्डकी

(ख) कालीगण्डकी

(ग) बुढीगण्डकी

(घ) सेती गण्डकी

12/08/2026

सुशासन (Good Governance) भनेको के हो? नेपालमा सुशासन कायम गर्न देखिएका मुख्य चुनौतीहरू उल्लेख गर्नुहोस्।

12/08/2026

४. क्षेत्रफलका आधारमा विश्वको सबैभन्दा ठूलो भू-परिवेष्ठित राष्ट्र कुन हो?

(क) मङ्गोलिया

(ख) काजाकिस्तान

(ग) नेपाल

(घ) स्विट्जरल्यान्ड

Category

Address


Devinagar
Butwal
32907