Round Table Restaurant And Bar

Round Table Restaurant And Bar

Share

Good Food, Chilling vibes With Chepeast Price On Beverage

21/01/2026

भोट हाल्नु अघि पढौ।

ओलीले रटान मारिरहेकाछन् – “सिंहदरबार जलाउने आतङ्ककारी हुन् । बालेन त्यसका मतियार हुन् ।”
अघिल्लो दिन त्यतिका धेरै युवा सहिद भए । चुँ बोल्दैनन् । कसैले सोधे ठाडो जवाफ दिन्छन् – “मैले मारेको हुँ । पुलिसले मारेको हो । मैले किन जिम्मेवारी लिने ?”

ऊ देशको प्रधानमन्त्री थियो । अलिकति पनि जिम्मेवारी लिएन । अलिकति पनि शोक मानेन । अलिकति पनि सहानुभूति प्रकट गरेन । सहिद परिवारसँग माफी समेत मागेन । उसलाई किन भोट हाल्नुहुन्छ ?
अघिल्लो दिन मान्छे नमारेको भए भोलिपल्ट केही जल्दैन थियो । केही हुँदैन थियो । परिवर्तनको लागि आन्दोलन गर्नेलाई हाकाहाकी आतङ्ककारी भन्छ । उसलाई कसरी भोट हाल्नुहुन्छ ?

देशमा पालैपालो भ्रष्टाचार गर्ने ! पालैपालो एक–अर्कालाई बचाउने । “तँ पनि नबोल ! म पनि बोल्दिनँ । यदि बोलिस भने जानेको छु !” भन्ने ओली, देउवा र प्रचण्ड हुन् । यिनलाई फेरि किन भोट हाल्ने ? ललिता निवास किन टुङ्गो लागेन । गिरीबन्धु किन टुङ्गो लागेन । किन पोखरा विमानस्थलको आरोप टुङ्गो लागेन । यस्ता भ्रष्टाचारका सयौँ फाइल छन् । कर्मचारीतन्त्र भ्रष्ट छ । भन्सार, विमानस्थल सेटिङमा चल्छ । देशको गृहमन्त्री दैनिक यति मेरो भागमा पर्नुपर्छ भनेर कर्मचारीसँग घुसको भागी बस्छ । त्यो छानबिन हुँदैन । देशका जनतालाई शरणार्थी बनाएर विदेशमा बेच्न मन्त्री नै लागिपर्छ । अनि यिनीहरूलाई फेरि जिताउने ?

किन हाल्ने फेरि भोट ? किन जिताउने फेरि ?

एक रत्ति जिम्मेवारी नलिने मान्छेलाई झापा ५ का जनताले किन फेरि जिताउँछन् ! जनताले कसरी भोट हाल्छन् । हात काँप्दैन ।
जो सहिद भए तिनको अनुहार सम्झिनुस् । जो घाइते भए तिनको पीडा बुझ्नुहोस् । सहिदको अनुहारसँग आफ्ना छोराछोरी, आफन्त, प्रियजनको अनुहार राखेर हेर्नुहोस् । ओलीलाई भोट हाल्न मन लाग्छ ?
मन लाग्छ ?

हिजो ओली बोल्दै गरेको सुनेको थिएँ – “दमकमा टावर बनाएँ । सुरुङ मार्ग बनाएँ । पूर्व–पश्चिम बाटो ठूलो बनाएँ । हुलाकी मार्ग बनाएँ ।”
यो त उसले बनाउनै पर्छ । यो त उसको जिम्मेवारी हो । छोराछोरीलाई स्कुल पठाउनु बुबाआमाको जिम्मेवारी भएजस्तै ।
देशको प्रधानमन्त्री ऊ थियो । विकास चाहिँ अरुले गर्नुपर्ने हो र ! उहीसँग थियो देशको ढुकुटीको साँचो । अरू कसले बनाउनुपर्ने ? तपाईं–हामीले ?

यो युगमा आएर एउटा सुरुङ मार्ग बनाउँदा जनतालाई इमोशनल ब्ल्याकमेल गर्न मिल्छ देशको पूर्वप्रधानमन्त्रीले ? मिल्छ देशको नेताले ! मिल्छ देशको कथित “बा”ले ! इमोशनल ब्ल्याकमेल गर्न मिल्छ ?

न्युनतम विकाश भएको छ - त्यो विकास पनि दया गरेर गरिदिए जस्तो गर्न मिल्छ । “मलाइ के खाँचो ! मलाइ त सुतेरै खान पुगेकै थियो ! तिमारुकै लागि गरिदिएको हो ।” भन्ने भावको भाषा देशको पूर्व प्रधानमन्त्रीले बोल्न मिल्छ ।
बनाएको कुरा चाहिँ जिम्मा लिने अनि पुलिसले गोली हानेर मान्छे मारेको कुरा चाहिँ जिम्मा नलिने ?

“मेरो हातबाट मरेको होर ! म जिम्मा लऊँ !” भन्ने । त्यसो त धरहरा मज्दुरले बनाएको हो ! भन्नु –“मैले हैन ! मज्दुरले बनाएको हो ।” किन मैले बनाएको भनेको ?
किन ?
किन ?
ए जनता, किन भ्रममा बाँचेको ! आँखा खोल्ने बेला भएको छ । खोल्नुस् आखाँ ।

ए जनता, देशमा परिवर्तन चाहिएको छ । त्यो परिवर्तन तपाईं परिवर्तन भए मात्रै सम्भव छ । छोराछोरी त देश छाडेर टाढा–टाढा गइसके । तँपाई घरमा एक्लै हुनुहुन्छ । छोराछोरीलाइ रहर छ – देश राम्रो भएको हेर्ने । तिनको सपना छ – आफ्नै विकसित देशमा फर्केर आउने र आफ्नै बुबाआमासँग बस्ने ।
छाडिदिनुस् ओलीलाई ! यसपटक परिवर्तनको बाटो रोज्नुहोस् ।

Telephone

Website

Address


Butwal 04, Palpa Road Beside Jyoti Petrol Pump
Butwal

Opening Hours

Monday 11:00 - 22:00
Tuesday 11:00 - 22:00
Wednesday 11:00 - 22:00
Thursday 11:00 - 22:00
Friday 11:00 - 22:00
Saturday 11:00 - 22:00
Sunday 11:00 - 22:00

Alerts

Be the first to know and let us send you an email when Round Table Restaurant And Bar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Butwal.