Bodh Raj Sharma
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bodh Raj Sharma, News Personality, Butwal.
29/08/2026
आदरणीय सम्मानित ब्याक्तित्व गुरु लोकनाथ उपाध्यायज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना ,
बुटवलको शैक्षिक आकाशमा ज्ञान, संस्कार र शिक्षाको उज्यालो फैलाउँदै आउनुभएका कुशल प्रशासक, शैक्षिक अभियन्ता एवं आदरणीय गुरु लोकनाथ उपाध्यायज्यूलाई जन्मदिनको यस पावन अवसरमा हृदयदेखि नै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
New Horizon जस्तो बुटवलकै अग्रणी र प्रतिष्ठित शैक्षिक संस्थाको संस्थापकका रूपमा यहाँले शिक्षा क्षेत्रमा पुर्याउनुभएको योगदान र समर्पण साँच्चिकै प्रशंसनीय छ। हजारौँ विद्यार्थीको भविष्य निर्माणमा यहाँले खेल्नुभएको भूमिका र शिक्षा क्षेत्रमा देखाउनुभएको दूरदृष्टि हामी सबैका लागि प्रेरणाको सुन्दर उदाहरण बनेको छ।
तर, गुरुज्यूको परिचय केवल एउटा सफल शैक्षिक अभियन्ताका रूपमा मात्र सीमित छैन। सरलता, मिठासपूर्ण बोली, आत्मीय व्यवहार र सबैलाई आफ्नो बनाउने मायालु स्वभाव नै यहाँको अझ ठूलो परिचय हो। यही आत्मीयता र सद्भावका कारण यहाँसँग जोडिएको सम्बन्धलाई हामी सधैँ विशेष र प्रिय ठान्छौँ हामिले सधै ,
सुलभ बुक्स, बुटवलसँग पनि यहाँको आत्मीय सम्बन्ध र माया हाम्रा लागि निकै अमूल्य छ। पुस्तक र शैक्षिक सामग्रीको संसारमा अघि बढ्दै गर्दा यहाँजस्ता शिक्षा क्षेत्रका अग्रज व्यक्तित्वबाट प्राप्त हुने माया, सद्भाव, हौसला र शुभेच्छा हाम्रो लागि केवल सहयोग होइन, अझ राम्रो काम गरिरहने प्रेरणाको ऊर्जा हो।
हाम्रो सानो प्रयासलाई यहाँले दिनुभएको आत्मीयता र विश्वासलाई हामी सधैँ सम्मानका साथ हृदयमा राखेका छौ र राखि रहने छौ \
जन्मदिनको यो सुन्दर दिनले यहाँको जीवनमा अझ धेरै खुसीका रंगहरू थपोस्। हरेक दिन नयाँ उत्साह, नयाँ सफलता र नयाँ उपलब्धिले भरियोस्। शिक्षा र समाजप्रतिको यहाँको समर्पण अझ फराकिलो बन्दै जाओस् र यहाँले देखाउनुभएको उज्यालो बाटोमा अझ धेरै पुस्ताले सफलताको यात्रा तय गर्न सकून्।
ईश्वरले यहाँलाई सधैँ सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि, पारिवारिक खुसी र निरन्तर सफलता प्रदान गरून्।
गुरुज्यू, आजको दिनमा शुभकामना मात्र होइन, मनभरि सम्मान, आत्मीयता र धेरै–धेरै माया पठाउँदैछौँ हामिले ,
जन्मदिनको अनन्त शुभकामना तथा हार्दिक मंगलमय शुभेच्छा ! 🙏
बोदराज शर्मा
सुलभ बुक्स, बुटवल
बाढीको विपत्तिमा सरकार आफ्नो ठाउँबाट निरन्तर उद्धार र राहतमा जुटिरहेको हामिहरु ले देखिरहेका छौ,
सुरक्षाकर्मीहरू ज्यानको पर्वाह नगरी पीडितको खोजी र उद्धा
अहिले राज्यको सम्पूर्ण संयन्त्र विपद्सँग लडिरहेको छ। सुरक्षाकर्मीहरू आफ्नो ज्यानको समेत पर्वाह नगरी लेदो, झाडी, सुरुङ–ओडार र पुरिएका घरहरूभित्र जीवनको सानो संकेत खोजिरहेका छन्। कतै कोही बाँचिरहेको छ कि भन्ने आशामा उद्धारकर्मीहरू रातदिन खटिएका छन्।
अर्कोतिर, सयौँ किलोमिटर टाढाबाट स्थानीय सरकारदेखि सर्वसाधारणसम्म सहयोगको हात बढाइरहेका छन्। कसैले पैसा जुटाएका छन्, कसैले खाना खुवाएका छन्, कसैले बस्ने व्यवस्था मिलाएका छन्। एउटा सामान्य टेम्पो चालक ,पसले ,ले समेत ‘उद्धारका लागि मेरो आवश्यकता परे सम्झनुहोस्’ भन्दै आफ्नो साधन र समय मानव सेवाका लागि समर्पित गरिरहेका छ्न ,
तर यही दुःखको घडीमा जनताको सरकार भनिने स्थानीय सरकारको नेतृत्व गर्ने व्यक्ति भने पीडितको घाउमा मल्हम लगाउनुको सट्टा ‘बाढीबाट जोगिएकाले खान–बस्न पाएनन्, सरकार कहाँ छ?’ भन्दै कन्टेन्टका लागि मसला खोज्दै हिँड्नु कति विडम्बना हो कि होइन ?
जोगिएका नागरिकलाई खान, बस्न र सुरक्षित राख्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ कि नाइ ?त्यो जिम्मेवारीबाट पन्छिन मिल्छ कि मिल्दैन ? तर माटोमुनि, लेदोभित्र, भग्नावशेषमा जीवन र मृत्युको दोसाँधमा रहेका मानिसलाई खोजेर निकाल्नु र उनीहरूको बाटो हेरेर बसेका परिवारलाई ‘तपाईंको मान्छे भेटियो’ भन्ने खुसीको खबर दिनु—त्यो सामान्य भाषण र आलोचनाले सम्भव हुँदैन, त्यसका लागि राज्यको शक्ति, साहस र निरन्तर प्रयास चाहिन्छ हैन र ??
त्यसैले विपद्को यस्तो बेला दोष खोज्नेभन्दा जीवन खोजौँ है ,कन्टेन्टको मसला खोज्नेभन्दा मान्छे खोजौँ है ,
आफ्नो धमिलिएको चश्मा सफा गरौँ—किनकि अहिले देशलाई आलोचनाभन्दा हातेमालो, तमासाभन्दा मानवीयता र कन्टेन्टभन्दा जीवन बचाउने प्रयास चाहिएको छ हैन र ???
बोदराज शर्मा
सुलभ बुक्स बुटवल
दु:ख पर्दा हातेमालो गर्ने हाम्रो समाजको एउटा संस्कार हो। यो दुःखमा मल्हम लगाउन प्रधानमन्त्री राहत कोषमा हामिले त २५५५५ सहयोग गरेम हजुर ले सहयोग गर्नु भो कि नाइ ?
मानवता खै ?
लास र सिलिन्डर सँगै बगाएर ल्याको छ ,ग्यास लिन हानथाप ?तर लास ?
कस्तो आपत आईपर्यो नेपाली लाइ ,यस दुःखद घडिमा हामी एकजुट भयर एक अर्कोलाई सहयोग गरौं ।
🚨 आपत्कालीन सम्पर्क नम्बरहरू सबैलाई खवर गरौ
सेवा / कार्यालय सम्पर्क नम्बर
सशस्त्र प्रहरी बल (APF) 1114
नेपाल प्रहरी 100
एम्बुलेन्स 102
DEOC 1234
सहायक प्रमुख जिल्ला अधिकारी, रसुवा 9851164422
रसुवा प्रहरी 9851254960
सहायक प्रमुख जिल्ला अधिकारी, नुवाकोट 9851248777
नुवाकोट प्रहरी 9851282380
प्रमुख जिल्ला अधिकारी, धादिङ 9851247777
धादिङ प्रहरी 9851229860
सहायक प्रमुख जिल्ला अधिकारी, चितवन 9855088891
चितवन प्रहरी 9855013999
आपत्कालीन अवस्थामा तुरुन्त सम्बन्धित नम्बरमा सम्पर्क गर्नुहोस, सबैलाई सेयर गरौ
🚨 बाढीको उच्च सतर्कता सूचना सूचना !!!
भदौ १० गते बिहान ९:१५ बजे तिब्बततर्फबाट भोटेकोसी नदीमा ठूलो बाढी प्रवेश गरेको सूचना
Category
Website
Address
Butwal