DhadingPost
आज तीजको दर खाने दिन
तीजको व्रत बस्नुअघि किन खाइन्छ दर ? दरमा के–के खाने र कसरी खानु स्वास्थ्यका लागि राम्रो हुन्छ ?
परम्परा र संस्कृतिसँग जोडिएको दर खाने दिनमा स्वादसँगै स्वास्थ्यलाई पनि ध्यान दिन आवश्यक छ ।
तीजको दर : परम्परा, भेटघाट र स्वस्थ खानपानको सन्देश ।
👉 किन खाने, के खाने र कसरी खाने ?
पूरा समाचार comment मा 👇
12/09/2026
रास्वपा धादिङको बैठक सम्पन्न, जिल्ला सदस्यमा दुई जना मनोनित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको बैठकले मिनाकुमारी गुरुङ (रुवीभ्याली) र मथुरा गजुरेल (थाक्रे)लाई जिल्ला सदस्यमा मनोनित गरेको छ।
बैठकले धादिङमा बाढी तथा विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग गर्न कार्यकर्तालाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग जारी राख्न अपिल गरेको छ । साथै बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
👉 विस्तृत समाचार कमेन्टमा।
12/09/2026
थाक्रे गाउँपालिकाले विद्यालयमा जंक फुड निषेध गरेको छ। 🚫🍟
गाउँपालिकाले विद्यालय परिसरलाई जंक फुड निषेधित क्षेत्रका रूपमा कार्यान्वयन गर्दै बिक्री–वितरण तथा उपभोगमा शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएको छ। साथै, विद्यार्थीका लागि दिवा खाजाको रुटिन अनिवार्य रूपमा लागू गर्न विद्यालयहरूलाई भनिएको छ।
विद्यालय समय बिहान १० बजेदेखि सुरु गर्न र त्यसअघि राष्ट्रिय गान, पीटी तथा अन्य सहशैक्षिक गतिविधि सम्पन्न गर्नसमेत निर्देशन।
📌 थाक्रे गाउँपालिकाको सूचना अनुसारको विस्तृत समाचार comment मा।
12/09/2026
आज सेप्टेम्बर १२ अर्थात् विश्व प्राथमिक उपचार दिवस । 🩹
सन् २००० देखि हरेक वर्ष सेप्टेम्बरको दोस्रो शनिबार यो दिवस मनाइँदै आएको छ । दुर्घटना, चोटपटक, विपद् वा अचानक स्वास्थ्य समस्या पर्दा अस्पताल पुग्नुअघि दिइने प्राथमिक उपचारले जीवन जोगाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
विश्व प्राथमिक उपचार दिवस किन र कहिलेदेखि मनाउन थालियो? यसको महत्व के छ ?
विस्तृत जानकारी समाचारमा ।
11/09/2026
एड्भान्स एकेडेमीमा तीज विशेष नृत्य प्रतियोगिता सम्पन्न
धादिङको एड्भान्स एकेडेमीमा हरितालिका तीजको अवसरमा आयोजित तीज विशेष नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
कक्षा १–५ तर्फ निलो सदन प्रथम, रातो सदन द्वितीय र हरियो सदन तृतीय भए भने कक्षा ६–९ तर्फ निलो सदन प्रथम, हरियो सदन द्वितीय र पहेंलो सदन तृतीय भएका छन् ।
विद्यार्थीहरूको उत्साहपूर्ण तीज नृत्यले विद्यालय परिसरलाई सांस्कृतिक रङमा रंगाएको थियो । 🇳🇵💃
प्रधानाध्यापक भीमबहादुर श्रेष्ठले तीज पर्व कसरी र किन मनाइन्छ भन्ने सांस्कृतिक सन्देश विद्यार्थीहरूमा पुर्याउनुका साथै नेपालको मौलिक सांस्कृतिक परम्परा र संस्कारलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु रहेको बताए ।
समाचार कमेन्टमा 👇
11/09/2026
धादिङमा भोटेकोशी बाढीको ठूलो क्षति : ५१७ परिवार विस्थापित
भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको बाढीका कारण धादिङमा ५१७ परिवार विस्थापित भएका छन् । बाढीले ११४ घर पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै २ पक्की पुल र ६ झोलुङ्गे पुल बगाएको छ ।
गल्छीमा २७९, गजुरीमा २१६, बेनीघाट रोराङमा २० र सिद्धलेक–७ मा २ परिवार विस्थापित भएका छन् । गजुरीमा दुई वटा होल्डिङ सेन्टर सञ्चालनमा छन् भने गल्छीमा १०६ परिवारलाई पालिकाले राहत सामग्रीसहित कोठाभाडाको व्यवस्था गरेको छ ।
बाढीपछि १५१ जना सम्पर्कविहीन, जसमध्ये १० जनाको शव सनाखत भएको विवरण छ ।
👉 धादिङमा बाढीले कहाँ–कहाँ कति क्षति पुर्यायो ? विस्थापित परिवारको अवस्था कस्तो छ ?
समाचार कमेन्टमा 👇
11/09/2026
धादिङमा विपद्को मौका छोपेर यात्रुसँग बढी बसभाडा लिएको गुनासो बढेको छ ।
फुर्केखोला पुल बाढीले बगाएपछि वैकल्पिक सडक हुँदै काठमाडौं जाने यात्रुसँग साविकभन्दा बढी भाडा लिइएको यात्रुहरूको गुनासो छ । यातायात व्यवसायीहरूले भने जिल्ला प्रशासनमा भएको सहमतिभन्दा बढी भाडा लिन नहुने र बढी भाडा लिने सवारीलाई कारबाही गर्नुपर्ने बताएका छन् ।
विपद्को समयमा यात्रुमाथि थप आर्थिक भार पार्ने गरी बढी भाडा असुल्ने कार्य नियन्त्रण गर्न सम्बन्धित निकायले तत्काल अनुगमन गर्नुपर्ने माग उठेको छ ।
पूरा समाचार comment मा 👇
गजुरी हाईवेमा आउने सुनौलाबजार ११ केभि फिडरमा रुख ढलेर लाईन तथा बाटो अवरुध भएकोले जहरे गजुरी हुँदै चरौंदीको लाईन सुचारुहुन समय लाग्ने छ ।
-धादिङ वि.केन्द्र विधुत कार्यालय
Category
Contact the business
Telephone
Website
Address
Dhadingbesi
Dhading
Alerts
Be the first to know and let us send you an email when DhadingPost posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.