Iskcon Rampur Gaushala

Iskcon Rampur Gaushala

Share

ISKCON was founded in 1966 in New York City by A. C. Bhaktivedanta Swami Prabhupada.

The International Society for Krishna Consciousness, known colloquially as the Hare Krishna movement or Hare Krishnas, is a Gaudiya Vaishnava religious organisation.

30/08/2026

हजुरहरू पनि अवश्य पाल्नुहोला।

24/07/2026

गौसेवा भनेको केवल गाईको सेवा मात्र होइन, धर्म, प्रकृति र मानवताको सेवा पनि हो।

13/07/2026

गौमाता

गौमाता! तिमी करुणाकी सागर,
स्नेह र ममताको पावन आगार।
निस्वार्थ भावले संसार पाल्छ्यौ,
मौन बनेर पनि प्रेम सिकाउँछ्यौ।

तिम्रो दूध अमृतसरि जीवनदाता,
गोबर–गोमूत्र प्रकृतिका रक्षक महान्।
हरियाली खेतका तिमी आधार,
समृद्ध गाउँका तिमी श्रृङ्गार।

ऋषि–मुनिले तिम्रो महिमा गाए,
वेद–पुराणले तिम्रो यश फैलाए।
जहाँ गौमाताको सम्मान हुन्छ,
त्यहाँ सुख, शान्ति र लक्ष्मी वास गर्छ।

श्रीकृष्णकी प्रिय, व्रजकी शान,
तिमीभित्र बस्छ दिव्य पहिचान।
गौसेवामा छ धर्मको सार,
मानव जीवनको यही आधार।

आऊँ, सबै मिली प्रण गरौँ,
गौरक्षाको दीप सधैं भरौँ।
गौमाताको रक्षा हाम्रो अभियान बनोस्,
हरेक हृदयमा दया, धर्म र प्रेम फैलियोस्।

25/06/2026

व्रतहरूमा उत्तम यस पावन दिनमा लीलाधारी भगवान श्री कृष्ण र गौ माताको कृपा एवं आशीर्वाद तपाईं र तपाईंको परिवारमा सधैं रहिरहोस्। सुख, शान्ति र समृद्धिको मङ्गलमय कामना!

20/04/2026

आज अक्षय तृतीया को पावन अवसरमा सम्पूर्ण गौ प्रेमीहरु लाई हार्दिक मंगलमय शुभकामना!
​अक्षय तृतीयालाई सनातन धर्ममा अत्यन्तै शुभ र 'अबूझ मुहूर्त' (कुनै पनि शुभ कार्यका लागि साइत हेर्नु नपर्ने दिन) मानिन्छ। यस विशेष दिनको धार्मिक र सांस्कृतिक महत्व
रहेको छ ।
​अक्षय फलको प्राप्ति: 'अक्षय' को अर्थ हुन्छ जसको कहिल्यै क्षय वा विनाश हुँदैन। आजको दिन गरिएका दान, जप र सत्कर्मको फल अनन्त र स्थायी हुने विश्वास गरिन्छ।
पौराणिक मान्यता अनुसार आजकै दिनबाट सतयुग र त्रेतायुगको सुरुवात भएको मानिन्छ।
भगवान विष्णुको छैटौं अवतारका रूपमा मानिने भगवान परशुरामको जन्म आजकै दिन भएको थियो।
​पवित्र नदिमा स्नान र दान: आजको दिन गंगा स्नान गर्नु दान गर्नु निकै फलदायी मानिन्छ।
​ आज भगवान विष्णु र माता लक्ष्मीको विशेष पूजा गरिन्छ। धेरैले आजकै दिनबाट नयाँ व्यवसाय वा मांगलिक कार्यको सुरुवात गर्छन्।
आजको दिन पितृहरूको नाममा जल र अन्न दान गर्नाले पितृ उद्वार हुन्छ
​तपाईंको आजको दिन र आगामी समय सुखद, समृद्ध र 'अक्षय' बनोस्! सबै लाई शुभकामना छ ।

29/03/2026

हरे कृष्ण
​तपाईंहरूलाई अवगत नै छ, धनगढी उप-महानगरपालिका क्षेत्रमा रहेका छाडा चौपायाहरूलाई नगर प्रहरीको सक्रियतामा संकलन गरी हाम्रो इस्कोन (ISKCON) गौशालामा व्यवस्थापन गरिएको छ। सडकमा कष्टकर जीवन बिताइरहेका यी गौमाताहरूको संरक्षण र पालनपोषण गर्नु हामी सबैको साझा दायित्व हो।
​हाल गौशालामा गाईबस्तुको संख्या बढेसँगै उनीहरूको आहारा (दाना, पराल, घाँस) र उपचारका लागि थप स्रोतसाधनको आवश्यकता परेको छ। त्यसैले, यस पुण्य कार्यमा सहभागी हुन हामी सम्पूर्ण नगरबासी एवं सहयोगी मनहरूमा विनम्र अपील गर्दछौं।
​तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ?
​🌾 दाना-पराल: गौमाताका लागि घाँस, पराल, चोकर वा दाना उपलब्ध गराएर।
​🩺 औषधि उपचार: बिरामी वा घाइते गाईहरूको उपचार खर्चमा सहयोग गरेर।
​💰 आर्थिक सहयोग: आफ्नो क्षमता अनुसारको गच्छे अनुसार दान गरेर।
​🎂 विशेष अवसर: आफ्नो वा परिवारको जन्मदिन, विवाह उत्सव वा पितृ कार्यको पुण्य स्मृतिमा गौ-भोजन गराएर।
​"गाईको सेवा गर्नाले मात्र पनि जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ।"
​सम्पर्क विवरण:
📍 स्थान: इस्कोन गौशाला, धनगढी
📞 फोन नम्बर: 9844181225
:986-9130847
🏦 बैंक विवरण: 01100105201044
​आउनुहोस्, हामी सबै मिलेर धनगढीलाई "छाडा चौपाया मुक्त" बनाउन र गौमाताको संरक्षण गर्न हातेमालो गरौँ।

(​यो पोस्टलाई सेयर गरेर पुण्यको भागीदार बन्नुहोला। )

​

28/03/2026

सूचना! सूचना!! सूचना!!!
​विषय: गौ-शालाको नाममा अनाधिकृत रूपमा चन्दा संकलन भइरहेको बारे अत्यन्त जरुरी सूचना
​रामपुर १६ स्थित इस्कोन रामपुर गौ-शालासँग सम्बन्धित सम्पूर्ण भक्तजन, स्थानीय बासिन्दा तथा आम जनसमुदायमा यसै सूचनामार्फत जानकारी गराइन्छ कि, विगत केही समयदेखि विभिन्न व्यक्तिहरूले यस गौ-शालाको नाम लिएर अनाधिकृत रूपमा पैसा तथा सहयोग उठाउने जस्ता कार्यहरू गरिरहेको पाइएको छ।
​यस सम्बन्धमा इस्कोन रामपुर गौ-शाला निम्न कुराहरू स्पष्ट पार्न चाहन्छ:
​१. यो गौ-शाला पूर्ण रूपमा इस्कोन (ISKCON) द्वारा सञ्चालन तथा व्यवस्थापन हुँदै आएको छ। तथा अन्य कुनै संघ सस्था वा व्यक्तीसंग सम्नय नरहेको स्पष्ट गराउन चाहान्छौ ।
३. गौ-संरक्षण अभियानमा सहयोग गर्न चाहनुहुने महानुभावहरूले कसैको व्यक्तिगत प्रलोभनमा नपरी गौ-शालाको आधिकारिक बैंक खातामा मात्र दान जम्मा गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

​विशेष अनुरोध:
स्थानीय बासिन्दाहरूलाई गौ-शालासँग सम्बन्धित कुनै पनि जानकारी, सहयोग वा जिज्ञासा भएमा सिधै गौ-शालामा सम्पर्क गर्नहुन विनम्र अनुरोध गर्दछौं।
​थप जानकारीका लागि कृपया हाम्रो आधिकारिक सम्पर्क नम्बरमा सिधै सम्पर्क गर्नुहोला। यस पवित्र गौ-संरक्षण अभियानलाई सफल पार्न यहाँहरूको सही सहयोगको अपेक्षा गर्दछौं।
​धन्यवाद।
​व्यवस्थापन:
इस्कोन रामपुर गौ-शाला
रामपुर-१६, बेहडाबाबा क्षेत्र
सम्पर्क नम्बर :986-9130847
:9844181225

27/03/2026

जय श्री राम! जय गौमाता!
​रामनवमी तथा नयाँ वर्ष २०८३ को पावन अवसरमा सम्पूर्ण धर्मानुरागी महानुभावहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
​मर्यादा पुरुषोत्तम भगवान श्री राम र माता लक्ष्मीको आशिर्वादले यहाँको जीवन सधैं उज्यालो रहोस्।
​✍️ ISKCON रामपुर गौशाला परिवार
📞 गौ सेवाको लागि सम्पर्क: 9844181225

26/02/2026

 Jai gau Mata

Category

Telephone

Website

Address


Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Iskcon Rampur Gaushala posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Dhangadhi.