Arjun Rai
nepali
भाइरल हुने रहरले, सस्तो लोकप्रियताले, स्टन्टबाजीले न समस्याको समाधान हुन्छ न त यो मुलुक बन्छ !
ईमान्दारिताको साथ परिभाषित जिम्मेवारी पूरा गरे पुग्छ । नीति निर्माणको तहमा पुगेकाहरूले त्यही अनुसार नीति, विधि, थिति स्थापित गरे हुन्छ ।
भद्दा प्रहसनले मुलुक बन्ने भए प्रधानमन्त्रीले एकछिन साझा बस पनि चढेकै हो, अर्को प्रधानमन्त्रीले एक दिन चेपाङको घरमा गएर खाना पनि खाएकै हो, मन्त्रीले बिजुलीको लाइन काट्दै पनि हिँडेकै हो, मन्त्रीले मन्त्रालयमा पोचा पनि लगाएकै हो ।
विगतमा अरु पनि यस्ता स्टन्टबाजी भए, गरेकै थिए ! तर आज के त्यो समस्याहरू समाधान भए त ?
इतिहासबाट नसिक्नेहरूसँग धेरै कुरा आशा गर्न सकिन्न !!!
16/08/2026
"कुनै एउटा पार्टी विशेषको मात्र बहस होइन, नेपालको समग्र वाम आन्दोलन अब कुन दिशामा अघि बढ्ने भन्ने गम्भीर प्रश्न माथिको बहसको प्रारम्भ हो।”
15/08/2026
वामपन्थी आन्दोलन आज कस्तो अवस्थामा छ? प्रगतिशील चेतना बिना समतामूलक, उन्नत र समृद्ध समाज निर्माण सम्भव छ कि छैन ? त्यो समाज निर्माण गर्न वामपन्थी आन्दोलन र चेतनाको अपरिहार्यता कति ? यी सम्पूर्ण विषयहरूमा अब हामी के गर्ने ? आउनुस् राष्ट्रिय बहसको प्रारम्भ गरौं।
मिटर ब्याज पिडितहरु बर्दिबासबाट काठमाडौं हिडेर !
यस्ता दृश्यहरुले नीति निर्माणका तहमा बसेकाहरुलाई छुन्छ कि छुँदैन ? समाजवाद निर्माण गर्ने दुईतिहाई प्राप्त गरेका कमरेडहरुले नि हेरिरहनु भएको होला !
"आत्मदाह" आजको अवस्थाको बिरुद्व भयंकर बिद्रोह हो ।
यसखाले बिद्रोहको घटना भोजपुरकी क्रान्तीकारी महिला योगमायाले गर्न खोजेको ईतिहास छ । त्यसबाहेक ऋणको भारीले किचेर, प्रेम असफल भएर र धार्मिक मुद्दाहरुको सन्दर्भमा छिटफुट आत्मदाहको घटना भएको समाचारहरु पढी सुनी आएको हो ।
यस बिद्रोहको रुपको बारेमा काफी चर्चा बहस गर्न सकिन्छ । म त्यता जान चाहन्न ।
बिद्रोहीले बिद्रोह गर्न पर्ने केही कारणहरु सामाजिक सञ्जालमा हेर्न पाईयो । त्यस पश्चात् बिद्रोही र मागहरुप्रती
अनेकन धारणाहरु आईरहेका छन ।
मेरो बिचारमा यस बेला प्रश्न आफ्नैहरुलाई गर्ने बेला हो । मतलब आत्मदाह नगरी निर्मम ढङ्गले बिद्रोह गर्ने बेला हो । आजको हर क्षेत्रको उधोगती, निराशाजनक र उदेकलाग्दो तमासा हठात २४ घण्टामा सृजना भएको होईन यसको निकै लामो शृंखला छ । प्रजातान्त्रिक र लोकतान्त्रिक कालमा ज-जसले सत्ताको बागडोर सम्हालन पुगे उनिहरुलाई प्रश्न गरौं । सर्बशक्तीमान हिसाबले दुईतिहाई बहुमतका साथ सत्ताभोग गर्न पुगेका महाशयहरुलाई सोधौं कि यी तमाम सहस्याहरुको निराकरणका लागि पहल भयो कि भएन ? गरियो कि गरिएन ? निराशाहरु किन प्रकट भए ? आशाहरु किन जागेनन ? गर्न कसले रोकेको थियो ?
माफ गर्नुहोला यो प्रश्नहरु गर्ने हैसियत हामीहरुले गुमाएका छौं । कि हामीसँग कुर्सीप्रतिको असिमित भोग गर्ने नियत छ कित सत्ता मार्फत बैयक्तिक प्राप्ति प्रतिको अधि लालच छ । यस्ता प्राप्ती प्रतिको भोकले तमाम प्रश्न गर्ने चेतहरु सकिदिएका छन र कि अन्धभक्त कि आधुनिक दासको रुपमा हामीलाई परिणत गरिदिएको छ । हामी दास बन्न मञ्जुर छौं तर अहँ प्रश्न गर्न सक्दैनौं किनकी बैयक्तिक स्वार्थहरुले चेतना मारिएको छ । हजार पटक बहस गर्न सकिन्छ हाम्रा चेतको ढोकाहरु बन्द भएको अवस्थाको कारण आज यो सामना गरिरहेका छौं ।
जब सम्म आफुले आफैंलाई र आफ्नाहरुलाई आलोचनात्मक चेतका साथ प्रश्नहरु गर्न सकिन्न तब सम्म बिद्रोह गर्न पर्ने अवस्था रहिरहन्छ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Dhankuta