Local video
यस्तै रमाइलो भिडियो हेर्नकोलगी हाम्रो ,हाम्रो पेज लाई फलो लाईक गर्दिनुहोला धन्यबाद
दाङ जिल्लाको संक्षिप्त परिचय
"
दाङ जिल्लाको संक्षिप्त परिचय"
नेपालको मानचित्रमा ८२ डिग्री २’ देखि ८२ डिग्री ५४’ सम्म पूर्वी देशान्तर र २७o ३६’ देखि २८o २९’ सम्म उत्तरी अक्षांश बीच फैलिएर रहेको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने राप्ती अञ्चलको दाङ जिल्लाको क्षेत्रफल २९५५ वर्ग कि.मि. छ । यस जिल्लाको दक्षिणी सिमाना भारतको उत्तर प्रदेशका बलरामपुर र श्रावस्ती गरी २ वटा जिल्ला सँग जोडिएको छ भने उत्तरमा राप्ती अञ्चलकै सल्यान, प्यूठान र रोल्पा जिल्लाहरु पर्दछन् । त्यसै गरी पूर्वी सिमानामा राप्ती अञ्चलको प्यूठान र लुम्बिनी अञ्चलको अर्घाखाँची तथा कपिलवस्तु जिल्लाहरु पर्दछन् भने पश्चिममा राप्ती अञ्चलकै सल्यान र भेरी अञ्चलको बाँके जिल्लाहरु पर्दछन् । पूर्व पश्चिम राजमार्गको झण्डै ८० कि.मि. क्षेत्र अोगट्ने यो जिल्ला राप्ती अन्चलको प्रवेश तथा निकाश द्वारको रुपमा रहेको छ ।
भौगोलिक रुपमा यस जिल्लामा भित्री मधेसका समथर फाँटहरु, यी फाँटहरुलाई चारैतिरवाट घेर्ने साना तथा मध्यम पहाडहरु समेतवाट निर्मित दुई उपत्यकाहरु र पहाडी धरातल (महाभारत तथा चुरे) समेत रहेका छन् । यी उपत्यकाहरु मध्ये उत्तरी अर्थात माथिल्लो उपत्यका ‘दाङ’ र दक्षिणी अर्थात तल्लो उपत्यका ‘देउखुरी’ को नामवाट परिचित छन् । दाङ उपत्यका नेपालकै सर्वाधिक ठुलो उपत्यकाको रुपमा मात्र परिचित नभई एसियाकै ठूला उपत्यकाहरु मध्ये एक मानिन्छ । थारु, क्षेत्री, व्राम्हण, नेवार, मुसलनमान र दलित समुदायको मिश्रित वसोवास रहेको यो जिल्लाको जनसंख्या २०६८ को जनगणना अनुसार महिला २,९३,७४२ र पुरुष २,६४,११० गरी कूल ५,५७,८५२ रहेको छ ।
राजनैतिक रुपमा विभाजन
निर्वाचन क्षेत्र ५
ईलाका १३
नगरपालिका २
गा.वि.स. ३९
दाङ जिल्लाको महत्वपूर्ण प्राकृति स्रोतहरु
राप्ती अञ्चलका पाँच जिल्लामध्ये दाङलाई महत्वपूर्ण र प्रकृतिको धनी भनेर लिइन्छ । यसको कूल क्षेत्रफल २ हजार ९ सय ५५ वर्ग किलोमिटर छ । ८० प्रतिशत भित्री मधेश र २० प्रतिशत जमिन पहाडी भू-भाग पर्दछ । यो जिल्ला सुन्दर फाँटका कारण आकर्ष र मनमोहक छ ।
यस जिल्लाको देउखुरी उपत्यकामा राप्ती नदी छ भने दाङ उपत्यकामा बबई, सिस्ने, सेवार, कटुवा, पातु, ग्वार आदि धेरै साना र ठूला खोलाहरु छन् । बाह्रकुने, चरिङ्गे, भोटे, सुकी आदि यस उपत्यकाका मुख्य दहहरु हुन् । पर्यटकीय आकर्षणको रुपमा पुरन्धाराको झरना, चमेरे गुफा, काभ्रेको गढीलेक, सुकौराको दंगीशरण, गुफास्थलहरु पनि यसै जिल्लामा अवस्थित छन् । यस जिल्लामा विभिन्न धार्मिकस्थलहरु अम्बिकेश्वरी, बाह्रकुने दह, सिद्ध रत्ननाथ मन्दिर, पाण्डवेश्वर, रिहार, गढिटाकुरा प्रख्यात छन् ।
दाङ राप्ती अञ्चलको प्रमुख व्यापारिक केन्द्र हो । तर, वर्तमान समयमा बढी कारोवार बुटवलबाट नै हुने गर्दछ । खाद्यवस्तुदेखि केही आधारभूत वस्तुहरु समेत बुटवलबाट अन्य ठाउँमा निर्यात हुने गर्दछ । सल्यान र रुकुम जिल्लाको अधिकांश व्यापारिक कारोवार दाङ जिल्लाबाट हुने गर्दछ । दाङ उपत्यकाको घोराही, तुलसीपुर, नारायणपुर आदि क्षेत्रहरु प्रमुख व्यापारिक केन्द्र हुन् भने बिजौरी, पर्सा, मानपुर, पुरन्धारा, उरहरी, राजपुर, स्यूजा, मर्र्कुटी आदि स्थानहरु पनि स-साना व्यापारिकस्थलका रुपमा विकसित भइरहेका छन् ।
दाङ प्रविधि र शिक्षाको क्षेत्रमा पनि अगाडि बढिसकेको छ । यहाँ इञ्जिनियरिङ कलेज, विभिन्न टेक्निकल विषयहरु पनि पढाइन्छ । शिक्षा क्षेत्रमा वाणिज्य, एड, मानविकी, विज्ञानका साथै अन्य विषयहरु पनि सञ्चालित छन् । यसबाट के अर्थ आउँछ भने दाङ उपत्यका प्रविधि र शिक्षाको क्षेत्रमा विकसित भइसकेको छ ।
यस उपत्यकामा कानून, चेकजाँच जस्ता विभिन्न कार्यालयहरुको व्यवस्थापन र विस्तार भइसकेका छन् । यहाँ पूर्वाधारको पनि विकास भएको छ । प्रकृतिको धनी दाङमा आएर घुम्दा यहाका प्राकृतिक आकर्षण, साधन, स्रोत अवलोकनपछि कोही पनि फिर्ता जान दोधारमा पर्छ ।
स्रोत : जिल्ला प्रशासन कार्यालय दाङ
“आपत्मा मानवता 🙏❤️ मानिस बचाउने साहसी हातहरू”
🔖
26/08/2026
गाउँघरको माया र बाख्राका पाठापाठी 🐐❤️
गाउँघरको सरल जीवन, बाख्रापालन र साना पाठापाठीको सुन्दर दृश्य। मेहनत, माया र प्रकृतिसँग जोडिएको हाम्रो गाउँले जीवन। 🌿🐐❤️
#बाख्रापालन #गाउँजीवन #पाठापाठी
19/08/2026
🌿🐐 हरियो जंगलको बीचमा बाख्राहरूको रमाइलो चरन! प्राकृतिक वातावरण, हरियाली र गाउँले जीवनको सुन्दर दृस्य
शीर्षक: बाख्रा चराउँदै, गाउँले जीवनको आनन्द 🐐🌿
#बाख्राचराउँदै #गाउँलेजीवन #बाख्रापालन
16/08/2026
जंगलको हरियालीमा बाख्रासँग रमाउँदै 🌿🐐
हरियाली जंगलको शान्त वातावरणमा बाख्रा चराउँदै बिताएको सुन्दर पल। गाउँले जीवनको आफ्नै आनन्द र प्रकृतिसँगको न्यानो सम्बन्ध। ❤️🌿
#बाख्राचराउँदै #गाउँलेजीवन #जंगलकोहरियाली #प्रकृतिप्रेम #ग्रामीणजीवन
बाख्रा चराउँदै, पानी पर्दाको गाउँले जीवन 🐐🌧️
पानी परिरहेको बेला पनि बाख्रा चराउँदै गाउँको जीवनसँग रमाउँदै ❤️🌿
यस्तै हुन्छ हाम्रो गाउँघरको वास्तविक जीवन। 🇳🇵
#बाख्राचराउँदै #गाउँलेजीवन #गाउँघरकोजीवन #किसानजीवन #नेपालकोगाउँ
गाउँघरको परम्परागत रोटी बनाउँदै ❤️🔥
माटोको चुलो, दाउराको आगो अनि आफ्नै हातले बनाएको तात्तातो रोटी—गाउँघरको स्वाद नै बेग्लै! 😍
#गाउँघरकोजीवन #परम्परागतखाना #रोटीबनाउँदै #गाउँलेपरिकार #नेपालीखाना #गाउँघरकोस्वाद
🌿🐐 जंगलमा बाख्रा चराउँदै, गाउँले जीवनको रमाइलो!
हरियाली जंगल, आफ्नै बाख्रा र प्रकृतिसँग बिताएको सुन्दर समय। ❤️🌿
#बाख्राचराउँदै #गाउँलेजीवन #जंगलकोजीवन #कृषिजीवन #नेपालीगाउँ #गाउँघरकोरमाइलो
गाउँघरको रमाइलो संसार 🥰 हाँसका बच्चा र कुखुरासँगको सुन्दर पल ❤️
#गाउँघरकोजीवन #हाँस #हाँसकाबच्चा #कुखुरा #गाउँकोरमाइलो #कृषिजीवन #स्थानीयकुखुरा #गाउँलेजीवन
Category
Website
Address
Lamahi-4 Santinagar
Ghorahi
22414
Alerts
Be the first to know and let us send you an email when Local video posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.