Akhabarhub.com

Akhabarhub.com

Share

अखबार हव सञ्चार प्रालिले सञ्चालन गरेको अनलाईन न्युज पोर्टल ''अखबारहब डट कम'' http://www.akhabarhub.com/ को आधिकारीक फेसबुक पेजमा यहाँलाई स्वागत छ ।

02/09/2026

हेटौँडामा ठूलो परिमाणमा ट्रामाडोलसहित युवक पक्राउ

मकवानपुर प्रहरीले हेटौँडा–१६ पूर्वेली दमारबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल ४ हजार ८ सय ६० क्याप्सुल र नाइट्राजेपाम ३० ट्याब्लेटसहित २१ वर्षीय रञ्जन भोम्जनलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा घर खानतलासी गर्दा कोठामा लुकाइछिपाइ राखिएको अवस्थामा लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीले भोम्जनको साथबाट दुई थान मोटरसाइकल, एक थान चक्कु र Anti-Coff १ हजार ४० ट्याब्लेट समेत बरामद गरेको छ।

02/09/2026

अहिलेको विषम परिस्थितीमा मालवाहक वा यात्रुबाहक कुनै पनि सवारी साधनले नेपाल सरकारले तोकेको भाडादर भन्दा बढी भाडा नलिओं यदि त्यस्तो भएको पाइएमा तत्काल कारवाही गरिनेछ ।
Source : DAO Makawanpur

02/09/2026

कैलाशमा ‘न्वागी पर्व’मा दुई दिन सार्वजनिक बिदा

मकवानपुरको कैलाश गाउँपालिकाले चेपाङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व न्वागी पर्वका अवसरमा गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय तथा शिक्षण संस्था दुई दिन सार्वजनिक बिदा दिएकाे छ ।

गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले शुभकामना सन्देश जारी गर्दै भदौ २२ र २३ गते गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालय एवं शिक्षण संस्था बन्द रहने जानकारी दिएका हुन् ।

02/09/2026

थानाभर्‍याङमा EV को ठक्करबाट पैदलयात्रीको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा–११ थानाभर्‍याङस्थित महेन्द्र राजमार्गमा EV गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

नारायणगढबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ ज.०३२९ नम्बरको खाली EV ले ठक्कर दिँदा पर्साको वीरगञ्ज महानगरपालिका–३२ का ५० वर्षीय वीरेन्द्र पासवान गम्भीर घाइते भएका थिए।

हेटौँडा अस्पतालमा उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित वयोधा अस्पताल लगिएका पासवानको उपचारका क्रममा राति १ः४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

02/09/2026

बाढी प्रभावित पाँच वटा पालिकालाई भीमफेदी गाउँपालिकाको ५ लाख सहयोग

मकवानपुरको भीमफेदी गाउँपालिकाले रसुवा र नुवाकोटका भोटेकोसी बाढी प्रभावित स्थानीय तहलाई राहत, उद्धार तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

गाउँपालिकाले रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका र उत्तरगया गाउँपालिका तथा नुवाकोट जिल्लाको आमाछोदिङ्मो गाउँपालिका, कालिका गाउँपालिका र किस्पाङ गाउँपालिकालाई जनही १ लाख रुपैयाँका दरले सहयोग उपलब्ध गराउने निर्णय गरेको हो। यसअनुसार पाँचवटै पालिकालाई कुल ५ लाख रुपैयाँ सहयोग प्रदान गरिने भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए।

01/09/2026

बाढीपीडितलाई कांग्रेस बागमती र संसदीय दलबाट १० लाख ६६ हजार सहयोग

कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ र कांग्रेस बागमती प्रदेश संसदीय दलले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ दिए

हेटौंडा, १६ भदौ/रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति र कांग्रेस बागमती प्रदेश संसदीय दलले १० लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग गरेका छन् ।

कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र प्रदेश संसदीय दलले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् । दुवै रकम नेपाली कांग्रेस विपद् व्यवस्थापन कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पुग्ने गरी आज मंगलबार उपलब्ध गराइएको हो ।

01/09/2026

निर्दयी तरिकाले २२ वटा गोरु ओसार्ने ट्रक हेटौँडामा नियन्त्रणमा

हेटौँडा । हेटौँडा–१० स्थित सडकखण्डबाट २२ वटा चौपाया (गोरु) निर्दयी तरिकाले ओसारपसार गरिरहेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।

मङ्गलबार चेकजाँचका क्रममा ना.६ ख ६५७१ नम्बरको ट्रकसहित चालक रौतहट चन्द्रपुर–२ का ३० वर्षीय बिनय चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

नियन्त्रणमा लिइएका चालक र ट्रकलाई आवश्यक कारबाहीका लागि पशु सेवा केन्द्र, हेटौँडा पठाइएको प्रहरीले जनाएको छ।

01/09/2026

त्रिसुली बजार, इन्द्रायणी - कोलोनी, गुम्बामा अस्थायी आवत जावत र अन्य अत्यावश्यक सामाग्री ओसारपसारका लागि आजबाट बागमती प्रदेश सरकारले तुइन सञ्चालन गरेको छ ।
नुवाकोट र रसुवाका अन्य स्थानमा तत्काल तुइन स्थापनाको तयारी भैरहेको छ ।

01/09/2026

हेटौंडा-भीमफेदी-काठमाडौं सडकखण्डमा सवारी साथनको अत्याधिक चाप ।

01/09/2026

पृथ्वी राजमार्ग अबरुद्ध भएसँगै हेटौंडा हुँदै काठमाडौं जाने सवारी साधनको चाप । सवारी साधनको चाप बढेपछि हेटौंडा चौकीटोलबाट देखिएको दृश्य ।

Telephone

Address


Hetauda-2, Manaschwok, Makwanpur
Hetauda
44107