Hetauda360
News/ Informations
भदौ २ गते साझ अन्दाजी ६ बजेको समयमा हेटौडा उ.म.न.पा.१९ बासुदेव स्थित रहेको बासुदेव खहरे खोलाले ४ जना बालिकालाइ बगाएको थियो । निर्मल मा.बि. बस्तिपुरबाट घर जादै गर्दा पानी बग्ने खोलामा बनेको लच्का तर्ने क्रममा एक्कासि ठुलो खोला आइ बालिकाहरुलाइ बगाएको हो । बालिकाहरुको खोजी गर्ने क्रममा एकजना बालिका पौडी खेलेर बाहिर निस्किएकी थिइन । उनलाइ सामान्य चोट लागेर हेटौंडा अस्पतालमा उपचार गरिएको छ भने एकजनालाई मृत अवस्थामा भेटिएको थियो । दुई जना वालिकाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
12/08/2026
हेटौंडा अस्पतालमा NICU सेवा सुरु भयो
अब बन्ने होइन त लखपती ???
सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्!
अब हरेक दिन एक जना नेपाली लखपति; महिनामा दुई जनालाई बम्परमा १०–१० लाख!
सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका तथा एक सय रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू यो योजनामा सरिक हुन पाउनेछन्।
अब आफूले १०० रुपैयाँभन्दा बढीको सामान किन्दा वा होटेल/रेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिनुहोस्। उक्त बिल नम्बर नै तपाईंलाई लखपति बनाउने नम्बर हो। हाललाई हरेक महिनाको १६ गते र अन्तिम दिन (पाक्षिक रूपमा) लखपति योजनाको घोषणा गरिनेछ।
पौडी खेल्दा बालकको मृत्यु
हेटौंडा उपमहानगरपालिका–६ स्थित कर्रा खोला नजिक पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ ।
शनिबार दिउँसो १:१० बजे साथीहरूसँग पौडी खेल्ने क्रममा हेटौंडा–१७ निवासी केशव राईका १३/१४ वर्षीय छोरा युकेश राई डुबेका थिए । स्थानीय र सुरक्षाकर्मीको खोजीपछि उनलाई उद्धार गरी हेटौंडा अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याइएपछि दिउँसो २:२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । प्रहरीले वर्षायाममा खोला, नदी तथा पानी जमेको स्थानमा पौडी नखेल्न तथा बालबालिकालाई जोखिमयुक्त स्थानमा जान नदिन आग्रह गरेको छ ।
13/07/2026
जरुरी सुचना
26/06/2026
हेटौंडा ९ तिर यस्तो छ है ।
15/06/2026
जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुरोध ।
कतै हजुरहरुको मोवाइलमा पनि यस्तो म्यासेज आएको छ कि ? झुक्किएर पनि यस्ता लिकंहरु क्लिक नगर्नु होला। आफ्नो सम्पत्ती जोगाउ र अरुलाई पनि सचेत गराउ !
#जनहितमा जारी सन्देश 🙏
हर्कको हर्कतले वाक्क दिक्क भइयो । के गर्ने होला?? 🤔
Category
Website
Address
Hetauda
44107