Gyanendra Path

Gyanendra Path

Share

"एउटै कुरा मागेको छु देशमा शान्ति होस, देश विघटन नहोस् एकता कायमै रहोस ।" - श्री ५ ज्ञानेन्द्र

10/09/2026

यति टाढा नजाऊं तिमी
कि बांच्नु सक्दिन म
यति नजिक नआऊं तिमी
कि मर्नु सक्दिन म

यति गाढा नबन तिमी
कि धान्नु सक्दिन म
यति नैतिक नबन तिमी
कि मान्नु सक्दिन म

✍️ जी. शाह

08/09/2026

चुपचाप
मैले पनि एक उम्र बिताएको छु चुपचाप
हरेक चोटको तस्बिर खिचेको छु चुपचाप
जस्लाई मैले आफ्नो भन्नु सकें उम्रभरि
उसैको कमी दिलमा लुकाएको छु चुपचाप
केहि सपना थियो आंखामा जो हिजो हरायो
केहि सपना आज पनि राखेको छु चुपचाप
मान्छेले त अनुहार हांसेकोमात्र देखेको छ
मैले त कति रातहरु बिताएको छु चुपचाप
जुन घरमा धेरैं खलबल चलि रहन्थ्यो
त्यहि घरमा आवाज बोझ बनेको छ चुपचाप
मैले छोडी दिएं उस्लाई पाउनुको आशा
तर यो माया त मेरै हो चुपचाप
अब कस्लाई भनूं दिलको चिन्ता सुनाएर
हरेक आफन्त यहां आफ्नै भएको चुपचाप
समय त्यस्तो हो जब सबै जाने छ एक दिन
तर सम्झना रहने छ उसैको जो हुन्छ मेरो चुपचाप
✍️ जी.शाह

07/09/2026

सबैलाई रुवाएंर

सबैलाई रुवाएंर आफै म आंसु खोज्दै छु
कति मिठो झूठ यो आफै म पालि राख्दै छु
सबैलाई रुवाएंर कसैलाई हंसाउनु सकेन
अझ पनि धोखा खाएर आंखा चिम्लेको छु

म जस्तै कति रातभरि सुत्दै नसुतेको होला
म जस्तै कति अंगालोहरु पिडा बाडेको होला
प्रकृतिको खेल सबैलाई रुवाएंर बगेर गयो
यस्तो मिठो चित्र सबैलाई रुवाएंर कोरेर गयो

दिल यति रोएंको छ, आंखालाई अत्तो न पत्तो
आंसु पनि बिष पिउदैमा मुटुलाई भर न भित्तो
कतिलाई रुवाएंर पूरि दिने लेदो र खेदोमा
सबैलाई रुवाएंर आफै म आंसु बरबरी खोज्दैमा

दुश्मन कोहि नभएको म आफै आफ्नो दोषी
छ भए पनि म आफै आफ्नो सन्तोषी
आशा मारेर जाने भन्दा भन्दै त
केहि भएनि कोपिला फूल्नु खोज्दै त

✍️ जी.शाह

29/08/2026

समय नै गुरु हो

समय नै गुरु हुन्छ
समय नै सहारा
समयले सिकाउने
यो संसारमा सारा

जे आज छ आफ्नो
भोलि टाढा हुने छ
तर हरेक पलको साथी
समय नै हुने छ

समय नै गुरु हो
यस्को अगाडी झुक्नु पर्छ
संसार सारा

बचपनको गल्लीहरु छोडेर जाने
हाँसोको त्यो कुराहरु हराएर जाने
हिजो जस्लाई सम्झेको थियो आफ्नो भनेको
आज उनिको यादहरु समयले फेरेको

समयले फेरि दिने हरेक एक कहानी
कहिले आँखामा आँसु कहिले मुस्कुरानी

जो लडेको हुन्छ उस्लाई उठ्नु सिकाउने
जो हारेको हुन्छ उस्लाई जीत्नु सिकाउने
जो घमंड गर्छ उस्लाई झुक्नु सिकाउने
जो रोएको हुन्छ उस्लाई हांस्नु सिकाउने

नकोहि यहाँ राजा
नकोहि यहाँ भिकारी
समयको अगाडी
सबैको हुन्छ पालि

हिजोको भरोसा कसैलाई हुन्न
आजको समय पनि हमेशा रहन्न
जो समय पाएको छ त्यसमा जीउनु
आफ्नो कर्म गरेर संसार जीत्नु

समयको किताबमा हिसाब लेखेको
हरेक कर्मको आफ्नो जवाब कोरेको
नराम्रो समय एक दिन जाने छ
अँध्यारो पनि घाम देखि डराउने छ

हिम्मत नहार्नु बाटोमा तिमी
बिश्वास राख्नु आँखामा तिमी
समय जब फेरिन्छ रंग पनि फेरिन्छ
टूटेको दिल पनि फेरि सम्हालिन्छ

समय नै गुरु हो
समय नै किनारा
समय नै जीवन
समय नै अभिभारा

नरोक्छ पल नथाम्छ जमाना
समयसँग सिक्नु जीवन निभाउनु
समय नै गुरु हुन्छ हरेक पल अनमोल
यसलाई नफाल्नु जीवन अन्माउनु

✍️ जी. शाह Gyanendrabbshah Shah

26/08/2026

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव। सरकारबाट देशवासीका नाममा बक्सेको सन्देश 😥🇳🇵

Photos from The Royal Family Nepal.'s post 26/08/2026
20/08/2026

श्री ५ मुमा बडामहारानी रत्न राज्य लक्ष्मी देवी शाह सरकारको ९८औं शुभ जन्मोत्सवको सुखद उपलक्ष्यमा मौसूफ सरकारको सुख शान्ति सु- स्वास्थ्य साथै सुदीर्घ जीवनका लागि हार्दिक मंगलमय शुभकामना चढाँउदछाैं।

Category

Address


Nirmal Niwas
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Gyanendra Path posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.