Ramjee Subedee

Ramjee Subedee

Share

ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाःसर्वे भद्राणि पश्यन्तु माकश्चिद्दुःखभाग्भवेत् । ॐ शान्तिः

25/07/2026

🌿 आजको विशेष पर्व: हरिशयनी (देवशयनी) एकादशी 🌿

आज २०८३ साल साउन ९ गते, शनिबार हरिशयनी (देवशयनी) एकादशी परेको छ। आजदेखि भगवान श्रीविष्णु योगनिद्रामा प्रवेश गर्नुहुन्छ भन्ने धार्मिक मान्यता छ। यसै दिनबाट चातुर्मास प्रारम्भ हुन्छ र तुलसी रोपण गर्ने परम्परा पनि विशेष रूपमा मनाइन्छ।

आज के गर्ने?

- बिहान स्नान गरी सफा वस्त्र लगाएर भगवान श्रीविष्णुको पूजा गर्नुहोस्।
- दीप, धूप, फूल, फल तथा तुलसीदल अर्पण गर्नुहोस्।
- "ॐ नमो भगवते वासुदेवाय" मन्त्र जप गर्नुहोस्।
- स्वास्थ्यले साथ दिएमा श्रद्धापूर्वक एकादशी व्रत बस्नुहोस्।
- घरको आँगन, गमला वा उपयुक्त स्थानमा तुलसीको बिरुवा रोप्नुहोस्। तुलसीलाई भगवान विष्णुको अत्यन्त प्रिय मानिने भएकाले आजको दिन तुलसी रोपण गर्नु शुभ र पुण्यदायी मानिन्छ।
- साँझ भगवान विष्णुको आरती गरी सम्पूर्ण परिवारको सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामना गर्नुहोस्।

आजको सन्देश:
हरिशयनी एकादशीमा भगवान विष्णुको भक्तिभावपूर्वक पूजा, तुलसी रोपण र सत्कर्म गर्नाले घरमा सुख, शान्ति, समृद्धि तथा सकारात्मक ऊर्जा बढ्ने धार्मिक विश्वास छ।

🙏 जय श्रीहरि विष्णु। शुभ हरिशयनी (देवशयनी) एकादशीको मंगलमय शुभकामना। 🌿

20/07/2026

विश्वकप फुटवल एउटा पर्व नै हो फुटवल प्रेमीहरुको लागि । चासो राख्नु र आफूँलाई मनपरेको टिमलाई support गर्नु मानवीय स्वभाव हो । तर यहाँ त के देखियो भने आफूले Support गरेको टिम out हुँदा र Non-supported team अगाडि वढ्दा त्यसको सत्तोसराप गर्ने र त्यो भन्दा पनि छेडछाड र घोचपेच गर्ने संस्कृति निकै झ्याङ्गिएको पाइयो । हामी हामी वीच यस्तो व्यवहार हुनु दुःखद र गलत हो ।
व्यवहारिक वनौ । सबैको भावनाको कदर गरौं।

19/05/2026

फिफा विश्वकप २०२६ को खेलतालिका नेपाली समय अनुसार यस्तो छ ।
समूह ए
मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, चेक रिपब्लिक
जेठ २९ गते मेक्सिको भर्सेस दक्षिण अफ्रिका मध्यराति १२:४५ बजे
जेठ २९ गते दक्षिण कोरिया भर्सेस चेक रिपब्लिक विहान ७:४५ बजे
असार ४ गते चेक रिपब्लिक भर्सेस दक्षिण अफ्रिका राती ९:४५ बजे
असार ५ गते मेक्सिको भर्सेस दक्षिण कोरिया विहान ६:४५ बजे
असार ११ गते दक्षिण अफ्रिका भर्सेस दक्षिण कोरिया विहान ६:४५ बजे
असार ११ गते चेक रिपब्लिक भर्सेस मेक्सिको विहान ६:४५ बजे
समूह बी
क्यानडा, बोस्निया एण्ड हर्जगोभिना, स्वीट्जरल्यान्ड, कतार
जेठ ३० गते क्यानडा भर्सेस बोस्निया एण्ड हर्जगोभिना मध्यराति १२:४५ बजे
जेठ ३१ गते कतार भर्सेस स्वीट्जरल्यान्ड मध्यराति १२:४५ बजे
असार ५ गते स्वीट्जरल्यान्ड भर्सेस बोस्निया एण्ड हर्जगोभिना मध्यराति १२:४५ बजे
असार ५ गते क्यानडा भर्सेर कतार विहान ३:४५ बजे
असार ११ गते स्वीट्जरल्यान्ड भर्सेस क्यानडा मध्यराति १२:४५ बजे
असार ११ गते बोस्निया एण्ड हर्जगोभिना भर्सेस कतार मध्यराति १२:४५ बजे
समूह सी
ब्राजिल, मोरोक्को, स्कटल्यान्ड, हाइटी
जेठ ३१ गते ब्राजिल भर्सेस मोरोक्को विहान ३:४५ बजे
जेठ ३१ गते हाइटी भर्सेस स्कटल्यान्ड विहान ६:४५ बजे
असार ६ गते स्कटल्यान्ड भर्सेस मोरोक्को विहान ३:४५ बजे
असार ६ गते ब्राजिल भर्सेस हाइटी विहान ६:१५ बजे
असार ११ गते मोरोक्को भर्सेस हाइटी विहान ३:४५ बजे
असार ११ गते स्कटल्यान्ड भर्सेस ब्राजिल विहान३:४५ बजे
समूह डी
अमेरिका, पाराग्वे, अष्ट्रेलिया, टर्किए
जेठ ३० गते अमेरिका भर्सेस पाराग्वे विहान ६:४५ बजे
जेठ ३१ गते अष्ट्रेलिया भर्सेस टर्किए विहान ९:४५ बजे
असार ६ गते अमेरिका भर्सेस अष्ट्रेलिया मध्यराति १२:४५ बजे
असार ६ गते टर्किए भर्सेस पाराग्वे विहान ८:४५ बजे
असार १२ गते टर्किए भर्सेस अमेरिका विहान ७:४५ बजे
असार १२ गते पाराग्वे भर्सेस अष्ट्रेलिया असार १२ गते विहान ७:४५ बजे
समूह इ
जर्मनी, इक्वेडर, आइभरीकोष्ट, कुराकाओ
जेठ ३१ गते जर्मनी भर्सेस कुराकाओ राती १०:४५ बजे
असार १ गते आइभरीकोष्ट भर्से इक्वेडर विहान ४:४५ बजे
असार ७ गते जर्मनी भर्सेस आइभरीकोष्ट विहान १:४५ बजे
असार ७ गते इक्वेडर भर्सेस कुराकाओ विहान ५:४५
असार १२ गते कुराकाओ भर्सेस आइभरीकोष्ट विहान १:४५ बजे
असार १२ गते इक्वेडर भर्सेस जर्मनी विहान १:४५ बजे
समूह एफ
नेदरल्य

13/04/2026
13/04/2026

नयाँ वर्ष २०८३ – मेषादि संक्रान्ति फल
💐 आफ्नो न्वारन (नामको पहिलो अक्षर) अनुसार फल हेर्नुहोस्
🌿 नो, या, यी, यु, ये, यो, भा, भि, भु, ध, फा, ढा, भे, भो, जा, जि, खि, खु, खे, खो, गा, गि, गु, गे, गो, सा, सि, सु
👉 शिरमा (अचल सम्पत्ति – शुभ)
जग्गा, घर वा सम्पत्ति प्राप्त हुने संकेत।
🌹 रु, रे, रो, ता, ति, तु, ते, तो, ना, नी, नु, ने
👉 मुखमा (पाण्डित्य – शुभ)
मिठो भोजन तथा सुख–सुविधा प्राप्ति।
♥️ मा, मि, मु, मे, मो, टा, टी, टु, टे, टो, पा, पी, पु, ष, ण, ठ, पे, पो, रा, री
👉 हृदयमा (धनागम – शुभ)
धन लाभ र आर्थिक उन्नति।
🌹 के, को, हा, ही, हु, हे, हो, डा, डि, डु, डे, डो
👉 दायाँ हातमा (स्त्री/पुरुष लाभ – शुभ)
प्रेम, सम्बन्ध वा दाम्पत्य सुख।
💐 ओ, वा, वि, वु, वे, वो, का, की, कु, घ, ङ, छ
👉 बायाँ हातमा (भैक्ष्यम् – अशुभ)
धन अभाव वा खर्च बढ्ने संकेत।
💐चु, चे, चो, ला, लि, लु, ले, लो, अ, ई, उ, ए
👉 दायाँ खुट्टामा (भ्रमण – शुभ)
यात्रा तथा घुमफिरको योग।
❤️ से, सो, दा, दी, दु, थ, झ, ञ, दे, दो, चा, ची
👉 बायाँ खुट्टामा (कष्ट – अशुभ)
स्वास्थ्यमा असर वा बाधा।
🔔 विशेष उपाय:
👉 बायाँ हात वा खुट्टामा पर्नेहरूले
गङ्गा स्नान, नारायण पूजा, रुद्री पाठ, चण्डी पाठ, नवग्रह शान्ति गर्नु उपयुक्त।
👉 कन्या, ब्राह्मण तथा गरीबलाई भोजन, दान, गौपूजा गर्दा शुभ फल प्राप्त हुन्छ 🙏
💐, नयाँ वर्ष २०८३ मंगलमय रहोस्💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
゚viralシ ゚ ゚

Photos from Ramjee Subedee's post 03/04/2026

चैत्र २० २०८२...

06/03/2026

🤔🤔समानुपातिक सिट सँख्या बाँडफाँट प्रक्रिया कसरी ?🤔🤔

(१) सदर मतको गणना :
(कुल खसेको मत - बदर मत) = सदर मत,

(२) ३% थ्रेसहोल्ड कटाउने दलहरुले प्राप्त गरेको मत,
(थ्रेसहोल्ड नकटेमा गणना नहुने)

(३) जम्मा थ्रेसहोल्ड कटाउने दलको मत संङ्ख्या ÷ ११०

उदाहरण; प्रतिनिधि सभाको जारी निर्वाचनमा कुल १ करोड ९० लाख मतदाता मध्ये ६५% (करिब १ करोड २४ लाख) निर्वाचन प्रक्रियामा सहभागी भएकोमा करिब ३ % (करिब ३ लाख ७१ हजार) मत बदर भयो भने समानुपातिक निर्वाचनको सिट सँख्या विभाजन कसरी हुन्छ ?

जम्मा खसेको मत = १,२४,००,०००
बदर मत = ३,७१,०००
कुल सदर मत = जम्मा खसेको मत-बदर मत
= १,२४,००,०००- ३,७१,०००
= १,२०,२९,०००
थ्रेसहोल्ड कटाउन आवश्यक मत = ३,६०,८७०
मानौँ,
जम्मा थ्रेसहोल्ड कटाउने दलहरुको मत = १,१०,००,०००
जम्मा समानुपातिक सिट संख्या = ११०
१ सिट प्राप्त गर्न आवश्यक मत = १,१०,००,०००÷११०
= १,००,०००

माथीको गणना अनुसार, थ्रेसहोल्ड कटाउने राजनीतिक दलले कम्तिमा १ लाख मत प्राप्त गरे समानुपातिक तर्फको कम्तिमा १ सिट प्राप्त हुन्छ। उदाहरण मात्रै 🤔

02/03/2026

आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। के गर्न पाइदैन त?

- निर्वाचन प्रचारप्रसार गर्न पाइदैन !
- भोज भतेर, हुल'हुज्जत गर्न पाइदैन !
- सामाजिक सञ्जालमा प्रचार गर्न पाइदैन, कडाइ हुनेछ !
- कुनै पनि तरिकाबाट मत माग्न पाइदैन !
- मतदानमा बा"धा पुर्‍याउन पाइदैन !
- विज्ञापन हटाउनु पर्ने !
- मतदान केन्द्रमा शान्ति राख्नु पर्ने !
- प्रचारप्रसार सामग्री हटाउनु पर्ने !

18/02/2026

यति मात्रै होस् 😋
एउटा सानो घर, साइडमा भोटे कुकुर पुच्छर हल्लाउँदै बसिरहोस्, भकारो मा लैनो गाई शान्तसँग जुँगा चलाउँदै घाँस चपाइरहोस्। दुई–तीन वटा बाख्राका पाठी–पाठा आँगनमा बुरुकबुरुक फड्किँदै खेलून्, दुईवटा कुखुरा माटो कोतर्दै करेसाबारी वरिपरि घुमून्। अगाडि सानो करेसाबारी, आफ्नै हातले रोपेको साग, टमाटर, खुर्सानी।देशमा ..................... बहुमतको सरकार होस्😋
साँझपख डाँडामाथि घाम अस्ताउँदै जाँदा चिसो हावा चलोस्, घरआँगनमा चुल्होको धुवाँ उठोस्, अनि मनले भनिरहोस् — “बस, यही नै सुख हो।”
जिन्दगी धेरै भागदौड भयो, धेरै भीडभाड देखियो। फेरि एकपटक शान्त ठाउँमा, आफ्नै माटोमा, आफ्नै पसिनाले बनाएको सानो संसारमा बस्ने चाहना
पीडी मा बसेर गीत गाउँदै, आकाश हेर्दै, आफूलाई फेरि भेट्ने त्यो सपना… साँच्चै पूरा होला त्😋
from Mohan M Thapa

28/01/2026

जिल्ला अनुसार निर्वाचन क्षेत्र सम्बन्धि जानकारि🙏🌹

#. १ वटा निर्वाचन क्षेत्र भएका जिल्ला---> ३५ वटा
#. २ वटा निर्वाचन क्षेत्र भएका जिल्ला---> २१ वटा
#. ३ वटा निर्वाचन क्षेत्र भएका जिल्ला---> ७ वटा
#. ४ वटा निर्वाचन क्षेत्र भएका जिल्ला---> ९ वटा
#. ५ वटा निर्वाचन क्षेत्र भएका जिल्ला---> ३ वटा
#. ६ वटा निर्वाचन क्षेत्र भएका जिल्ला---> १ वटा
#. १० वटा निर्वाचन क्षेत्र भएका जिल्ला---> १ वटा
#. कुल निर्वाचन क्षेत्र---> १६५ वटा
प्रदेश अनुसार निर्वाचन क्षेत्र

#. १ नं. प्रदेश---> २८ वटा
#. २ नं. प्रदेश---> ३२ वटा
#. ३ नं. प्रदेश---> ३३ वटा
#. ४ नं. प्रदेश---> १८ वटा
#. ५ नं. प्रदेश---> २६ वटा
#. ६ नं. प्रदेश---> १२ वटा
#. ७ नं. प्रदेश---> १६ वटा
#. कुल निर्वाचन क्षेत्र---> १६५ वटा
१ वटा निर्वाचन क्षेत्र भएका जिल्लाहरू-३५

ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, रामेछाप, दोलखा, रसुवा, लम्जुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ, डोटी, डडेलधुरा, बैतडी र दार्चुला ।
२ वटा निर्वाचन क्षेत्र भएका जिल्लाहरू-२१

इलाम, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, तनहुँ, स्याङ्जा, बाग्लुङ, नवलपरासी सुस्ता पूर्व, नवलपरासी सुस्ता बर्दघाट पश्चिम, पाल्पा, गुल्मी, बर्दिया, सुर्खेत, दैलेख र अछाम ।
३ वटा निर्वाचन क्षेत्र भएका जिल्लाहरू-७

ललितपुर, चितवन, कास्की, कपिलवस्तु, दाङ, बाँके र कञ्चनपुर ।
४ वटा निर्वाचन क्षेत्र भएका जिल्लाहरू-९

सुनसरी, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा ।
५ वटा निर्वाचन क्षेत्र भएका जिल्लाहरू-३

झापा, रुपन्देही र कैलाली
६ वटा निर्वाचन क्षेत्र भएका जिल्लाहरू-१

मोरङ
१० वटा निर्वाचन क्षेत्र भएका जिल्लाहरू-१
काठमाडौ

Category

Telephone

Website

Address


Pokhara
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Ramjee Subedee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.